२०८३ असार २७
July 11, 2026, Saturday

आमा समुहको सक्रियतामा शिवालय मन्दिर निर्माण

बेनी नगरपालिका–६, थाकनपोखरीमा साढे १५ लाखभन्दा बढीको लागतमा शिवालय मन्दिर निर्माण गरिएको छ । स्थानीय थाकनपोखरी आमा समुहको सक्रियतामा चन्दा र सरकारी स्रोत जुटाएर गाउँमा शिवालय मन्दिरको निर्माण गरिएको हो ।

धार्मिक, सांस्कृतिक संरक्षण गर्ने उद्देश्यले विभिन्न सामाजिक कार्य तथा धार्मिक गतिविधिलाई निरन्तरता दिन आमा समूह, वडा कार्यालयम, सामाजिक संघसंस्था,स्वदेश तथा विदेशमा रहेका स्थानीयबासीका साथै आमा समुहले गाउँघरमा हुने विवाहमा स्वागत तथा विभिन्न धार्मिक गतिविधिमा संकलन भएको आर्थिकबाट निर्मित मन्दिरको सोमबार बालाचतुर्दशीका दिन विधिवत रुपमा गण्डकी प्रदेशसभाका सदस्य हरिबहादुर भण्डारीले उद्घाटन गरे ।

मन्दिर निर्माणमा चन्दा संकलन ४ लाख ८२ हजार, वडा कार्यालय तथा अन्य सरकारी स्रोतबाट ७ लाख ८२ हजार २३ रुपैयाँ, थाकनपोखरी आमा समुहको कोषबाट ३ लाख ५ हजार २४ रुपैयाँ संकलन गरी मन्दिर निर्माण गरिएको मन्दिर निर्माण समितिका उपाध्यक्ष मुरारी रिजालले बताए । मन्दिरको निर्माणमा आमा समुहलाई स्थानीय यूवाहरूले समेत सहयोग गरेका थिए ।

निर्माणधिन मन्दिरको सत्तल, ग्याविन सहितको संरचना गरी कुल ६ लाख बराबरको क्षती पुगेपछि केहीसमय काम रोकिएको थियो । मन्दिरको उद्घाटन समारोहमा प्रमुख अतिथि सांसद भण्डारीले धार्मिक क्षेत्रको संरक्षणमा महिलाहरूको योगदान रहेको बताए । उनले समाजमा सक्रिय महिला समुहको सक्रियतामा भएका धेरै योजनाहरू सफल भएको बताए । उद्घाटन कार्यक्रममा बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछाने, वडा नं ६ का वडा अध्यक्ष कृष्णसिङ बानियाँ, मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष हरिप्रसाद पौडेल, मन्दिर निर्माण समितिका अध्यक्ष गिरिजानन्द पौडेल लगायतले मन्तब्य राखेका थिए ।

मन्दिर उद्घाटन कार्यक्रमको अध्यक्षता थाकनपोखरी आमा समुहकी अध्यक्ष होमकुमारी रेग्मी,स्वागत निर्माण समितिका उपाध्यक्ष मुरारी रिजाल र सञ्चाल सचिव देविकुमारी आचार्य रेग्मीले गरेकी थिईन् । बिहान र बेलुका मन्दिरमा पुजा आरधना गरिने मन्दिरमा सत्तल, शौचालय सहितको संरचनाका लागि समेत बजेट माग गरिएको छ । यसैबीच मन्दिर ब्यवस्थापन तथा थप भौतिक संरचनाका लागि भिमबहादुर खत्रीको अध्यक्षतामा उपाध्यक्ष बालकृष्ण रेग्मी,सचिव मुरारी रिजाल,कोषाध्यक्ष हुमकुमारी रेग्मी,सह–सचिव चण्डिका पौडेल लगायत १५ सदस्यीय समिति समेत चयन गरिएको छ ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP