२०८३ श्रावण ७
July 23, 2026, Thursday

चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई

 म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ । विभिन्न २५ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा २२ स्वर्ण र पाँच रजत पदक सहित प्रकाश माविले उपाधी चुमेको हो ।

Advertisement

गत बर्षको बिजेता समेत रहेको प्रकाश माविले लगातार दुई बर्ष रनिङ शिल्ड आफ्नो पक्षमा पार्न सफल भएको छ । प्रतियोगितामा कुल ६६ स्वर्ण पदकमध्ये अंकतालिकामा गणना हुने ३१ स्वर्ण पदकमा प्रकाश माविले मात्रै २२ स्वर्ण हात पारेको छ । प्रतियोगितामा बिजेता प्रकाश माविलाई नगद रु ५१ हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिएको छ ।

त्यसैगरि प्रतियोगितामा ५ स्वर्ण, १० रजत र २ कास्य पदक सहित द्धितिय हुन सफल न्यू वेष्ट पोइन्ट आवासीय मावि र २ स्वर्ण, १ रजत र २ कास्य पदक सहित तृतिय हुन सफल माउण्ट एभरेष्ट आवासीय माविलाई क्रमश ः नगद रु ४० हजार र ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिएको छ । विद्यागत रुपमा समेत प्रतियोगिताका बिजेता र उपबिजेताहरुलाई ट्रफि र मेडलद्धारा पुरस्कृत गरिएको छ ।

कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, प्रतियोगिताका संयोजक एवम सामाजिक विकास समितिका संयोजक चक्र केसी, वडा अध्यक्षहरु सहित जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवद्र्धन गर्न आयोजित प्रतियोगिताबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्डक खेलकुद प्रतियोगिताको लागि समेत खेलाडी छनौट भएकाले खेल अभ्यासलाई निरन्तरता दिन मेयर केसीले विद्यार्थी खेलाडीहरुलाई आग्रह गर्नुभयो ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विद्याका विभिन्न ३७८ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा भएको थियो । यस बर्ष नगरपालिकाले न्यूनतम पाँच विद्यालय सहभागिता नरहेको खेलको अंक उपाधिको अंकतालिकामा गणना नगर्ने नियम बनाएर प्रतियोगिता सञ्चालन गरेको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP