बिहिबार बेनीको न्यूरोड स्थित भित्री गल्लीमा खुकुरी प्रहार गरेर एक युवाको हत्यामा संलग्न भएका चारजनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
क्राउ पर्नेहरुमा धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदीका वर्ष २१ का अमृत पुर्जा,रघुगंगा गाउँपालिका वडा नम्बर ७ स्थायी ठेगाना भई हाल बेनी नगरपालिका ९ गलेश्वर बस्ने वर्ष १९ का उत्सव पुन, धवलागिरी गाउँपालिका ४ हाल न्यूरोडमा बस्ने वर्ष २१ को शंकर घर्तीमगर र मंगला गाउँपालिका वडा नम्बर २ घर भई हाल बेनी नगरपालिका ७ वस्ने वर्ष २३ को प्रविन जिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका चार जनालाई ज्यान सम्बन्धि मुद्धामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी बाँकी अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

युवाहरुको दुई समुह विच हानाहान हुँदा रघुगंगा गाउँपालिका–१ बेगका घर भई हाल बेनी नगरपालिका–८पिपलचोकबस्ने २१ बर्षीय सुशिल गर्वुजाको मृत्यु भएको थियो । खुकुरी प्रहारबाट गम्भिर घाइते भएका गर्बुजाको उपचारका लागि बेनी अस्पतालमा पु¥याएको एकैछिनमा चिकित्सकले मृत घोषणा गरेका थिए ।




