२०८३ भाद्र २
August 18, 2026, Tuesday

भारतमा शिला लगेको कालिगण्डकीमा सवा लाख दियो बालियो

हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका –६ स्थित कालिगण्डकी नदीमा भब्य समारोहक बिच सवालाख दियो बालिएको छ । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा आज राम मन्दिरको उद्घाटन हुने भएकाले बेनी नगरपालिका, गलेश्वर क्षेत्र विकास कोष लगायतका संघसंस्थाको उपस्थितीमा गलेश्वरधाम मन्दिर र कालिगण्डकी नदीमा पूजाआजा सहित कार्यक्रम गरिएको हो ।

Advertisement

बेनी र गलेश्वरबाट भक्तजनहरु शोभायात्रा, बाजागाजा र भजनकिर्तन गर्दै शिला उत्खनन् स्थल श्रीराम घाट पुगेका थिए । देवशिलाको उद्गम स्थललाई धार्मिक पर्यटकीय गन्तब्य बनाउन लागिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो दुईवटा शिला उत्खनन् गरिएका स्थानलाई श्री रामघाट समेत नामाकरण गरिएको उहाँले बताउनुभयो ।

देवशिला अयोध्याय पु¥याउने क्रममा कुनै असर परेको भएमा त्यसको पाप नलागोस भनेर क्षमापुजा सहित लाखबत्ती बालिएको गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । राममन्दिरमा हिन्दु धर्मावलम्बीहरुका भगवान रामको बाल्यकालको मुर्ति बनाउनका लागि गत वर्ष म्याग्दीको बेनी नगरपालिका–६ सेतिपहिरा स्थित कालिगण्डकी किनारबाट दुई वटा शिला लगिएको थियो ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिक टन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुईवटा शिला उपहार दिइएको हो । ‘नेपालबाट लगिएको देवशिला रामको अवतार भएकाले फुटाउन नहुने धार्मिक गुरुहरुको तर्कपछि अयोध्यायको मन्दिर परिसरमा पुजाआजाका लागि संरक्षण गरेर राखिएको छ,’ नगर प्रमुख केसीले भन्नुभयो, ‘रामको जन्मभूमी अयोध्या लगिएका शिलाको उद्गम स्थललाई संरक्षण र व्यवस्थापनसँगै प्रर्वद्धन गर्न थालेका हौ ।’

देवशिला उत्खनन गरिएको ठाउँमा कालीगण्डकी नदीमा स्नान स्थल र स्तम्भ बनाउन लागिएको नगर प्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार कालीगण्डकी नदीमा बसाह आकारको ढुङ्गालाई पनि संरक्षण गर्ने योजना सहित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर स्रोतको खोजी थालिएको छ । कार्यक्रममा जगत गुरु श्री हिमालयन बाबा सहित जिल्लाका सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, धार्मिक क्षेत्रका जानकारहरुको समेत उपस्थिती रहेको थियो ।

देवशिला उत्खनन् भएको गलेश्वर क्षेत्रलाई हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धार मानिन्छ । मुस्ताङको कागबेनीमा पितृ तर्पण गर्न जाने भक्तजन र तिर्थयात्रीलाई बेनीको कालीगण्डकीमा स्नान गर्ने व्यवस्था मिलाउन लागिएको हो । विश्वमै दुर्लभ र कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम शिलालाई हिन्दु धर्मावलम्बीहरुले भगवान विष्णुको अवतार मान्ने गर्दछन् ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP