२०८३ श्रावण ८
July 24, 2026, Friday

जलजला अध्ययन प्रतिष्ठानको प्रथम अधिवेशन सम्पन्न

पर्वतको जलजला गाउँपालिकामा गठन भएको जलजला अध्ययन प्रतिष्ठानको प्रथम अधिवेशन विहिवार पर्वत बेनीमा सम्पन्न भएको छ । अधिवेशनले पुनः नरबहादुर कार्कीलाई सर्वसम्मत रुपमा कार्यसमितिको अध्यक्षमा चयन गरेको छ ।
यसैगरी प्रतिष्ठानको उपाध्यक्षमा हिराबहादुर जिसी,सचिव दुर्गा दर्जी,सहसचिव जिवन मल्ल,कोषाध्यक्ष सुनिता बरुवाल जिसी,सदस्यहरुमा क्रमशः बेदनाथ आचार्य,माधव आचार्य,अम्बिका परियार र मनरुपा बि.क सर्वसम्मत रुपमा चयन भएको सचिव दर्जीले जानकारी दिनुभयो

Advertisement

अधिवेशनको उद्घाटन प्रतिष्ठानका ज्येष्ठ सदस्य रामबहादुर बि.कले गर्नुभएको थियो । उहाँले अध्ययन प्रतिष्ठानले बामपन्थी विचार,दर्शन र सिद्धान्तका वारेमा समाजमा जनचेतना जगाउनुपर्नेमा जोड दिनुभयो । अधिवेशनमा नेकपा एमाले पर्वतका जिल्ला सचिवालय सदस्य लोकनाथ रेग्मी, जिल्ला सल्लाहकार डिलबहादुर बरुवाल,जलजला गाउँपालिका २ नम्बर वडाका वडाध्यक्ष प्रकाश जिसी,३ का एकिन्द्र खत्री,४ का भरत जिसी लगायतले नेकपा विभाजन भएसँगै अध्ययन प्रतिष्ठानले उद्देश्य र लक्ष्य अनुसार काम गर्न नसकेको बताउनुभयो ।

नेकपा विभाजन भएपनि अध्ययन प्रतिष्ठानलाई दुवै पार्टीले कम्युनिष्ट विचार र सिद्धान्तको प्रचारप्रसार गर्न र समाजमा जागरण ल्याउन उपयोग गर्नुपर्ने उहाँहरुको जोड थियो । तत्कालिन समयमा वडा नमम्बर ४ स्थित माथिल्लो सेराफाँटमा पार्टीको भवन बनाउन थालिएको थियो । पार्टी विभाजन भएसँगै भवन अलपत्र परेको प्रतिष्ठानका अध्यक्ष कार्कीले बताउनुभयो । अधिवेशनबाट निर्वाचित नयाँ समितिले भवन निर्माणलाई पूर्णता दिने उहाँको भनाई थियो ।

तत्कालिन समयमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एकता भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा जलजलामा पार्टीको विचार,सिद्धान्त, र कार्यक्रमहरुलाई जनतामा प्रचार गर्ने र पार्टीको कार्यालयलाई व्यवस्थित गर्न २०७४ मा जलजला अध्ययन प्रतिष्ठान गठन गरिएको थियो । अहिले पनि प्रतिष्ठानमा दुवै पार्टी समर्थकहरु सदस्यका रुपमा रहेका छन् ।
प्रतिष्ठानका अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा सदस्य हेमकुमारी अधिकारीको स्वागत र सचिव दर्जीले उद्घाटन कार्यक्रमको संचालन गर्नुभएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP