२०८१ माघ ४
January 17, 2025, Friday

मतदाता भेटघाटका लागि राष्ट्रिय सभा सदस्यका उम्मेदवार बेनीमा

सत्तारुढ गठबन्धनबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार मतदाता भेटघाटका लागि शनिबार म्याग्दी आएका छन् । मतदाता भेटघाटका लागि गण्डकी प्रदेशका ११ जिल्लाको यात्रामा निस्किएका उम्मेदवारले संविधानको रक्षाका लागि गठबन्धनको निरन्तरता आवश्यक रहेको बताएका थिए । नेपाली कांग्रेस म्याग्दीको पार्टी कार्यालयमा आयोजित चुनावी भेटघाट र अन्तर्क्रिरयाको अवसरमा गठबन्धनका साझा उम्मेदवारलाई विजय बनाएर राष्ट्रिय सभाबाट राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि खट्नुपर्ने बताइएको थियो ।

Advertisement

गठबन्धनका तर्फबाट गण्डकीमा अन्यतर्फ किरणबाबु श्रेष्ठ (गोर्खा), महिलातर्फ मनरुपा शर्मा सुवेदी (पर्वत) र अल्पसंख्यक तथा अपाङ्गतातर्फ पदमबहादुर परियार (तनहुँ) ले गठबन्धन विजयका लागि मात्रै नभई प्राप्त उपलब्धीको रक्षाका लागि भएको बताएका थिए । आफ्ना उम्मेदवारहरूलाई जिताउन गठबन्धनले मतदाताहरूसँग भेटघाट कार्यक्रम तय गरेको नेपाली काँग्रेसले जनाएको छ।

गठबन्धनका अन्य तर्फका उम्मेदवार किरणबाबु श्रेष्ठ, महिलातर्फकी उम्मेदवार मनरुपा शर्मा सुवेदीm अपाङ्गता तथा अल्पसंख्यकतर्फका उम्मेदवार पदमबहादुर परियारले गठबन्धनको साझा प्रतिबद्धता पूरा गर्ने बताएका थिए । मतदाता भेटघाट कार्यक्रममा प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजा, प्रदेशसभा सदस्य एवम् भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री रेशम जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारी, बिमला गौचन, म्याग्दीका स्थानीय तहमा गठबन्धनबाट विजय भएका उम्मेदवार, पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

गण्डकीमा ६० जना प्रदेश सभा सदस्य, ८५ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता छन्। गण्डकीमा गठबन्धनको भारी बहुमत पुग्छ । गण्डकीमा कुल ६ हजार ४ सय १० मतभार रहेकोमा सत्ता गठबन्धनसँग ३ हजार ८ सय २७ मतभार छ भने एमालेसँग २ हजार ४ सय ३९ र राप्रपासँग १०६ मतभार छ। गण्डकीमा ६० प्रदेश सभा सदस्य, १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका छन्। प्रदेश सभा सदस्यको मतभार ५३ रहेकाले गण्डकीमा ३ हजार १ सय ८०, स्थानीय तहको प्रमुख र उपप्रमुखको समान १९÷१९ मतभार रहेकाले ३ हजार २ सय ३० मतभार छ।

काँग्रेसको २ हजार ७ सय ४, नेकपा माओवादी केन्द्रको ९ सय ९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको ५७ मतभार भएकाले सबै जोड्दा सत्ता गठबन्धनसँग पुग्छ। जुन जित्नका लागि आवश्यक मतभार भन्दा धेरै हो। नेकपा एमालेको २ मतभार छ। राप्रपाको भने दुई जना प्रदेश सभा सदस्य मात्र भएकाले केवल १ सय ६ मतभार छ।

Related News

पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
  • २०८० माघ ६, शनिबार १३:२९

म्याग्दीकोे लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगितामा धवलागिरी गाउँपालिका(३, मुना पुख्यौली समूह बिजेता बनेको छ । सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी...

अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
  • २०८० माघ ६, शनिबार १३:२९

धौलागिरि अधिकृत बिक्रेता संघले बागलुङको जैमिनी नगरपालिका–१ मा रहेको सरस्वति आधारभूत विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ ।...

म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
  • २०८० माघ ६, शनिबार १३:२९

‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नारासहित म्याग्दीमा मङ्गलवार १०औं राष्ट्रिय योग दिवस–२०८१ मनाइएको छ...

TOP