२०८३ श्रावण ९
July 25, 2026, Saturday

मतदाता भेटघाटका लागि राष्ट्रिय सभा सदस्यका उम्मेदवार बेनीमा

सत्तारुढ गठबन्धनबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार मतदाता भेटघाटका लागि शनिबार म्याग्दी आएका छन् । मतदाता भेटघाटका लागि गण्डकी प्रदेशका ११ जिल्लाको यात्रामा निस्किएका उम्मेदवारले संविधानको रक्षाका लागि गठबन्धनको निरन्तरता आवश्यक रहेको बताएका थिए । नेपाली कांग्रेस म्याग्दीको पार्टी कार्यालयमा आयोजित चुनावी भेटघाट र अन्तर्क्रिरयाको अवसरमा गठबन्धनका साझा उम्मेदवारलाई विजय बनाएर राष्ट्रिय सभाबाट राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि खट्नुपर्ने बताइएको थियो ।

Advertisement

गठबन्धनका तर्फबाट गण्डकीमा अन्यतर्फ किरणबाबु श्रेष्ठ (गोर्खा), महिलातर्फ मनरुपा शर्मा सुवेदी (पर्वत) र अल्पसंख्यक तथा अपाङ्गतातर्फ पदमबहादुर परियार (तनहुँ) ले गठबन्धन विजयका लागि मात्रै नभई प्राप्त उपलब्धीको रक्षाका लागि भएको बताएका थिए । आफ्ना उम्मेदवारहरूलाई जिताउन गठबन्धनले मतदाताहरूसँग भेटघाट कार्यक्रम तय गरेको नेपाली काँग्रेसले जनाएको छ।

गठबन्धनका अन्य तर्फका उम्मेदवार किरणबाबु श्रेष्ठ, महिलातर्फकी उम्मेदवार मनरुपा शर्मा सुवेदीm अपाङ्गता तथा अल्पसंख्यकतर्फका उम्मेदवार पदमबहादुर परियारले गठबन्धनको साझा प्रतिबद्धता पूरा गर्ने बताएका थिए । मतदाता भेटघाट कार्यक्रममा प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजा, प्रदेशसभा सदस्य एवम् भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री रेशम जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारी, बिमला गौचन, म्याग्दीका स्थानीय तहमा गठबन्धनबाट विजय भएका उम्मेदवार, पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

गण्डकीमा ६० जना प्रदेश सभा सदस्य, ८५ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता छन्। गण्डकीमा गठबन्धनको भारी बहुमत पुग्छ । गण्डकीमा कुल ६ हजार ४ सय १० मतभार रहेकोमा सत्ता गठबन्धनसँग ३ हजार ८ सय २७ मतभार छ भने एमालेसँग २ हजार ४ सय ३९ र राप्रपासँग १०६ मतभार छ। गण्डकीमा ६० प्रदेश सभा सदस्य, १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका छन्। प्रदेश सभा सदस्यको मतभार ५३ रहेकाले गण्डकीमा ३ हजार १ सय ८०, स्थानीय तहको प्रमुख र उपप्रमुखको समान १९÷१९ मतभार रहेकाले ३ हजार २ सय ३० मतभार छ।

काँग्रेसको २ हजार ७ सय ४, नेकपा माओवादी केन्द्रको ९ सय ९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको ५७ मतभार भएकाले सबै जोड्दा सत्ता गठबन्धनसँग पुग्छ। जुन जित्नका लागि आवश्यक मतभार भन्दा धेरै हो। नेकपा एमालेको २ मतभार छ। राप्रपाको भने दुई जना प्रदेश सभा सदस्य मात्र भएकाले केवल १ सय ६ मतभार छ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP