२०८३ असार २७
July 11, 2026, Saturday

बेनी–पाखापानी सडक कालोपत्र गर्ने योजना यसै वर्ष शुुरु हुुन्छ– सांसद भण्डारी

। म्याग्दी प्रदेशसभा क्षेत्र (क)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारीले बेनी–पाखापानी सडक कालोपत्रका लागि यही वर्ष ठेक्का लगाउने तयारी भएको बताउनुुभएको छ ।

म्याग्दीको रघुुगंगा गाउँपालिका–६ फुुलडाडा र औलामा बुुधबार जनभेटघाटका क्रममा नेकपा (माओवादी केन्द्र)को गाउँपालिका कमिटि अध्यक्ष समेत रहनुुभएका सांसद भण्डारीले गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मार्फत बेनी–पाखापानी सडक कालोपत्र गर्ने तयारी भएको जानकारी गराउनुुभएको हो ।

“चालुु आर्थिक वर्षमा रु. पाँच करोड बजेट बिनियोजन भएको बेनी–पाखापानी सडकका लागि बहुुबर्षीय ठेक्का लगाउन रु. २५ करोडको स्रोत सुनिश्चितता भएको छ,” उहाँले भन्नुुभयो “पूूर्वाधार विकास कार्यालयले यसै वर्ष २५ करोडको ठेक्का लगाउने तयारी गरेको छ । थप बजेट ब्यवस्थापन गरेर पाखापानी सम्मकै सडक कालोपत्र गर्न पहल गरेका छौ ।”

सांसद भण्डारीले ठाडाखानीको घोप्टेखोलामा मोटरेबल पुुल बनाउन रु. पचास लाख र कोटगाउँ–रायखोर सडक निर्माणका लागि रु. तीस लाख बजेट बिनियोजन भएको जानकारी दिनुुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य रिम बहादुुर कटुवालले चुुनावमा गरेको प्रतिवद्धता अनुुसारनै माओवादीका जनप्रतिनिधिहरुले म्याग्दीको विकासका क्षेत्रमा अगुुवाई गरेका बताउनुुभयो ।

संविधानको रक्षा र कार्यान्वयनका साथै संघीयताको सवलीकरण गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले प्रयास गरिरहेको नेता कटुुवालले बताउनुुभयो । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी रुपान्तरण अभियान लिएर सांसद भण्डारी र नेता कटुुवाल पाखापानी औला पुुग्नुुभएको हो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP