म्याग्दीको बेनीको खुल्ला मञ्चमा भएको प्रथम भलिबल कप २०८० को उपाधि प्रकाश मावि, शिख मावि र डनिङ स्कुलले हात पारेका छन् । शनिबार भएको फाईनल खेलमा विद्यार्थीहरुको छात्र तर्फको खेलमा बेनी नगरपालिका, ७ बेनी स्थित प्रकाश माविले मालिका गाउँपालिका, ७ स्थित किसानी मावि विमलाई २८–२६, २५–२१, २५–२१ र २५–१८ सेटमा पराजित गरी छात्र तर्फ प्रथम भएको प्रकाश माविले नगद रु ५० हजार नगदसहि कप हात पारेको छ भने दोस्रो बनेको किसानी माविले २५ हजार ट्रफी हात पारेको छ ।
त्यसैगरी शनिवार नै सम्पन्न छात्रा तर्फको फाईनल खेलमा सदरमुकाम बेनीको प्रकाश माविलाई पराजित गरी अन्नपूर्ण गापा, ५ स्थित शिख माविले नगद २५ हजारसहित ट्रफि जितेको छ । भने दोस्रो बनेको प्रकाश माविले १० हजारसहित ट्रफिमा चित्त बुझाएको छ ।

जिल्लामा पहिलो आयोजना भएको शिक्षक÷शिक्षिकाहरु विचको भलिवल प्रतियोगितामा पनि शिक्षक तर्फ मंगला गापा, २ बाबियाचौर स्थित डनिङ आवसिय माविले नगद २० हजारसहित ट्रफि पहिलो बनेको छ । शिक्षक तर्फ बेनी नपा,९ तोरिपानी स्थित गलेश्वर मावि दोस्रो बन्दै नगद १० हजारमा चित्त बुझाएको छ ।
त्यस्तै शिक्षिका तर्फ बेनी नपा, ७ बेनी स्थित माउण्ट एभरेष्ट आवसीय माविलाई पराजित गर्दै अन्नपूर्ण गापा, ५ शिख स्थित शिख माविका शिक्षिकाहरुले नगद २० हजार सहित उपाधी रक्षा गरेका छन । दोस्रो बनेका माउण्ट एभरेष्ट आवसीय माविका शिक्षिकाहरुले नगद १० हजारसहित ट्रफि पाएका छन ।

त्यस्तै जिल्ला भलिबल संघ र जिल्ला प्रहरी कार्यालय म्याग्दी बिच भएको मैत्रिपुर्ण खेलमा सोजो सेटमा संघलाई पराजित गर्दै जिल्ला प्रहरीका खेलाडीले नगद १० हजार रुपैयाँ हात पारे । प्रतियोगितामा छात्र तर्फ १५ टिम, छात्रा तर्फ १२ टिम सहभागी भएको जिल्ला भलिवल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो । त्यस्तै शिक्षकहरुको २० टिम र शिक्षिकाहरुको १० टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा विजय खेलाडीलाई पुरस्कार वितरण गर्दै गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले खेलकुदको विकासका सबै एकजुट हुनुपर्ने बताए । त्यस्तै विमला गौचनले पछिल्लो समयमा खेलकुद क्षेत्रमा महिला खेलाडीको सहभागी कम हुदै गएको भन्दै महिला खेलाडी उत्पादनमा पनि ध्यानदिनुपर्ने बताईन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा मङ्गलवार अन्नपूर्ण गाउँपालिकामा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सुरु भएको...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी)ले मतदाता प्रत्यक्ष...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी) सोमबार अन्नपूर्ण...