२०८३ असार २६
July 10, 2026, Friday

हिस्तान र राम्चेमा ‘समुदायमा कांग्रेस’ अभियान

नेपाली काँग्रेस म्याग्दीले ‘समुदायमा कांग्रेस’ अभियान सुरू गरेको छ। जिल्लाका ६ वटै स्थानीय तहका प्रत्येक गाउँ वडा र टोलसम्म पुग्ने गरी सुरू भएको अभियान अन्तरगत शुक्रबार अन्नपूर्ण गाउँपालिकाको वडा नं ७ हिस्तान र वडा नं ८ राम्चेमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गदैं प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले चुनावी प्रतिबद्धतालाई पूरा गर्ने गरी समुदायको आवश्यकता अनुसारका योजनामा बजेट ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

‘पूर्वाधारको क्षेत्रमा बजेट केन्द्रित गछौं, तीनै तहसँग समन्वय गरी मैले बजेट भित्राउने छु’सांसद गर्बुजाले भन्नुभयो । बेनी–जोमसोम सडकखण्ड हुदै हिस्तान–राम्चे जोड्ने सडकको स्तरोन्नती, बैसरी–औल जोड्ने मोटरेबल पुल, समुदायस्तरमा आवश्यक पर्ने योजनाहरूलाई समेत आगामी बजेटबाट सम्बोधन गर्ने सांसद गर्बुजाको भनाई छ ।
सांसद गर्बुजाले अभियान अन्तरगत हरेक गाउँ र टोलसम्म पुगेर समुदायको गुनासो, स्थानीयस्तरका नेताकार्यकर्तासँग छलफल गरी आवश्यकतार समाधानको बाटो खोज्ने बताउनुभयो ।

सोही अवसरमा ‘समुदायमा कांग्रेस’ अभियानका अन्नपूर्ण गाउँपालिका संयोजक एवम् जिल्ला कोषाध्यक्ष अमृतमान शेरचनले अन्नपूर्ण गाउँपालिकाका ८ वटै वडामा अभियान सम्पन्न गरी हरेक वडाका समस्यालाई बजेटमार्फत सम्बोधन गर्ने गरी संघीय र प्रदेश सरकार मातहतमा पार्टीका टोली सहित पुगेर बजेट माग गरिने बताउनुभयो ।

उहाँले कांग्रेसलाई म्याग्दीमा बलियो बनाउन आन्तरिक निर्वाचनको रिस, कुण्ठाहरू त्यागेर सामुहिक रुपमै अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै नेपाली कांग्रेस अन्नपूर्ण गाउँकार्यसमिति सभापति कृष्णप्रसाद बरुवालले सांगठनिक सुदृढिकरण सहित जनताका गुनासो सुन्न अभियानले पार्टीलाई समेत बलियो बनाउने बताउनुभयो ।

कार्यक्रममा अन्नपूर्ण गाउँकार्यसमितिकी उपसभापति केशमायाँ मगर, जिल्ला कार्यसमिति सदस्य ललिता तिलिजा, बालकुमार लामिछाने लगायतले मन्तब्य राख्नुभएको थियो । नेपाली कांग्रेस म्याग्दीले गत पुस महिनामा सम्पन्न भएको कांग्रेस म्याग्दीको प्रथम जिल्ला सम्मेलनबाट क्षेत्र, पालिका, वडामात्र नभई टोलसम्म पुग्ने गरी विभिन्न चरणमा कार्यक्रम तय गरिएको थियो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP