२०८१ फाल्गुन ३
February 15, 2025, Saturday

बेनीमा भएको ग्याङ फाइटमा संलग्न ४ जनालाई पक्राउ

बिहिबार बेनीको न्यूरोड स्थित भित्री गल्लीमा खुकुरी प्रहार गरेर एक युवाको हत्यामा संलग्न भएका चारजनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

Advertisement

क्राउ पर्नेहरुमा धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदीका वर्ष २१ का अमृत पुर्जा,रघुगंगा गाउँपालिका वडा नम्बर ७ स्थायी ठेगाना भई हाल बेनी नगरपालिका ९ गलेश्वर बस्ने वर्ष १९ का उत्सव पुन, धवलागिरी गाउँपालिका ४ हाल न्यूरोडमा बस्ने वर्ष २१ को शंकर घर्तीमगर र मंगला गाउँपालिका वडा नम्बर २ घर भई हाल बेनी नगरपालिका ७ वस्ने वर्ष २३ को प्रविन जिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका चार जनालाई ज्यान सम्बन्धि मुद्धामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी बाँकी अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

युवाहरुको दुई समुह विच हानाहान हुँदा रघुगंगा गाउँपालिका–१ बेगका घर भई हाल बेनी नगरपालिका–८पिपलचोकबस्ने २१ बर्षीय सुशिल गर्वुजाको मृत्यु भएको थियो । खुकुरी प्रहारबाट गम्भिर घाइते भएका गर्बुजाको उपचारका लागि बेनी अस्पतालमा पु¥याएको एकैछिनमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Related News

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
  • २०८० माघ १२, शुक्रबार १०:४४

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
  • २०८० माघ १२, शुक्रबार १०:४४

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...

पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
  • २०८० माघ १२, शुक्रबार १०:४४

बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...

TOP