म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजार अब सिसिटिभी क्यामराको निगरानीमा रहने भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोष र पुलत्स्य पुलह अन्न क्षेत्रको लगानीमा बजारको मुख्य ६ ठाउँमा क्यामरो जडान गरिएको छ । रु दुई लाख ५१ ह्जार लगानीमा बजार प्रवेशद्धारदेखि राहुघाट पुल सम्मको क्षेत्रलाई अब क्यमराबाट निगरानी राखिने छ ।
उक्त जडान गरिएको क्यामराको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले प्रविधिको प्रयोगले अपराध न्युनीकरण र अनुसन्धानमा सहयोग हुने बताउनुभयो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँका अनुसार क्यामराको गलेश्वर प्रहरी चौकीबाट निगरानी गर्ने व्यवस्था मिलाएको छ ।
कोष र अन्नक्षेत्रले आधा आधा खर्च ब्यहोर्ने गरि क्यमरा जडान गरिएको अन्नक्षेत्रका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मन्दिरमा भक्तजनले चढाएको भेटि परिचालन गरेर बजारको सुरक्षाका लागि सिसिटिभी राखिएको बताउनुभयो ।

सिसिटिभी र सडक बत्तीले स्थानीयबासी, म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई सुरक्षित र सहज बनाएको बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो । कोषले गत वर्ष रु. दुई लाख ३० हजार ७५० खर्च गरेर गलेश्वर बजारमा ५५ वटा सडक बत्ती जडान गरेको थियो । सडक बत्ती जडान गरेपछि बजारको सुरक्षाका लागि सिसिटिभि जडान गरिएको गलेश्वर क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।
सिसिटिभी मर्मत र सडक वक्तिको विद्युत महशुल पनि मन्दिरको आम्दानीबाट व्यवस्थापन गर्ने सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो ।
म्याग्दीमा जंगली घाँस खादा पखलाका कारण ४८ वटा भेडाबाख्रा मरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको चौर गाउँमा पखलाका कारण...
पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्ड अन्तर्गतको बेनी नगरपालिका–४ तातोपानीको फापरखेत पहिरोबाट ट्रक म्याग्दी नदीमा खस्दाचालक घाईते भएका छन् ।...
राष्ट्रिय प्रजातन्त्र पाटी म्याग्दीको आठौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा बिरबहादुर थापा निर्विरोध चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनीबजारमा सम्पन्न...