२०८२ असार १
June 15, 2025, Sunday

जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता पुस २० गतेदेखि

जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा यही पुस २० र २१ गते जिल्लास्तरीय ९ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुने भएको छ। जिल्लाका ६ वटै पालिकाबाट विभिन्न विद्याका छनोट भएका उतकृष्ट खेलाडी सहभागि हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हो ।

Advertisement

बेनीस्थित खुल्लामञ्चको खेलमैदानमा हुने रनिङशिल्डमा भलिबल, कबड्डी, कराते र एथ्लेटिक्ससमा पालिकास्तरीयबाट सहभागि विद्यार्थीबीच प्रतिस्पर्धा गराईने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो। उहाँले प्रतियोगितामा उतकृष्ट खेलाडीलाई सहभागि गराउनका लागि पालिकाका जनप्रतिनिधि, कर्मचारीलाई आग्रह गर्नुभएको छ ।

Advertisement

यस प्रतियोगितामा ६६ वटा स्वर्णमा प्रतिस्पर्धा गराईन्छ। दुईदिनसम्म संचालन हुने प्रतियोगिताको प्राविधिक बैठक, खेल तालिका पुस १९ गतेनै सार्वजनिक गरिने कार्यालय प्रमुख दानबहादुर राईले जानकारी दिनुभयो ।

आठौ राष्ट्रपतिकपमा प्रथम, द्वितिय र तृतिय हुने पालिकाले क्रमशस् २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ ।

जिल्लामा हरेक बर्ष हुने राष्ट्रपति कपले खेल क्षेत्रमा नवप्रतिभावान खेलाडीहरु पहिचान गर्न सहयोग पुगेको अध्यक्ष केसीले बताउनुभयो । यहाँ स्वर्ण जित्ने खेलाडीलाई नवलपुरमा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागि गराईने छ ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८० पुष ८, आईतवार १३:१६

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८० पुष ८, आईतवार १३:१६

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०८० पुष ८, आईतवार १३:१६

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP