म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरका ५० जना कृषकलाई तरकारी खेती गर्नका लागि बिउबिजन र मल सहयोग भएको छ । असल छिमेकी नेपालको आयोजनामा शनिवार एक कार्यक्रमको आयोजना गरी पुलाचौरका कृषकहरुलाई मलबिउ हस्तान्तरण गरिएको हो ।
पुलाचौर र सेताढुङ्गा गरी दुईवटा कृषक समूलाई विभिन्न प्रकारका तरकारीको बिउबिजन सहयोग गरिएको असल छिमेकी नेपालले जनाएको छ । कार्यक्रममा पुलाचौरका २५ जना कृषकहरुलाई २५ केजी प्राङ्गारिक मल, वर्षे आलु, सिमीको बिउ, लसुन, अदुवा, बेसार, काँक्रो, प्याज, करेला र जुगनीको बिउ वितरण गरिएको असल छिमेकी नेपालका कार्यक्रम अधिकृत सुरेन्द्र दासले बताउनुभयो ।
यसैगरी सेताढुङ्गाका २५ जना कृषकहरुलाई पनि प्राङ्गारिक मल २५ केजी, सुष्म तत्व एक किलो, हाईब्रिड प्रजातिको मकैको बिउ, सिमी, काँक्रो, घिरौंला, करेला, लौका, चिप्ले भेन्टा र खुर्सानीको बिउ सहयोग प्रदान गरिएको छ । उक्त बिउबिजन र मल बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछाने र पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले कृषकहरुलाई हस्तान्तरण गर्नुभएको थियो ।
हस्तान्तरणपछि कार्यक्रमको समापन गर्दै वडाध्यक्ष बानियाँले विपन्न कृषकहरुलाई लक्षित गरेर वितरण गरिएको तरकारीको बिउको सदुपयोग गर्न सुझाव दिनुभयो । उहाँले मोबाइलबाट कृषि एपको प्रयोग गरेर पनि कृषि खेती गर्न सकिने बताउँदै वडा र नगरपालिकाबाट कृषकलक्षित विभिन्न कार्यक्रम, योजना र बजेटमा प्राथमिकता दिइएको बताउनुभएको थियो । पुलाचौरको जुनकुनै टोल तथा वस्तीमा पनि कोही समस्यामा परेको भए वडामा जानकारी गराउन आग्रह गर्दै समस्यामा परेकाहरुलाई तत्कालै आवश्यक सहयोग गरिने उहाँले जानकारी दिनुभयो ।
बेनी नगरपालिकाको कृषि शाखाका नायव प्राविधिक सहायक रविन्द्रप्रसाद पन्तले तरकारीको बिउ र मलको प्रयोगका विषयमा सहजीकरण गर्नुभएको कार्यक्रम असल छिमेकी नेपालका कार्यक्रम अधिकृत सुरेन्द्र दासको सञ्चालनमा सम्पन्न भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा मङ्गलवार अन्नपूर्ण गाउँपालिकामा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सुरु भएको...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी)ले मतदाता प्रत्यक्ष...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी) सोमबार अन्नपूर्ण...