२०८३ असार २६
July 10, 2026, Friday

बेनीबजारमा ग्याङ फाइट, खुकुरी प्रहारबाट एकको मृत्यु

म्याग्दीको बेनी नगरपालिका–८ बेनीको क्याम्पसचोकमा अन्धाधुन्ध खुकुरी प्रहारबाट एक यूवाको मृत्यु भएको छ । बिहिबार साँँझ करिब साढे ६ बजेयुवाहरुको दुई समुह विच हानाहान हुँदा रघुगंगा गाउँपालिका–१ बेगका घर भई हाल बेनी नगरपालिका–८पिपलचोकबस्ने २२ बर्षिय शुशिल गर्वुजाको मृत्यु भएको हो ।

घटनामा मृतकका साथी बेनी नपा–६ अथुङ्गेका अनुराग शाहीको समेत हातमा चोट लागेको छ । सदरमुकाम बेनीमा जारी प्रथम म्याग्दी कप भलिबलको खेल हेरेर फर्किएको टोलीको कामना विकास बैंक नजिकै रहेको भित्री गल्लीमा जमकाभेट भएको थियो ।

युवाहरुबीच झगडामा एक्कासी खुकुरीले छातीमा प्रहार भएपछि शुशिल गर्बुजा गम्भीर घाईते भएका थिए । मृतक यूवा सहितको टोली सवार मोटरसाइकललाई अर्को टोलीले घेरेर प्रहार गरेको बताइएको छ । घटनामा संलग्न कसैलाई पनि पहिचान गर्न नसकेको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो ।

‘मृतकको पहिचान खुलेको छ, उक्त घटनाका प्रत्यक्षदर्शीहरुबाटै अनुसन्धान सुरु गरेका छौ’ प्रनाउ कुँवरले भन्नुभयो । प्रहरीले घटनामा संंलग्नहरूको खोजीकार्यलाई तिब्रता दिएको छ ।

बेनीबजारबाट ग्रामिण क्षेत्रमा जाने सडक र बाहिरी जिल्ला जाने नाकामा समेत ब्यापक चेकजाँच भइरहेको छ । संलग्नहरु २०–३० वर्ष उमेर समूहका रहेका अनुमान गरिएको छ । झगडामा संलग्न दुवै समुह बिच पूरानो रिसिबी भएको वा अन्य कारण बारेमा विस्तृत खुलिसकेको छैन ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP