२०८३ असार २६
July 10, 2026, Friday

मालिकाको राष्ट्रपति रनिङ शिल्डको उपाधि किसानी माविलाई

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ७ स्थित किसानी माविले जितेको छ । साविक विजेता किसानी माविले शनिबार दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण,सात रजत र ६ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो ।

आठ स्वर्ण ,चार रजत र सात कास्य पदक हात पारेको वडा नम्बर ६ स्थित जनप्रिय माविले द्धितिय स्थान हासिल गर्न फल भएको छ । त्यसैगरी पाँच स्वर्ण ,६ रजत र ६ कास्य पदक जित्न सफल वडा नम्बर ५ स्थित भिम मावि तृतिय हुन सफल भएको छ ।

प्रतियोगितामा प्रथम हुने किसानी माविले ८० हजार रुपैयाँ नगद सहित रनिङ शिल्ड,ट्रफी ,मेडल र प्रमाणपत्र,द्धितिय भएको जनप्रिय माविले ६० हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र तथा तृतिय भएको भिम माविले ४० हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले जानकारी दिनुभयो ।

सो पुरस्कार गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा ,उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुन ,वडा नम्बर ४ का वडा अध्यक्ष भेजेन्द्रमान पुन,वडा नम्बर ६ का वडा अध्यक्ष पथबहादुर रोका ,वडा नम्बर ७ का वडा अध्यक्ष टकबहादुर पुन ,वडा नम्बर २ का वडा अध्यक्ष उदय बुढाथोकी, शिक्षा अधिकृत रिजाल लगायतले वितरण गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष बर्गुजाले प्रतियोगिताले विद्यालय स्तरमा खेलकुद संचालन गर्न प्रोत्साहन,प्रतिभाको पहिचान तथा खेलक्षेत्रको प्रवद्र्धनमा सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

शिक्षा अधिकृत रिजालका अनुुसार,विहिबारदेखि सुरु भएको प्रतियोगितामा एथलेटिक्स, भलिबल र कवड्डी गरि तीन विधामा छात्रा १५ र छात्रतर्फ १५ गरि ३० वटा स्वर्णका लागि खेल संचालन गरिएको थियो । प्रतियोगितामा पालिका भित्रका ९ सामुदायिक र २ संस्थागत गरि ११ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगिताको स्थानीय समाजसेवी एवं ज्येष्ठ नागरिक दलमान गुरुङले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको संचालन जनप्रिय माविका प्रअ दिवाकर सुवेदीले गर्नुभएको थियो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP