२०८३ असार २६
July 10, 2026, Friday

एमाले म्याग्दीको दशौँ अधिबेशन माघ १२ र १३ गते बेनीमा हुने

म्याग्दी । नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको दशौँ जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते बेनीमा हुने भएको छ । जिल्ला कमिटिको नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनको तयारी सुरु भएको छ । पार्टी कार्यालय हाडेभिरमा आयोजित पत्रकार सम्मेलनमा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालले आसन्न अधिबेशनको बारेमा जानकारी गराउनुभयो ।

उहाँले अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधि रहने जानकारी दिंदै म्याग्दीमा एमालेका तीन हजार चार सय पार्टी सदस्य रहेका र अन्य समुदायबाट २०, महिला १५ र दलित १० जना बराबर एक जना प्रतिनिधि छनौट हुने बिधानतः ब्यबस्था रहेकोबताउनुभयो । उहाँका अनुसार समावेशीमा छुटेकाहरु भएमा १२ जना प्रतिनिधि मनोनित गर्ने व्यवस्था समेत रहेको छ । यदि यसो भएमा ४३१ जना प्रतिनिधि छनौट हुनेछन ।

माघ ५ गतेभित्र प्रतिनिधि छनौट गरेर सिफारिस गर्न वडा कमिटिलाई परिपत्र गरेको अध्यक्ष केसीले बताउनुभयो । ४५ वटा वडागत रुपमा २४० जना प्रतिनिधि आउने एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो । पत्रकार सम्मेलनमा अधिवेशनका लागि नारा र लोगो सार्वजनिक गरिएको थियो । दशौँ अधिवेशनका लागी “दक्षिणपन्थि अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ, जवजको मार्गदर्शनमा समाजवादको आधार तयार गरौं” भन्ने नारा रहेको छ ।

अधिबेशन सफल बनाउनका लागी विभिन्न ७ वटा उपसमिति गठन गरेर अधिवेशनको तयारी सुरु गरेको एमाले म्याग्दीले जनाएको छ । अधिवेशनको उद्घाटनका लागी प्रमुख अतिथिको टुंगो केन्द्रिय कमिटिको सचिवालले लगाउने एमालेका केन्द्रिय सदस्य भूपेन्द्र थापाले बताउनुभयो । पत्रकार सम्मेलनमा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य एवं एमाले म्याग्दीका निबर्तमान अध्यक्ष हरिकृष्ण श्रेष्ठ, एमाले म्याग्दीका उपसचिव एवं जन संगठन समन्वय संयन्त्रका संयोजक थमसरा पुन लगायतको उपस्थिति रहेको थियो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP