२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

उद्योग वाणिज्य संघ अन्नपूर्णको नयाँ नेतृत्व, अध्यक्षमा सुनिता

उद्योग बाणिज्य संघ म्याग्दीको अन्नपूर्णको बजार ईकाइ समितिकोे नयाँ नेतृत्व चयन भएको छ । समितिको अध्यक्षमा सुनिता बरुवाल गिरी चयन हुुनुभएको छ । पोखरेबगरमा सम्पन्न भएको तेस्रो अधिवेशनबाट समितिको निवर्तमान अध्यक्षमा दशरथ कर्माचार्य, उपाध्यक्षमा अमृतमान शेरचन, सचिवमा केशर हिराचन र कोषाध्यक्षमा टिकाराम थापा चयन हुनुभएको छ ।
सदस्यहरुमा बुद्धि पुन, समया गर्वुजा, अशोक घर्तिमगर, ओमकुमारी पूर्जा, दुर्गा पूर्जा, सुशिला गौचन, वेग बहादुर तामाङ, विक्कल नेपाली, संगिता बरुवाल, विनाकुमारी ज्वारचन र पूर्ण पाईजा रहनुभएको छ ।

Advertisement

अधिवेशनको उदघाटन गर्दै म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले संस्थामा आबद्ध उद्योगी व्यवसायी हकहितको साथै समग्र अन्नपूर्ण गाँउपालिकाको समृद्धिका लागि सामाजिक कार्यहरुमा पनि सबै संघसंस्था र स्थानीय सरकार अन्नपूर्ण गाउपालिकासंग सहकार्य गरी बजार ईकाई अगाडी बढ्नु पर्ने बताउनु भयो । उद्योगी व्यवसायीहरुले व्यवसाय गर्दा स्थानीय सरकार र नेपाल सरकारको संम्बन्धित निकायहरुबाट अनुमति लिई व्यवसायीक मर्यादा पालना गरी व्यापार व्यवसाय गर्नु पर्ने बताउनु भयो ।

Advertisement

म्याग्दी–मुस्ताड सडक अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका जिल्लाको सबैभन्दा धेरै पर्यटकको रोजाईमा पर्नुका साथै विश्वकै चर्चित ट्रेकिड. रुट र पर्यटकीय स्थलहरु रहेको पालिका हो।व्यापार व्यवसायको साथै स्थानीय उत्पादनलाई बढावा दिन पर्यटक आगमन बृद्धि गर्दै पर्यटकहरुको बसाई अवधि लम्बाउन निजी क्षेत्र र स्थानीय सरकार मिलेर सहकार्य गर्दै थप पर्यटकीय क्षेत्रहरुको पूर्वाधार निर्माणमा ध्यान दिनु पर्ने बताउनु भयो ।

साथै जलविद्युत क्षेत्रमा पनि धेरैनै संभावना रहेकोले यो क्षेत्रमा लगानी भित्राउन निजी क्षेत्रले पहल गर्ने बताउनुभयो । ईकाईका अध्यक्ष दशरथ कर्माचार्यको सभापतित्व, उपाध्यक्ष सुनिता बरुवालको स्वागत र सचिव अमृतमान शेरचनले संचालन गर्नु भएको कार्यक्रममा साधारण सदस्य एवम नेपाल कम्युनिस्ट पार्टी एमालेका जिल्ला उप–सचिव खड्क गिरीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । अन्नपूर्ण गाँउपालिकाका कार्यपालिका सदस्य विष्णुकुमारी गर्वुजा, म्याग्दी उद्योग वाणिज्य संघका सचिव सुमन श्रेष्ठ, सदस्य यज्ञराज थापा, ईकाईका सल्लाहकार आत्मा तुलाचनको उपस्थिति रहेको थियो ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८० माघ १८, बिहीबार १५:४१

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८० माघ १८, बिहीबार १५:४१

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८० माघ १८, बिहीबार १५:४१

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP