Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई

 म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ । विभिन्न २५ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा २२ स्वर्ण र पाँच रजत पदक सहित प्रकाश माविले उपाधी चुमेको हो ।

Advertisement

गत बर्षको बिजेता समेत रहेको प्रकाश माविले लगातार दुई बर्ष रनिङ शिल्ड आफ्नो पक्षमा पार्न सफल भएको छ । प्रतियोगितामा कुल ६६ स्वर्ण पदकमध्ये अंकतालिकामा गणना हुने ३१ स्वर्ण पदकमा प्रकाश माविले मात्रै २२ स्वर्ण हात पारेको छ । प्रतियोगितामा बिजेता प्रकाश माविलाई नगद रु ५१ हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिएको छ ।

Advertisement

त्यसैगरि प्रतियोगितामा ५ स्वर्ण, १० रजत र २ कास्य पदक सहित द्धितिय हुन सफल न्यू वेष्ट पोइन्ट आवासीय मावि र २ स्वर्ण, १ रजत र २ कास्य पदक सहित तृतिय हुन सफल माउण्ट एभरेष्ट आवासीय माविलाई क्रमश ः नगद रु ४० हजार र ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिएको छ । विद्यागत रुपमा समेत प्रतियोगिताका बिजेता र उपबिजेताहरुलाई ट्रफि र मेडलद्धारा पुरस्कृत गरिएको छ ।

कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, प्रतियोगिताका संयोजक एवम सामाजिक विकास समितिका संयोजक चक्र केसी, वडा अध्यक्षहरु सहित जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवद्र्धन गर्न आयोजित प्रतियोगिताबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्डक खेलकुद प्रतियोगिताको लागि समेत खेलाडी छनौट भएकाले खेल अभ्यासलाई निरन्तरता दिन मेयर केसीले विद्यार्थी खेलाडीहरुलाई आग्रह गर्नुभयो ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विद्याका विभिन्न ३७८ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा भएको थियो । यस बर्ष नगरपालिकाले न्यूनतम पाँच विद्यालय सहभागिता नरहेको खेलको अंक उपाधिको अंकतालिकामा गणना नगर्ने नियम बनाएर प्रतियोगिता सञ्चालन गरेको थियो ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!