म्याग्दीको बेनी नगरपालिका–४,सिंगास्थित माथिल्लो तातोपानी बजारको सडक कालोपत्रे सडक सम्झौता हुनु अघि नै काम सकिएको छ । बेनी–दरवाङ सडक अन्तरगत पर्ने तातोापनी बजारको ३ सय मिटर सडक कालोपत्रेको काम सकिएको छ भने करिब ४० मिटर ढलान गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
सम्झौता बिना नै काम भएको सडकको मापदण्ड अनुसार काम भए नभएको अनुगमन गर्न नगरप्रमुख र प्राविधिकको टोली समेत कालोपत्रे गर्ने समयमा पुगेका थिए । उक्त सडक कालोपत्रे गर्ने निर्माण कम्पनी संग मंसिर २४ गते सम्म पनि नगरपालिकाले सम्झौता गरेको छैन । काम सम्पन्न हुदा समेत सम्झौता नहुनुले शंका उत्पन्न भएको छ । यता नगरपालिकाले भने सडक निर्माणका लागि जुन कम्पन्नीले कम रकममा ठेक्का हाल्नु भएको छ उही निर्माण कम्पनीले काम गरेको र प्राविधिक कारणले सम्झौता हुन ढिला भएको बताएको छ ।
बेनी नगरपालिकाको ३० लाख बजेटमा प्रिमिक्स प्रविधिबाट कालोपत्रे गरिएको वडा अध्यक्ष अणबहादुर खड्का (भगवान) ले बताउनुभयो । उहाँका अनुसार केही सडक बिचमा बाँकी रहेको छ त्यसका लागि म्याग्दी खोलाले भत्काएको केही भागमा तढबन्धको काम सकेपछि मात्र गर्नुपर्ने भएकाले बाँकी रहेको छ । उहाँका अनु्सार बजार क्षेत्रमा सडकसँगै तटबन्धन सहितका समस्या समाधानका लागि समेत नगरपालिकामार्फत प्रदेश र संघीय सरकारसँग बजेट समेत माग गरिएको छ ।
श्रमजिवि निर्माण कम्पनीले ठेक्का लिएर काम सुरू गरेको कालोपत्रे सडकको नियमित अनुगमन तथा प्राविधिक सहितको निगरानी समेत भइरहेको छ । निर्माण ब्यवसायीले स्थानीयबासी, जनप्रतिनिधि सहित सरोकारवाला निकायको समन्वयमा मापदण्ड अनुसार नै काम भइरहेको बताउनुभयो ।
गतबर्ष बेनी नगरपालिकाले तल्लो तातोपानीमा ३३९ मिटर सडक प्रिमिक्स प्रविधिबाट कालोपत्रे, २० मिटर लामो मेसिनरी पर्खाल, सवारी आवतजावतलाई असहज बनाएको ठुलो ढुङ्गा फुटाउने र १०३ मिटर सडक ढलान करिब ३६ लाखभन्दा बढीमा सकिएको थियो ।
३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...
मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...
बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...