म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा रु छ करोड बढी बजेटको सात वटा गौरवका आयोजना कार्यान्वयन थालेको छ । नगरपालिकाले महत्व र प्राथमिकता दिएका चार वटा सडक, दुई वटा खानेपानी योजना र एक विद्यालय भवनको निर्माण गर्न विभिन्न शीर्षकबाट रु ६ करोड २५ लाख ५० हजारमा सात योजनाको ठेक्का सम्झौता गरी काम अगाडि बढाईएको छ ।
नगरपालिकाको पूर्वाधार शाखाका सव–इञ्जीनियर चन्द्र बहादुर थापाले चार वटा ठूला योजनाको ठेक्का लागिसकेको बताउनुभयो । ‘ठूला सात वटा योजनाहरु मध्ये चार वटा योजना सम्झौता भएका छन् दुई वटा योजनाको काम समेत सुरु भएको छ ।’ उहाँले भन्नुभयो, अरु योजनको पनि आसयको सूचना प्रकाशति भैसकेको छ । तिन वटाको मात्र सम्झौता गर्न बाँकी छन् अरु सम्भौता भएका छन् ।’
नगरपालिकाको एक करोड र संघिय सरकारको समपुरक कोषको पचास प्रतिशत साझेदारीमा बेनी–अर्थुङ्गे–तोरीपानी–पात्लेखेत–पाखापानी सडकअन्र्तगत वडा नं ६ अर्थुङ्गे र वडा नं ९ को सिमानादेखीे सडक ढलान, नाली, घुम्ती र ग्रेड सुधार सहित पाँच मिटर फराकीलो सडक निर्माण गर्न श्रमजिवी निमार्ण सेवाले १ करोड ३४ लाख ६७ हजारमा ठेक्का पाएको छ ।
रु ८३ लाख ५० हजार लागत अनुमान गरीएको मारानीथान–छाप–डाडाखेत सडकको ४ सय मिटर कालोपत्रे, नाली निर्माण, वाल निमार्ण गर्नका लागि श्रमजिवी निमार्ण सेवाले ५९ लाख ५९ हजारमा सम्झौता गरेको छ ।
प्रदेश सरकारको समपुरक अनुदानमा नगरपालिकाले कार्यान्वय गर्न लागेको रु ८० लाख बजेट लागत अनुमान गरीएको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडकमा ढलान, पर्खाल निर्माण पुरुण्ने, बाँसभोटमा कालोपत्रे गर्न श्रमजिवि निर्माण सेवाले नै ५९ लाख ५२ हजारमा सम्झौता गरेको छ ।
रु ३२ लाख ९० हजार लागत अनुमान गरीएको बेनपा–४ सिंगा तातोपानी माथिल्लो बजारको सडक कालोपत्रे र ढलान गर्न श्रमजिवि निर्माण सेवाले नै २५ लाख ६८ हजारमा सम्झौता गरी तिन सय मिटर कालोपत्रे सकिएको छ भने अब ६५ मिटर सडक ढलानको काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै नमुना विद्यालय अन्र्तरगत जामुनाखर्क माविमा एक करोड लागत अनुमान गरीएको ४ कोठे एक तले भवन निर्माण गर्न, रु ४० लाख लागत अनुमान गरीएको खबरा खानेपानी योजना र ९० लाख बजेट अनुमान गरीएको पुलाडाडा–पुरुण्डे खानेपानी योजन सम्झौताको प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ ।
तातोपानी उपल्लो बजार सडक कालोपत्रे सडक निर्माण बाहेक अन्य योजनामा प्रदेश सरकार र संघिय सरकारको अनुदानमा निर्माण हुन लागेका हुन् । बेनी नगरपालिकाले चालु आवको पहिलो चौमासिकमा कुल पुँजीगत बजेटको ११ दशमलव ७६ प्रतिशत खर्च भएको जनाएको छ ।
पुँजीगततर्फ चालु आवमा १७ करोड ९१ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा पहिलो चौमासिकमा दुई करोड १० लाख ७८ हजार रुपैयाँ खर्च भएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताउनुभयो । यसैगरी चालुतर्फ ५२ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा १४ करोड ८४ लाख ५८ हजार अर्थात् २० दशमलव ९४ प्रतिशत बजेट खर्च भएको छ ।
प्रमुख पौडेलका अनुसार नगरमा रहेका २३६ योजनामा मध्य हाल सम्म २४ वटा योजना सम्पन्न भएका छन् भने ९५ योजना सम्झौता भैसकेका छन् । १० वडामा गरेर अझै ११७ वटा योजना सम्झौता हुन बाँकी रहेको छ ।
६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...
आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...