। म्याग्दी प्रदेशसभा क्षेत्र (क)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारीले बेनी–पाखापानी सडक कालोपत्रका लागि यही वर्ष ठेक्का लगाउने तयारी भएको बताउनुुभएको छ ।
म्याग्दीको रघुुगंगा गाउँपालिका–६ फुुलडाडा र औलामा बुुधबार जनभेटघाटका क्रममा नेकपा (माओवादी केन्द्र)को गाउँपालिका कमिटि अध्यक्ष समेत रहनुुभएका सांसद भण्डारीले गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मार्फत बेनी–पाखापानी सडक कालोपत्र गर्ने तयारी भएको जानकारी गराउनुुभएको हो ।
“चालुु आर्थिक वर्षमा रु. पाँच करोड बजेट बिनियोजन भएको बेनी–पाखापानी सडकका लागि बहुुबर्षीय ठेक्का लगाउन रु. २५ करोडको स्रोत सुनिश्चितता भएको छ,” उहाँले भन्नुुभयो “पूूर्वाधार विकास कार्यालयले यसै वर्ष २५ करोडको ठेक्का लगाउने तयारी गरेको छ । थप बजेट ब्यवस्थापन गरेर पाखापानी सम्मकै सडक कालोपत्र गर्न पहल गरेका छौ ।”
सांसद भण्डारीले ठाडाखानीको घोप्टेखोलामा मोटरेबल पुुल बनाउन रु. पचास लाख र कोटगाउँ–रायखोर सडक निर्माणका लागि रु. तीस लाख बजेट बिनियोजन भएको जानकारी दिनुुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य रिम बहादुुर कटुवालले चुुनावमा गरेको प्रतिवद्धता अनुुसारनै माओवादीका जनप्रतिनिधिहरुले म्याग्दीको विकासका क्षेत्रमा अगुुवाई गरेका बताउनुुभयो ।
संविधानको रक्षा र कार्यान्वयनका साथै संघीयताको सवलीकरण गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले प्रयास गरिरहेको नेता कटुुवालले बताउनुुभयो । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी रुपान्तरण अभियान लिएर सांसद भण्डारी र नेता कटुुवाल पाखापानी औला पुुग्नुुभएको हो ।
३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...
मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...
बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...