२०८३ असार २६
July 10, 2026, Friday

कांग्रेस म्याग्दीका संस्थापक सभापति बोगटीको २८ औं स्मृति दिवस मनाइयो

नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २८ औं स्मृति दिवसको अवसरमा बेनपा–१ रत्नेचौरमा विविध कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेस रत्नेचौर वडा कार्य समितिको आयोजनामा संस्थापक सभापति शिक्षाप्रेमी, समाजसेवी स्वर्गीय बोगटीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा पार्टीका जिल्ला कार्य समितिका उपसभापति एवम् “समुदायमा कांग्रेस अभियान“ का बेनी नगर संयोजक केबि. भण्डारीले कांग्रेसको जग बसाउन स्वर्गिय बोगटीले खेलेको भूमिकालाई आत्मसाथ गरी पार्टीलाई थप उचाईमा पुर्याउने बताउनुभयो ।

उहाँले नेपाली कांग्रेसले समुदायस्तरमै रहेर रचनात्मक कार्य गर्ने गरी सुरु गरेको अभियानमा जोडिन समेत अपिल गर्नुभयो । कार्यक्रममा पूर्व सहसभापति नेत्रबहादुर महत, सदस्य अजयमिलन श्रेष्ठ, नगर सहसचिव सानीमाया कार्की, नेकपा माओवादीका स्थानीय इञ्चार्ज सुरथ बोगटी लगायतले “रत्नेचौरका रत्न“ स्वर्गीय बोगटीको शैक्षिक, सामाजिक र राजनीतिक भूमिका र योगदानबारे चर्चा गरेका थिए ।

उक्त कार्यक्रममा स्वर्गीय ओमबहादुर बोगटीको स्मृतिमा स्थापित ’ओन्बो मेमोरियल ट्रष्ट’द्वारा भानु मा वि बाट गत वर्ष एसईई परीक्षामा उत्कृष्ट अङ्कसहित उत्तीर्ण छात्रा निलम थापालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो। कार्यक्रममा नेपाल जनजाति महासंघ, बेनी नगर कार्य समितिका संयोजक दिलिप गौचनको उपस्थितीमा सुन्दर थापाको अध्यक्षतामा स्थानीय वडा कार्य समिति गठन समेत गरिएको थियो।वडा कार्य समितिका सभापति कमल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कार्य समितिका सदस्य लालबहादुर थापा ’माइकल’ले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यकमको सञ्चालन कांग्रेस महाधिवेशन प्रतिनिधि एवम् नेपाल तरुण दलका केन्द्रीय सदस्य विक्रम बोगटीले गर्नुभएको थियो।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP