२०८१ फाल्गुन ५
February 17, 2025, Monday

म्याग्दी जेसीजको अध्यक्षमा बानियाँ निर्वाचित

म्याग्दीमा यूवाहरुको नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार साँझ सम्पन्न भएको २५ औं वार्षिक साधारण सभा र शाखा अधिवेशनबाट बर्ष २०२४ का लागि दिनेश बानियाँको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।

समितिको कानुनी सल्लाहकार कुमार बानियाँ, बरिष्ठ कार्यकारिणी उपाध्यक्षमा दिनेशकुमार विश्वकर्मा, कार्यकारिणी उपाध्यक्षमा ई. अमीर श्रेष्ठ र कृष्णप्रसाद पौडेल, महासचिव सज्जन श्रेष्ठ, कोषाध्यक्षमा विनोद घर्ती निर्वाचित हुनुभएको छ ।
शाखा सम्पादकमा अनिल पौडेल, सहसचिवमा पवित्रा खत्री, सहकोषाध्यक्षमा नवीन पौडेल, उपाध्यक्षमा देविन्द्र घिमिरे, विशाल खत्री, गोकुल सुनार, गोकुल विश्वकर्मा, तालिम संयोजकमा धनमाया श्रेष्ठ, प्रकरण निर्देशकमा मदन खत्री, अर्थवृद्धी संयोजकमा गणेश सुवेदी चयन हुनुभएको म्याग्दी जेसिजले जनाएको छ । नयाँ कार्यसमितिको प्रमुख सल्लाहकारमा पूर्व अध्यक्ष सन्दिप खत्री रहनुभएको छ ।

नवनिर्वाचतलाई पदस्थापनमार्फत जिम्मेबारी हस्तान्तरण गरिने छ । सन् १९९९ मा स्थापना भएको म्याग्दी जेसीजले जिल्लामा खेलकुद, युवाहरुको नेतृत्व, व्यक्तित्व र क्षमता विकास संगसंगै पर्यटन प्रवद्र्धन, कला संस्कृति संरक्षण, प्रतिभा पहिचानलगाएत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

Advertisement

Related News

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
  • २०८० पुष १५, आईतवार ०२:१६

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
  • २०८० पुष १५, आईतवार ०२:१६

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...

पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
  • २०८० पुष १५, आईतवार ०२:१६

बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...

TOP