२०८३ श्रावण ८
July 24, 2026, Friday

पोखरा–बेनी–घोडेपानी सिधा बस सेवा सञ्चालन

म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानीलाई लक्षित गरी सेवा बस सेवा संचालनमा आएको छ ।
पोखरा देखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीय स्थल घोडेपानीमा बस सेवा सञ्चालन भएको हो । म्याग्दी यातायात प्रा.ली.का सचिव सुमन श्रेष्ठका अनुसारे दैनिक रुपमा बिहान ९.३० बजे पोखरा र घोडेपानी देखि बस छुट्ने जानकारी दिनुभयो । उहाँले अहिले पर्यटकको अफ सजिनमा भएपनि बस सेवा संचालन गरेको जानकारी दिनुभयो ।

Advertisement

स्थानीयबासीको सुविधाका साथै पोखरा र घोडेपानीलाई पोखरासँग जोड्न २६ सिट क्षमताको डिलक्स बस सेवा शुरु गरिएको हो । समितिका अध्यक्ष लाल बहादुर थापाले जानकारी दिनुभयो । नियमित बस सञ्चालन भएपछि पोखरा आएका पर्यटकलाई घोडेपानी घुम्न जान सजिलो हुने उहाँले बताउनुभयो ।

पोखरा–कुश्मा–बेनी–पोखरेबगर हुदै घोडेपानी जोड्ने रुटमा चल्ने बसको प्रतियात्रु भाडा रु. एक हजार १०० कायम गरिएको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी जोड्ने सडक स्तरोन्नति भएपछि बस सञ्चालन हुन थालेको हो । यसअघि जिप र मोटरसाइकल मात्र सञ्चालन हुने गरेको थियो ।

घोडेपानीका होटल व्यवसायी बिरेन गर्बुजा पुनले बस सेवासँगै घोडेपानी भ्रमणमा आउने पर्यटकलाई सहज हुने बताउनुभयो । “सडक सञ्जालमा जोडिएको चार वर्षपछि घोडेपानीमा बस आउन थालेको छ,” उहाँले भन्नुभयो “घोडेपानी घुम्नका लागि अब बस चढेर आउन सकिने भएको छ ।”

गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर ५०० मिटर सडक कालोपत्र गर्न वि.स. २०७५ देखि शुरु भएको आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । संघीय सरकार मार्फत सञ्चालित आयोजनाले सडक विस्तार र स्तरोन्नति गरेपछि बस चल्न सक्ने भएको हो ।

चित्रेदेखि घोडेपानी जोड्ने सडकका केही ठाउँमा मर्मत गर्ने तयारी गरिएको छ । घोडेपानी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रमुख पर्यटकीय गन्तव्य हो । समुद्री सतहदेखि दुई हजार ८०० मिटरको उचाइमा अवस्थित घोडेपानी पुनहिल र घान्द्रुक जाने आउने पदमार्गको केन्द्र हो ।

घोडेपानीदेखि ४० मिनेट उकालो हिँडेपछि पुगिने पुनहिल सूर्योदय, हिमशृङ्खला, गुरासे जङ्गलको दृश्य अवलोकनका लागि प्रसिद्ध छ । घोडेपानीदेखि पोखरा–बागलुङ भूपि शेरचन राजमार्गमा पर्ने नयाँ पुललाई सडकले जोड्ने तयारी गरिएको छ । कास्की तर्फबाट म्याग्दीको सिमानामा पर्ने वनठाटी नजिकैको बस्ती उल्लेरीसम्म सडक निर्माण भइसकेको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP