२०८२ माघ २३
February 5, 2026, Thursday

उद्योग वाणिज्य संघ अन्नपूर्णको नयाँ नेतृत्व, अध्यक्षमा सुनिता

उद्योग बाणिज्य संघ म्याग्दीको अन्नपूर्णको बजार ईकाइ समितिकोे नयाँ नेतृत्व चयन भएको छ । समितिको अध्यक्षमा सुनिता बरुवाल गिरी चयन हुुनुभएको छ । पोखरेबगरमा सम्पन्न भएको तेस्रो अधिवेशनबाट समितिको निवर्तमान अध्यक्षमा दशरथ कर्माचार्य, उपाध्यक्षमा अमृतमान शेरचन, सचिवमा केशर हिराचन र कोषाध्यक्षमा टिकाराम थापा चयन हुनुभएको छ ।
सदस्यहरुमा बुद्धि पुन, समया गर्वुजा, अशोक घर्तिमगर, ओमकुमारी पूर्जा, दुर्गा पूर्जा, सुशिला गौचन, वेग बहादुर तामाङ, विक्कल नेपाली, संगिता बरुवाल, विनाकुमारी ज्वारचन र पूर्ण पाईजा रहनुभएको छ ।

Advertisement

अधिवेशनको उदघाटन गर्दै म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले संस्थामा आबद्ध उद्योगी व्यवसायी हकहितको साथै समग्र अन्नपूर्ण गाँउपालिकाको समृद्धिका लागि सामाजिक कार्यहरुमा पनि सबै संघसंस्था र स्थानीय सरकार अन्नपूर्ण गाउपालिकासंग सहकार्य गरी बजार ईकाई अगाडी बढ्नु पर्ने बताउनु भयो । उद्योगी व्यवसायीहरुले व्यवसाय गर्दा स्थानीय सरकार र नेपाल सरकारको संम्बन्धित निकायहरुबाट अनुमति लिई व्यवसायीक मर्यादा पालना गरी व्यापार व्यवसाय गर्नु पर्ने बताउनु भयो ।

Advertisement

म्याग्दी–मुस्ताड सडक अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका जिल्लाको सबैभन्दा धेरै पर्यटकको रोजाईमा पर्नुका साथै विश्वकै चर्चित ट्रेकिड. रुट र पर्यटकीय स्थलहरु रहेको पालिका हो।व्यापार व्यवसायको साथै स्थानीय उत्पादनलाई बढावा दिन पर्यटक आगमन बृद्धि गर्दै पर्यटकहरुको बसाई अवधि लम्बाउन निजी क्षेत्र र स्थानीय सरकार मिलेर सहकार्य गर्दै थप पर्यटकीय क्षेत्रहरुको पूर्वाधार निर्माणमा ध्यान दिनु पर्ने बताउनु भयो ।

साथै जलविद्युत क्षेत्रमा पनि धेरैनै संभावना रहेकोले यो क्षेत्रमा लगानी भित्राउन निजी क्षेत्रले पहल गर्ने बताउनुभयो । ईकाईका अध्यक्ष दशरथ कर्माचार्यको सभापतित्व, उपाध्यक्ष सुनिता बरुवालको स्वागत र सचिव अमृतमान शेरचनले संचालन गर्नु भएको कार्यक्रममा साधारण सदस्य एवम नेपाल कम्युनिस्ट पार्टी एमालेका जिल्ला उप–सचिव खड्क गिरीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । अन्नपूर्ण गाँउपालिकाका कार्यपालिका सदस्य विष्णुकुमारी गर्वुजा, म्याग्दी उद्योग वाणिज्य संघका सचिव सुमन श्रेष्ठ, सदस्य यज्ञराज थापा, ईकाईका सल्लाहकार आत्मा तुलाचनको उपस्थिति रहेको थियो ।

Related News

बेनीबाट सिधै भारतको नयाँ दिल्लीसम्मको बस सेवा शुभारम्भ
बेनीबाट सिधै भारतको नयाँ दिल्लीसम्मको बस सेवा शुभारम्भ
  • २०८० माघ १८, बिहीबार १५:४१

म्याग्दीको सदरमुकाम बेनीबाट सिधै बस सेवामार्फत भारतको नयाँ दिल्ली सेवा एक कार्यक्रमका बिच सुभारम्भ भएको छ । बुधबार बेनी नगरपालिका–८,...

निर्वाचन नै यो सरकारको पहिलो जिम्मेबारी होः अर्थमन्त्री खनाल
निर्वाचन नै यो सरकारको पहिलो जिम्मेबारी होः अर्थमन्त्री खनाल
  • २०८० माघ १८, बिहीबार १५:४१

अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित रूपमा सम्पन्न गर्नु अन्तरिक सरकारको मुख्य...

चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
  • २०८० माघ १८, बिहीबार १५:४१

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...

TOP