२०८२ बैशाख ११
April 24, 2025, Thursday

एमाले म्याग्दीको दशौँ अधिबेशन माघ १२ र १३ गते बेनीमा हुने

म्याग्दी । नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको दशौँ जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते बेनीमा हुने भएको छ । जिल्ला कमिटिको नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनको तयारी सुरु भएको छ । पार्टी कार्यालय हाडेभिरमा आयोजित पत्रकार सम्मेलनमा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालले आसन्न अधिबेशनको बारेमा जानकारी गराउनुभयो ।

Advertisement

उहाँले अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधि रहने जानकारी दिंदै म्याग्दीमा एमालेका तीन हजार चार सय पार्टी सदस्य रहेका र अन्य समुदायबाट २०, महिला १५ र दलित १० जना बराबर एक जना प्रतिनिधि छनौट हुने बिधानतः ब्यबस्था रहेकोबताउनुभयो । उहाँका अनुसार समावेशीमा छुटेकाहरु भएमा १२ जना प्रतिनिधि मनोनित गर्ने व्यवस्था समेत रहेको छ । यदि यसो भएमा ४३१ जना प्रतिनिधि छनौट हुनेछन ।

Advertisement

माघ ५ गतेभित्र प्रतिनिधि छनौट गरेर सिफारिस गर्न वडा कमिटिलाई परिपत्र गरेको अध्यक्ष केसीले बताउनुभयो । ४५ वटा वडागत रुपमा २४० जना प्रतिनिधि आउने एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो । पत्रकार सम्मेलनमा अधिवेशनका लागि नारा र लोगो सार्वजनिक गरिएको थियो । दशौँ अधिवेशनका लागी “दक्षिणपन्थि अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ, जवजको मार्गदर्शनमा समाजवादको आधार तयार गरौं” भन्ने नारा रहेको छ ।

अधिबेशन सफल बनाउनका लागी विभिन्न ७ वटा उपसमिति गठन गरेर अधिवेशनको तयारी सुरु गरेको एमाले म्याग्दीले जनाएको छ । अधिवेशनको उद्घाटनका लागी प्रमुख अतिथिको टुंगो केन्द्रिय कमिटिको सचिवालले लगाउने एमालेका केन्द्रिय सदस्य भूपेन्द्र थापाले बताउनुभयो । पत्रकार सम्मेलनमा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य एवं एमाले म्याग्दीका निबर्तमान अध्यक्ष हरिकृष्ण श्रेष्ठ, एमाले म्याग्दीका उपसचिव एवं जन संगठन समन्वय संयन्त्रका संयोजक थमसरा पुन लगायतको उपस्थिति रहेको थियो ।

Related News

मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
  • २०८० पुष २०, शुक्रबार १२:०६

‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार...

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०८० पुष २०, शुक्रबार १२:०६

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०८० पुष २०, शुक्रबार १२:०६

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

TOP