२०८३ श्रावण ९
July 25, 2026, Saturday

अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभा माविलाई

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अन्तर मावि स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा माध्यामिक विद्यालय नारच्याङले जितेको छ ।

Advertisement

सोमबार साँझ गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न प्रतियोगितामा १० स्वर्ण, ५ रजत र ६ कास्य सहित २१ पदक जित्दै प्रभा माविले उपाधि हात पारेको हो । प्रभा मावि गत वर्षको बिजेता हो ।

प्रतियोगितामा ८ स्वर्ण,४ रजत र २ कास्य सहित १४ पदक जित्दै मुक्ति मार्ग मावि घार द्धितीय भएको छ । ६ स्वर्ण,११ रजत ४ कास्य सहित २१ पदक जितेर शिख मावि शिख तृतीय भएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो ।

बिजेता विद्यालय र खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष भारत कुमार पुन,उपाध्यक्ष दिवा कुमारी तिलिजा, स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक एवम् वडा नम्बर २ का वडाध्यक्ष ओमप्रसाद फगामी,प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

कबड्डी, भलिबल र एथलेटिक्स विद्यातर्फ छात्र र छात्राहरुको १५\१५ इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा बिजेता विद्यालयलाई ५० हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । यसैगरी दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः ३० हजार र २० हजार रुपियाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

भलिबल,कबड्डी र एथलेटिक्सका तर्फ प्रथम हुने विद्यालयलाई जनही पाँच÷पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । पालिका भित्रका ११ विद्यालयका तीनसय १५ जना विद्यार्थी खेलाडीहरुले भाग लिएका थिए । प्रत्येक खेलका बिजेता खेलाडीलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगिताले विद्यालय स्तरमा खेलकुद प्रतिभाको पहिचानका साथै खेल क्षमताको विकासमा टेवा पुगेको पालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP