२०८३ श्रावण ८
July 24, 2026, Friday

जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता पुस २० गतेदेखि

जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा यही पुस २० र २१ गते जिल्लास्तरीय ९ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुने भएको छ। जिल्लाका ६ वटै पालिकाबाट विभिन्न विद्याका छनोट भएका उतकृष्ट खेलाडी सहभागि हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हो ।

Advertisement

बेनीस्थित खुल्लामञ्चको खेलमैदानमा हुने रनिङशिल्डमा भलिबल, कबड्डी, कराते र एथ्लेटिक्ससमा पालिकास्तरीयबाट सहभागि विद्यार्थीबीच प्रतिस्पर्धा गराईने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो। उहाँले प्रतियोगितामा उतकृष्ट खेलाडीलाई सहभागि गराउनका लागि पालिकाका जनप्रतिनिधि, कर्मचारीलाई आग्रह गर्नुभएको छ ।

यस प्रतियोगितामा ६६ वटा स्वर्णमा प्रतिस्पर्धा गराईन्छ। दुईदिनसम्म संचालन हुने प्रतियोगिताको प्राविधिक बैठक, खेल तालिका पुस १९ गतेनै सार्वजनिक गरिने कार्यालय प्रमुख दानबहादुर राईले जानकारी दिनुभयो ।

आठौ राष्ट्रपतिकपमा प्रथम, द्वितिय र तृतिय हुने पालिकाले क्रमशस् २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ ।

जिल्लामा हरेक बर्ष हुने राष्ट्रपति कपले खेल क्षेत्रमा नवप्रतिभावान खेलाडीहरु पहिचान गर्न सहयोग पुगेको अध्यक्ष केसीले बताउनुभयो । यहाँ स्वर्ण जित्ने खेलाडीलाई नवलपुरमा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागि गराईने छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP