२०८३ जेष्ठ १२
May 26, 2026, Tuesday

लोकदीप सहकारीको अध्यक्षमा प्रमिला जोशी श्रेष्ठ निर्वाचित

Advertisement

बेनीमा संचालित लोकदीप बचत तथा क्रृण सहकारी संस्थाको अध्यक्षमा प्रमिला जोशी श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न संस्थाको १० औँ वार्षिक साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको हो ।

Advertisement

संचालक समितिको नवनिर्वाचित उपाध्यक्षमा देवेन्द्र पौडेल, सचिवमा अर्जुन पौडेल, कोषाध्यक्षमा भिमनाथ शर्मा रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा गोविन्द प्रसाद रिजाल, शर्मिला जोशी श्रेष्ठ, ओम प्रसाद शर्मा, प्रेम नेपाली, चिरञ्जीवि सुवेदी, गितु आचार्य र भगिरथ उपाध्याय निर्वाचित हुनुभएको छ ।

लेखा तथा सुपरिवेक्षक समितिको संयोजकमा खुमराज उपाध्याय र सदस्यहरुमा शुसिला रोका र बामदेम रिजाल निर्वाचित हुनुभएको नवनिर्वाचित सचिव पौडेलले जानकारी दिनुभयो ।

साधारणसभाको राष्ट्रिय सहकारी वैंकका केन्द्रिय सदस्य राम बहादुर जिसीले उद्घाटन गर्नुभएको हो । उहाँले सहकारीले शेयर सदस्यहरुको आर्थिक उन्वयनलाई जोड दिनुपर्ने बताउनुभयो । सामान्य स्तरका नागरिकलाई सहकारीमा आवद्ध बनाई उनिहरुको जीवनस्तर उकास्नतर्फ सहकारीका संचालकहरु अग्रसर बन्नुपर्ने जिसीको भनाई थियो ।

२०६९ साल देखि संचालनमा आएको सहकारीमा गत आर्थिक बर्ष सम्ममा ११ सय ५६ जना शेयर सदस्य रहेका छन । सहकारीको हाल सम्मको कुल शेयर पूँजी १ करोड, ६६ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको छ । सहकारीको कुल बचत ९ करोड २७ लाख ५ सय ५० रुपैयाँ र लगानी १२ करोड ५१ लाख ७६ हजार ५ सय २ रुपैयाँ रहेको सहकारीका प्रवन्धक नेत्रराज सुवेदीले जानकारी दिनुभयो ।

साधारणसभाको अवसरमा सहकारीका ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान, विपन्न परिवारलाई खाद्यान्न वितरण लगायतका कार्यक्रम गरिएको छ । साथै कार्यक्रममा हात हातमा लोकदीप नामक स्मार्ट मोवाईल वैकिङ सेवाको शुभारम्भ समेत गरिएको छ । ज्येष्ठ शेयर सदस्य नैन कुमार श्रेष्ठले सो सेवाको शुभारम्भ गर्नुभएका थियो । कार्यक्रममा सहकारीका शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका सचिव ओ प्रसाद शर्माले वार्षिक प्रगति र कोषाध्यक्ष देवेन्द्र पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता र सचिव शर्माको संचालनमा सम्पन्न भएको थियो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० पुष १४, शनिबार १७:१९

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० पुष १४, शनिबार १७:१९

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० पुष १४, शनिबार १७:१९

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP