२०८३ भाद्र २
August 18, 2026, Tuesday

सत्ता गठबन्धनको सराकारले देशलाई आर्थिक संकटमा पारे ः एमाले महासचिव पोख्रेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनकाे सरकारले देशलाई आर्थिक संकटमा पारेको बताउनुभएको छ । नेकपा (एमाले) म्याग्दीको दशौं जिल्ला अधिवेशनको शुक्रबार सदरमुकाम बेनीमा उद्घाटन गदैं महासचिव पोख्रेलले वर्तमान सरकारले भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक गरेको आरोप लगाउनुभयो ।

Advertisement

उहाँले सुन तस्करसँगको उठबसका कारण आर्थिक संकट देखिएको र अहिले देशमा लगानीको वातावरण नबन्दा विदेश पलायनको दर उच्च रहेको बताउनुभयो । देश बर्बाद हुनबाट जोगाउन गठबन्धन सरकारलाई जनताले विस्थापित गर्नुपर्ने महासचिव पोख्रेलको भनाई छ ।

वर्तमान सरकार इतिहासकै कमजोर र राष्ट्रियतालाई ध्यान नदिई सत्ता जोगाउन विदेशीसामु लम्पसार परेको बताउनुभयो । ‘यो सरकार देशका लागि कुनै पनि हिसाबले हितकर छैन, अहिलेको सरकारकै कारण देश संकटमा परेको छ’ महासचिव पोख्रेलले भन्नुभयो ।

नाकाबन्दीको सामना,चीनसँग व्यापार, पारवहन सम्झौता गदै भारतसँग बषौंदेखि नसुल्झिएका समस्या सुल्झाउने कुरामा नेतृत्व गरेको अवस्थामा अहिलेको सरकारले भारतको अनुकुल हुने गतिविधिमा केन्द्रित भएको आरोप समेत लगाउनुभयो । ‘अहिलेको कमजोर अवस्था गठबन्धनको सरकारकै कारण उत्पन्न भएको हो,एमाले सत्ता बाहिर भएपनि अन्तर्राष्ट्रिय फोरमहरुमा जनताको पक्षमा,राष्ट्रिय हितको एजेण्डामा निरन्तर अडान लिइरहेको छ’ महासचिव पोख्रेलले भन्नुभयो ।

नेकपा एमालेको नेतृत्व गरेको सरकारले भारतीय नाकाबन्दीको सामाना गदैं स्वाधीनता, स्वाभिमान, राष्ट्रहितको पक्षमा एमाले खरो उत्रिएको स्मरण गदैं गठबन्धन सरकारले विदेशीसामु नेपालीको शीर झुकाउने काम गरेको बताउनुभयो ।
देशैभरीका स्थानीय तहमा निर्माणधिन अवस्थामा रहेका अस्पतालको शिलन्यास सहित बजेट विनियोजन गर्दा अहिलेको सरकारले बजेट घटाएर अलपत्र पारेको बताउनुभयो । उहाँले नेपालमा एमालेको सरकारको पालामा भएका काम र अहिले गठबन्धनको सरकारको कामबाटै जनता प्रष्ट भएको बताउनुभयो ।

जिल्ला अधिवेशनमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, सचिव पद्मा अर्याल लगायत केन्द्रिय नेता, गण्डकी प्रदेशका नेताको उपस्थिती रहेको छ । अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधिले भाग लिएका छन् ।

अधिवेशनमा भाग लिनका लागि जिल्लाका ४५ वटै वडाबाट आएका प्रतिनिधिसहित बेनीबजार परिक्रममा समेत गरिएको थियो । अधिवेशनको अध्यक्षता एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवाल, स्वागत उपाध्यक्ष बालकृष्ण सुबेदी र सञ्चालन सचिव सुरत केसीले गरेका छन् । बन्द सत्र आजदेखि नै सुरु हुनेछ ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP