Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

हिस्तानका ५५ वर्षीय पुनलाई ‘क’ वर्गको अपाङ्गता परिचयपत्र

मतिसिरि पुन उमेरले ५५ वर्षकी हुनुभयो । अन्नपुर्ण गाउँपालिका-७ हिस्तानमा बस्दै आउनुभएकी पुनले आफ्नो स्याहारसुसार आफैं गर्न सक्नुहुन्न । 

Advertisement

५५ वर्षकाे उमेरमा मतिसिरिले ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त गर्नुभएकाे छ । अन्नपूर्ण गाउँपालिकाले बेनी अस्पतालका डाक्टरसहितको टोली गाउँमै लगेर उहाँलाई बिस्तरामै परिचयपत्र प्रदान गरेको हो । २०२५ साल असार १५ गते जन्मेकी मेरी सालीलाई वडा अध्यक्ष मइलन पूर्जाको आग्रह बमोजिम गाउँपालिकाको टोली र डाक्रले आएर घरमै परिचयपत्र दिँदा निकै खुशी लागेको छ, मतिसिरिका भिनाजु खकबिर पुर्जाले भन्नुभयो । उहाँले भन्नुभयो, “मैले पहिलेदेखि भन्दै आएको थिएँ, वडाध्यक्षले पनि पालिकामा भनेको छु भन्नुभएको थियो अहिले भने घरमै टोली ल्याएर परिचयपत्र हातमा दिनुभयो, म निकै खुशी छु ।”

Advertisement

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आफ्ना नागरिकको सहजताको लागि घरघरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाले घुम्ती शिविरमार्फत् अपाङ्गहरुलाई घरैसम्म पुगेर पनि परिचयपत्र वितरण गरेको हो । अपाङ्गता भएका नागरिकहरु गाउँमा रहेको भएपनि उनीहरु परिचयपत्र लिन जान नसक्ने अवस्थाले गर्दा सेवाबाट समेत वञ्चित भएकोले नागरिकको सुविधाका लागि घरमै पुगेर परिचपयत्र हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाले शिविरमार्फत ५० जनालाई अपाङ्गता परिचय पत्र वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । अपाङ्गता भएकाहरू परिचयपत्र लिनबाट वञ्चित भएको अवस्थामा वडास्तरमै पुगेर सेवा दिने र अशक्तहरुलाई उनीहरुको घरमै पुगेर पनि परिचयपत्र हस्तान्तरण गर्ने कार्य गरिएको उहाँको भनाइ छ ।

गाउँपालिकाले वडामा पायक पर्ने स्थानबाट वितरण गर्ने भन्ने लक्ष्य भए पनि वडासम्म पुग्दा शिविर तोकेको स्थानमा पनि आउन नसक्ने खालका अपाङ्गहरुलाई सम्बन्धितको घरमै पुगेर परिचयपत्र वितरण गरिएको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, शिविरमा महिला २३ र पुरुष २७ जनालाई परिचयपत्र वितरण गरिएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगर, हिस्तान र राम्चे गरी तीन ठाउँलाई केन्द्र मानेर शिविर शुरु गरिएको थियो । 

शिविरबाट पूर्ण अशक्त अपाङ्गता (क) भएका १२ जनालाई, अति अशक्त अपाङ्गता (ख)को २६ जना र मध्यम अपाङ्गता (ग) १० र साधारण अपाङ्गता (घ) १ जना गरी ५० जनालाई परिचयपत्र दिइएको उपाध्यक्ष पुनले जानकारी दिनुभयो । हामीले कम उमेरका ७ वर्षको बालकदेखि ६८ वर्षका जेष्ठ नागरिकलाई घरमै पुगेर परिचयपत्र प्रदान गरिएको हो ।

परिचयपत्र नहुँदा राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताको सुविधा पाउन समस्या भएको कारणले पनि गाउँघरमै पुगेर परिचयपत्र वितरण गरिएको थियो । गाउँपालिकाले वडा नम्बर ६ पोखरेबगर र वडा नं ७ हिस्तान र ८ राम्चेमा पुगेर शिविरमार्फत परिचयपत्र वितरण भएको अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले जानकारी दिनुभयो ।

परिचयपत्र वितरण शिविरमा बेनी अस्पतालका डा.रोशन आचार्य, डा.करुणा कार्कीले अपाङ्गहरूको स्वास्थ्य परीक्षण गरी अपाङ्गताको वर्गीकरणको सिफारिस गर्नुभएको थियो ।  गाउँपालिकाभित्रका अपाङ्गता भएका व्यक्तिहरूको उचित तरिकाले पहिचान गरी सरकारबाट पाउने सेवा सुविधा व्यवस्थापनमा कुनै कमी हुन नदिने गरी गाउँपालिकाले घुम्ती शिविर चलाएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!