२०८३ श्रावण ८
July 24, 2026, Friday

महिला उद्यम विकास समितिमा नयाँ नेतृत्व, सभापतिमा श्रेष्ठ

महिला उद्यम विकास समिति म्याग्दीको सभापतिमा अम्विका श्रेष्ठ निर्वाचित हुनुभएको छ । आईतवार म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको समितिको १० औँ वार्षिक साधारणसभा तथा ७ औँ अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा सभापतिमा चयन हुनुभएको हो ।

Advertisement

समितिको नवनिर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा विष्णु गुरुङ, प्रथम उपाध्यक्षमा श्रृजना भट्टचन, द्वित्तिय उपाध्यक्षमा दिलु घताने, महासचिवमा प्रमिला जोशी श्रेष्ठ, कोषाध्यक्षमा गीता शर्मा रिजाल, सचिवममा कमला सुवेदी, सहसचिवमा गोमा भट्टराई शर्मा र सहकोषाध्यक्षमा राधिका सापकोटा चयन हुनुभएको निर्वाचन अधिकृतको रुपमा रहनुभएका म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै कार्य समितिका सदस्यहरुमा चमन श्रेष्ठ, गंगा कुमारी खत्री, संगीता श्रेष्ठ, तेजकुमारी महत, धनदेवी भण्डारी, संगीता श्रेष्ठ, रेणु मल्ल शाही, अस्मिता श्रेष्ठ, गंगा थापा कार्की, सरिता श्रेष्ठ, रंजीता वराईली रहनुभएको छ । समितिको आमन्त्रित सदस्यहरुमा गीता चापागाई, टिका आचार्य, शारिका थापा मगर, अम्विका ढुङ्गाना, मिना कुमारी मल्ल र अश्मि महत रहनुभएको छ ।

नवनिर्वाचत सभापति श्रेष्ठले महिला दिदीवहिनीहरुलाई एकत्रित गरि उनिहरुको क्षमता अभिवृद्धि तथा उत्पादन र उद्यमशिल बन्न प्रेरित गर्ने कार्यक्रम योजनाबद्ध ढंगले संचालन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । साथै उहाँले नयाँ कार्य समितिले आउदै गरेको माघेसंक्रान्ति पर्वको अवसरमा बेनीमा ३ दिने माघेसंक्रान्ति मेलाको आयोजना गर्ने समेत बताउनुभयो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP