२०८३ श्रावण ८
July 24, 2026, Friday

लोकदिप सहकारी र दिगो क्लिनिक,कोर स्माइल डेण्टल बीच सम्झौता, सेवामा १५ प्रतिशतसम्म छुट पाउने

बेनीमा संचालित लोकदीप बचत तथा ऋण सहकारी संस्था सेयर सदस्यलाई लक्षित गरी दुई स्वास्थ्य संस्थासँगविशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौतामा हस्ताक्षर भएको छ। आफ्ना शेयर सदस्यहरुको स्वास्थ्यलाइ ध्यान राख्दै सहकारीले पर्वत बेनीमा रहेको दिगो क्लिनिक र बेनी गणेशटोलमा अवस्थित कोर स्माइल डेण्टलसँग सम्झौता गरेको हो।

Advertisement

शनिबार सम्पन्न सहकारीको १० साधारणसभामा दिगो क्लिनिका सञ्चालक डा.गोविन्द पोख्रेल र सहकारीका निर्वतमान अध्यक्ष हरिकृष्ण शर्मा गौतम र कोर स्माइल डेण्टलका सञ्चालक डा.मोचन श्रेष्ठसँग अध्यक्ष प्रमिला जोशी श्रेष्ठद्वारा हस्ताक्षर भएको उक्त सम्झौता लागू भएको छ । यो संगै सहकारीका सदस्यहरूले उक्त दुबै स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सबै प्रकारका सेवामा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

‘हामीले सेयर सदस्यको सुविधामा केन्द्रित छौ, समयअनुकुल मिलाएर शिविरमार्फत पनि सेवा दिन्छौ’ श्रेष्ठले भन्नुभयो । सम्झौतामा सेयर सदस्य तथा पारिवारका सदस्यहरूले विशेषज्ञ सेवा, फार्मेशी,ओपिडी, ल्याब, यूएजी, इसिजी लगायतका सेवा र दन्त सेवा अन्तरगत दाँतमा सिमेन्ट भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने, टल्काउने, बच्चाको अस्थायी दाँतको जरादेखि उपचार गर्ने, हल्लिएको दाँतमा तार राख्ने, तलदेखि माथि पूरे सेट दाँत राख्ने, झिक्ने राख्ने दात लगाउने, खोल राख्ने,जरादेखि उपचार सेवाको लाभ लिन सक्ने प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो।

सहकारीले सदस्यलाई वितरण गरेको सदस्यता कार्ड लिएर सेवा लिन जान सक्ने प्रबन्धक सुबेदीको भनाई छ ।सहकारीका सदस्यद्धय डा. पोख्रेल र डा. श्रेष्ठले सहकारीका सेयर सदस्यलाई सेवा दिन आतुर रहेको बताउनुभयो । यूवाहरुको सक्रियतामा सञ्चालित सहकारीसंग जोगिएर काम गर्दा खुसी लागेको डा. पोख्रेलको भनाई छ ।

सहकारीले सेयर सदस्यसँग भेटघाट, सुामाजिक एवम् मानवीय सेवा, विपन्नताका कारण समस्यामा परेका सेयर सदस्यलाई सहयोग तथा प्रोत्साहनको कार्य गर्ने जनाएको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP