Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

बेनीमा फेशन डिजाईनिङ्ग तालिम सुरु

म्याग्दीको बेनीमा सोमबारदेखि सिटिईभिटी तयारी कक्षा एंव फेशन डिजाईनिङ्ग तालिम सुरु भएको छ ।
पर्यटन तथा उद्योग कार्यालय, बेनी नगरपालिका, म्याग्दी टेलरिङ संघ, म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिको संयुक्त आयोजनामा म्याग्दी उद्योग बाणिज्य संघको सभाहलमा तालिम सुरु भएको हो ।

तालिमको उद्घाट गर्दै बेनी नगरपालिका प्रमुख सुरत केसीले यस्ता तालिमले आत्मनिर्भन हुनमा सहयोग पुग्नुका साथै जिवनस्तरमा सुधार ल्याउने बताउनुभयो । उहाँले नगरपालिकाले यस्ता जिवनस्तर सुधारमा सहयोग पुग्ने कार्यक्रमलाई प्राथमिकता लिएको बताउनुभयो ।

नेपाल टेलरिग व्यवसायी महासंघ बागमति प्रदेश संयोज तथा नेडिज फेशन डिजाईनर धिपेन्द्र कारन्जितले प्रशिक्षण दिने कार्यक्रममा बेनी नगरपालिका वडा नंं ७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठ, ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य, उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कुटवालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Advertisement

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!