२०८१ चैत्र ४
March 17, 2025, Monday

‘प्रथम म्याग्दी भलिबल कप’को उपाधि प्रकाश र शिख मावि र डनिङलाई

म्याग्दीको बेनीको खुल्ला मञ्चमा भएको प्रथम भलिबल कप २०८० को उपाधि प्रकाश मावि, शिख मावि र डनिङ स्कुलले हात पारेका छन् । शनिबार भएको फाईनल खेलमा विद्यार्थीहरुको छात्र तर्फको खेलमा बेनी नगरपालिका, ७ बेनी स्थित प्रकाश माविले मालिका गाउँपालिका, ७ स्थित किसानी मावि विमलाई २८–२६, २५–२१, २५–२१ र २५–१८ सेटमा पराजित गरी छात्र तर्फ प्रथम भएको प्रकाश माविले नगद रु ५० हजार नगदसहि कप हात पारेको छ भने दोस्रो बनेको किसानी माविले २५ हजार ट्रफी हात पारेको छ ।

Advertisement

त्यसैगरी शनिवार नै सम्पन्न छात्रा तर्फको फाईनल खेलमा सदरमुकाम बेनीको प्रकाश माविलाई पराजित गरी अन्नपूर्ण गापा, ५ स्थित शिख माविले नगद २५ हजारसहित ट्रफि जितेको छ । भने दोस्रो बनेको प्रकाश माविले १० हजारसहित ट्रफिमा चित्त बुझाएको छ ।

जिल्लामा पहिलो आयोजना भएको शिक्षक÷शिक्षिकाहरु विचको भलिवल प्रतियोगितामा पनि शिक्षक तर्फ मंगला गापा, २ बाबियाचौर स्थित डनिङ आवसिय माविले नगद २० हजारसहित ट्रफि पहिलो बनेको छ । शिक्षक तर्फ बेनी नपा,९ तोरिपानी स्थित गलेश्वर मावि दोस्रो बन्दै नगद १० हजारमा चित्त बुझाएको छ ।

त्यस्तै शिक्षिका तर्फ बेनी नपा, ७ बेनी स्थित माउण्ट एभरेष्ट आवसीय माविलाई पराजित गर्दै अन्नपूर्ण गापा, ५ शिख स्थित शिख माविका शिक्षिकाहरुले नगद २० हजार सहित उपाधी रक्षा गरेका छन । दोस्रो बनेका माउण्ट एभरेष्ट आवसीय माविका शिक्षिकाहरुले नगद १० हजारसहित ट्रफि पाएका छन ।

त्यस्तै जिल्ला भलिबल संघ र जिल्ला प्रहरी कार्यालय म्याग्दी बिच भएको मैत्रिपुर्ण खेलमा सोजो सेटमा संघलाई पराजित गर्दै जिल्ला प्रहरीका खेलाडीले नगद १० हजार रुपैयाँ हात पारे । प्रतियोगितामा छात्र तर्फ १५ टिम, छात्रा तर्फ १२ टिम सहभागी भएको जिल्ला भलिवल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो । त्यस्तै शिक्षकहरुको २० टिम र शिक्षिकाहरुको १० टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा विजय खेलाडीलाई पुरस्कार वितरण गर्दै गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले खेलकुदको विकासका सबै एकजुट हुनुपर्ने बताए । त्यस्तै विमला गौचनले पछिल्लो समयमा खेलकुद क्षेत्रमा महिला खेलाडीको सहभागी कम हुदै गएको भन्दै महिला खेलाडी उत्पादनमा पनि ध्यानदिनुपर्ने बताईन ।

Related News

बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
  • २०८० माघ १३, शनिबार १२:२१

म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल पर्व अर्थात् यस वर्षको ९फागु पूर्णिमा० मनाउन सुरु भएको छ । थकाली...

बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
  • २०८० माघ १३, शनिबार १२:२१

अमित विश्वकर्माम्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा...

केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
  • २०८० माघ १३, शनिबार १२:२१

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्कमा संचालनमा रहेको केबि एकेडेमीका विद्यार्थीले विभिन्न परिकारका सहित प्रथम केबि ए फुट मेला संचालन गरेका छन्...

TOP