२०८३ श्रावण १५
July 31, 2026, Friday

बेनीमा छ करोडकाे ७ वटा गौरवको आयोजना

म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा रु छ करोड बढी बजेटको सात वटा गौरवका आयोजना कार्यान्वयन थालेको छ । नगरपालिकाले महत्व र प्राथमिकता दिएका चार वटा सडक, दुई वटा खानेपानी योजना र एक विद्यालय भवनको निर्माण गर्न विभिन्न शीर्षकबाट रु ६ करोड २५ लाख ५० हजारमा सात योजनाको ठेक्का सम्झौता गरी काम अगाडि बढाईएको छ ।

Advertisement

नगरपालिकाको पूर्वाधार शाखाका सव–इञ्जीनियर चन्द्र बहादुर थापाले चार वटा ठूला योजनाको ठेक्का लागिसकेको बताउनुभयो । ‘ठूला सात वटा योजनाहरु मध्ये चार वटा योजना सम्झौता भएका छन् दुई वटा योजनाको काम समेत सुरु भएको छ ।’ उहाँले भन्नुभयो, अरु योजनको पनि आसयको सूचना प्रकाशति भैसकेको छ । तिन वटाको मात्र सम्झौता गर्न बाँकी छन् अरु सम्भौता भएका छन् ।’

नगरपालिकाको एक करोड र संघिय सरकारको समपुरक कोषको पचास प्रतिशत साझेदारीमा बेनी–अर्थुङ्गे–तोरीपानी–पात्लेखेत–पाखापानी सडकअन्र्तगत वडा नं ६ अर्थुङ्गे र वडा नं ९ को सिमानादेखीे सडक ढलान, नाली, घुम्ती र ग्रेड सुधार सहित पाँच मिटर फराकीलो सडक निर्माण गर्न श्रमजिवी निमार्ण सेवाले १ करोड ३४ लाख ६७ हजारमा ठेक्का पाएको छ ।
रु ८३ लाख ५० हजार लागत अनुमान गरीएको मारानीथान–छाप–डाडाखेत सडकको ४ सय मिटर कालोपत्रे, नाली निर्माण, वाल निमार्ण गर्नका लागि श्रमजिवी निमार्ण सेवाले ५९ लाख ५९ हजारमा सम्झौता गरेको छ ।

प्रदेश सरकारको समपुरक अनुदानमा नगरपालिकाले कार्यान्वय गर्न लागेको रु ८० लाख बजेट लागत अनुमान गरीएको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडकमा ढलान, पर्खाल निर्माण पुरुण्ने, बाँसभोटमा कालोपत्रे गर्न श्रमजिवि निर्माण सेवाले नै ५९ लाख ५२ हजारमा सम्झौता गरेको छ ।

रु ३२ लाख ९० हजार लागत अनुमान गरीएको बेनपा–४ सिंगा तातोपानी माथिल्लो बजारको सडक कालोपत्रे र ढलान गर्न श्रमजिवि निर्माण सेवाले नै २५ लाख ६८ हजारमा सम्झौता गरी तिन सय मिटर कालोपत्रे सकिएको छ भने अब ६५ मिटर सडक ढलानको काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै नमुना विद्यालय अन्र्तरगत जामुनाखर्क माविमा एक करोड लागत अनुमान गरीएको ४ कोठे एक तले भवन निर्माण गर्न, रु ४० लाख लागत अनुमान गरीएको खबरा खानेपानी योजना र ९० लाख बजेट अनुमान गरीएको पुलाडाडा–पुरुण्डे खानेपानी योजन सम्झौताको प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ ।

तातोपानी उपल्लो बजार सडक कालोपत्रे सडक निर्माण बाहेक अन्य योजनामा प्रदेश सरकार र संघिय सरकारको अनुदानमा निर्माण हुन लागेका हुन् । बेनी नगरपालिकाले चालु आवको पहिलो चौमासिकमा कुल पुँजीगत बजेटको ११ दशमलव ७६ प्रतिशत खर्च भएको जनाएको छ ।

पुँजीगततर्फ चालु आवमा १७ करोड ९१ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा पहिलो चौमासिकमा दुई करोड १० लाख ७८ हजार रुपैयाँ खर्च भएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताउनुभयो । यसैगरी चालुतर्फ ५२ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा १४ करोड ८४ लाख ५८ हजार अर्थात् २० दशमलव ९४ प्रतिशत बजेट खर्च भएको छ ।

प्रमुख पौडेलका अनुसार नगरमा रहेका २३६ योजनामा मध्य हाल सम्म २४ वटा योजना सम्पन्न भएका छन् भने ९५ योजना सम्झौता भैसकेका छन् । १० वडामा गरेर अझै ११७ वटा योजना सम्झौता हुन बाँकी रहेको छ ।

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP