Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक ११
October 27, 2026, Tuesday

गलेश्वर बजार अब सिसिटिभी क्यामेराको निगरानीमा

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजार अब सिसिटिभी क्यामराको निगरानीमा रहने भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोष र पुलत्स्य पुलह अन्न क्षेत्रको लगानीमा बजारको मुख्य ६ ठाउँमा क्यामरो जडान गरिएको छ । रु दुई लाख ५१ ह्जार लगानीमा बजार प्रवेशद्धारदेखि राहुघाट पुल सम्मको क्षेत्रलाई अब क्यमराबाट निगरानी राखिने छ ।

Advertisement

उक्त जडान गरिएको क्यामराको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले प्रविधिको प्रयोगले अपराध न्युनीकरण र अनुसन्धानमा सहयोग हुने बताउनुभयो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँका अनुसार क्यामराको गलेश्वर प्रहरी चौकीबाट निगरानी गर्ने व्यवस्था मिलाएको छ ।

Advertisement

कोष र अन्नक्षेत्रले आधा आधा खर्च ब्यहोर्ने गरि क्यमरा जडान गरिएको अन्नक्षेत्रका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मन्दिरमा भक्तजनले चढाएको भेटि परिचालन गरेर बजारको सुरक्षाका लागि सिसिटिभी राखिएको बताउनुभयो ।

सिसिटिभी र सडक बत्तीले स्थानीयबासी, म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई सुरक्षित र सहज बनाएको बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो । कोषले गत वर्ष रु. दुई लाख ३० हजार ७५० खर्च गरेर गलेश्वर बजारमा ५५ वटा सडक बत्ती जडान गरेको थियो । सडक बत्ती जडान गरेपछि बजारको सुरक्षाका लागि सिसिटिभि जडान गरिएको गलेश्वर क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।

सिसिटिभी मर्मत र सडक वक्तिको विद्युत महशुल पनि मन्दिरको आम्दानीबाट व्यवस्थापन गर्ने सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो ।

Related News

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

म्याग्दी जिल्ला हुलाक कार्यालय ‘नमुना हुलाक’ रुपमा सम्मानित
म्याग्दी जिल्ला हुलाक कार्यालय ‘नमुना हुलाक’ रुपमा सम्मानित
  • २०८३ आश्विन २८, बुधबार ०६:४८

उत्कृष्ट कार्यसम्पादन, प्रभावकारी सेवा प्रवाह तथा नवीन कार्यका लागि म्याग्दी जिल्ला हुलाक कार्यालय ‘नमुना हुलाक कार्यालय’का रूपमा घोषित भएको छ...

TOP