२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

लोकदिप सहकारी र दिगो क्लिनिक,कोर स्माइल डेण्टल बीच सम्झौता, सेवामा १५ प्रतिशतसम्म छुट पाउने

बेनीमा संचालित लोकदीप बचत तथा ऋण सहकारी संस्था सेयर सदस्यलाई लक्षित गरी दुई स्वास्थ्य संस्थासँगविशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौतामा हस्ताक्षर भएको छ। आफ्ना शेयर सदस्यहरुको स्वास्थ्यलाइ ध्यान राख्दै सहकारीले पर्वत बेनीमा रहेको दिगो क्लिनिक र बेनी गणेशटोलमा अवस्थित कोर स्माइल डेण्टलसँग सम्झौता गरेको हो।

Advertisement

शनिबार सम्पन्न सहकारीको १० साधारणसभामा दिगो क्लिनिका सञ्चालक डा.गोविन्द पोख्रेल र सहकारीका निर्वतमान अध्यक्ष हरिकृष्ण शर्मा गौतम र कोर स्माइल डेण्टलका सञ्चालक डा.मोचन श्रेष्ठसँग अध्यक्ष प्रमिला जोशी श्रेष्ठद्वारा हस्ताक्षर भएको उक्त सम्झौता लागू भएको छ । यो संगै सहकारीका सदस्यहरूले उक्त दुबै स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सबै प्रकारका सेवामा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Advertisement

‘हामीले सेयर सदस्यको सुविधामा केन्द्रित छौ, समयअनुकुल मिलाएर शिविरमार्फत पनि सेवा दिन्छौ’ श्रेष्ठले भन्नुभयो । सम्झौतामा सेयर सदस्य तथा पारिवारका सदस्यहरूले विशेषज्ञ सेवा, फार्मेशी,ओपिडी, ल्याब, यूएजी, इसिजी लगायतका सेवा र दन्त सेवा अन्तरगत दाँतमा सिमेन्ट भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने, टल्काउने, बच्चाको अस्थायी दाँतको जरादेखि उपचार गर्ने, हल्लिएको दाँतमा तार राख्ने, तलदेखि माथि पूरे सेट दाँत राख्ने, झिक्ने राख्ने दात लगाउने, खोल राख्ने,जरादेखि उपचार सेवाको लाभ लिन सक्ने प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो।

सहकारीले सदस्यलाई वितरण गरेको सदस्यता कार्ड लिएर सेवा लिन जान सक्ने प्रबन्धक सुबेदीको भनाई छ ।सहकारीका सदस्यद्धय डा. पोख्रेल र डा. श्रेष्ठले सहकारीका सेयर सदस्यलाई सेवा दिन आतुर रहेको बताउनुभयो । यूवाहरुको सक्रियतामा सञ्चालित सहकारीसंग जोगिएर काम गर्दा खुसी लागेको डा. पोख्रेलको भनाई छ ।

सहकारीले सेयर सदस्यसँग भेटघाट, सुामाजिक एवम् मानवीय सेवा, विपन्नताका कारण समस्यामा परेका सेयर सदस्यलाई सहयोग तथा प्रोत्साहनको कार्य गर्ने जनाएको छ ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८० पुष १६, सोमबार १४:३७

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८० पुष १६, सोमबार १४:३७

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८० पुष १६, सोमबार १४:३७

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP