२०८३ श्रावण ९
July 25, 2026, Saturday

केवि एकेडेमीमा सातौं करबीर मेमोरियल कप हुने

पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के-वि एकेडेमीमा यही पुस ६ गतेदेखि सातौं जिल्ला स्तरीय अन्तर मा वि करबीर मेमोरियल फुटसल प्रतियोगिता हुने भएको छ । ‘मौनतामा परिश्रम,सफलतामा आवाज’ भन्ने स्लोगनका साथ सम्पन्न हुने उक्त प्रतियोगितामा म्याग्दीका विभिन्न २२ विद्यालयका प्रतियोगिहरु समावेश हुने विद्यालयका प्रिन्सीपल विमल शर्माले बताउनुभयो ।

पश्चिम म्याग्दीकै महत्वपूर्ण कार्यक्रम मानिएको करबीर मेमोरियल कपको सम्पूर्ण तयारी तीब्र गतिमा संचालन भैरहेको विद्यालयले जनाएको छ ।
जिल्ला स्तरीय अन्तर मा।वि ९अण्डर टेन० करबीर मेमोरियल फुटसल तथा अभिभावक लक्षित विविध प्रतियोगिताको अण्डर टेन फुटसलतर्फ प्रथम पुरस्कार नगद रु ३० हजार ३ सय ३० र द्धितीय पुरस्कार नगद रु २० हजार,२ सय २२ का साथै ट्रफि,मेडल र प्रमाणपत्र रहेको छ भने अभिभावक फुटसल महिलातर्फ प्रथम हुनेलाई नगद रु १२ हजार १२ र द्धितीय पुरस्कार रु ७ हजार ७ का साथै प्रमाणपत्र रहेको छ ।पाँच दिनसम्म संचालन हुने प्रतियोगिताको मुख्य आकर्षण महिला फुटसल रहेको आयोजकले जनाएको छ ।प्रतियोगितामा सहभागिताका लागि जिल्ला स्थित सम्पूर्ण विद्यालयहरुलाई पत्राचार गरिसकिएको विद्यालयका प्रधानाध्यापक शर्माले जानकारी दिनुभयो ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP