२०८३ श्रावण ८
July 24, 2026, Friday

जनतालाई खुसी बनाउन विकास संगै सुशासन आवश्यक ः काँग्रेस नेता पौडेल

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुशासनले मात्रै नागरिकलाई खुसी र सन्तुष्टि दिने सकिने बताउनुभएको छ । नेपाली काँग्रेस म्याग्दीले आइतवार बेनीमा आयोजना गरेको समुदायमा काँग्रेस अभियान अन्तरगत संवाद कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेसका युवा नेता समेत रहनुभएका नेता पौडेलले विकासले मात्रै नागरिकलाई सन्तुष्टि दिन नसक्ने बताउँदै सुशासन कायम गर्न आबश्यक रहेकोमा जोड दिनुभयो ।

Advertisement

‘‘मुलुकमा व्यवस्था परिवर्तन भयो, भौतिक पूर्वाधारको क्षेत्रमा व्यापक विकास पनि भयो, मानव विकास सुचाकाङ्कमा पनि बढ्यो, तर आज मुलुकमा यतिधेरै नागरिक निरास छन्, बाटो बनाएर, विद्यालय र अस्पतालको सख्ंया थपेर मात्रै नागरिक सन्तुष्ट बन्ने रहेनछन, नागरिकलाई सरकार र राज्यको व्यवहारले खुसी बनाउने रहेछ’’– नेता पौडेलले भन्नुभयो । मुलुकमा विकास र राज्यका सेवा पहुँचका आधारमा हुने प्रवृतिले नागरिकलाई समानुपातिक र समावेशी विकासको अनुभूति नदिएको उहाँको भनाई थियो ।

वि।स। २०४८ सालयता मुलुकमा सडक, शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगार, मानव विकास सुचाकाङ्क, अर्थतन्त्र लगायतको क्षेत्रमा व्यापक विकास, सुधार र परिवर्तन भएको उल्लेख गर्दै उहाँले मुलुकमा निरासा बढेर युवाजनशक्ति विदेश पलायन हुने क्रमले आम रुपमा चिन्ता बढाएको बताउनुभयो । उहाँले जनताले जनप्रतिनिधिलाई शासक नभएर सेवकको भूमिकामा खोजेको बताउँदै सुशासनलाई राज्यले प्रमुख कार्यभार बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले विकास निर्माण योजनालाई अलपत्र पार्ने निर्माण व्यवसायी र सहकारीको रकम हिनामिना गर्ने व्यक्तिहरुलाई राजनीतिक संरक्षण दिन नहुने बताउँदै शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतको क्षेत्रमा देखिएको अस्तव्यस्तामा राज्यको भूमिका जनताले खोजीरहेको उल्लेख गर्नुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र र अन्य व्यवस्था हुन नसक्ने दावि गर्दै जनताको अवस्था बदल्नुपर्ने आबश्यकता औँल्याउनुभयो ।

म्याग्दीमा निर्माणधिन बेनी अस्पताल भवन, बेनी–मालढुंगा सडक, बेनी–जोमसोम सडक लगायत ढिलासुस्तीले थलिएका आयोजनाहरुलाई गती दिलाउन आफुले सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । नेता पौडेलले आगामी निर्वाचनमा काँग्रेसले चुनाव अघिको गठबन्धन नगर्ने स्पष्ट पार्दै जनताबाट आएका प्रश्न र सुझाबहरुकै आधारमा पार्टीको नीति ,योजना र एजेण्डालाई निर्माण गर्ने समेत जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा सहभागीहरुले जिल्लाको समसामयिक बिषय, मुलुकको राजनीतिक अवस्था र काँग्रेस पार्टीभित्रको वैचारिक अन्तरद्धन्द्ध र मुलुकभित्र देखिएका आर्थिक, सामाजिक र राजनैतिक समस्याहरुप्रति प्रश्न, जिज्ञासा र सुझाब समेत राखेका थिए । कार्यक्रममा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले जनताको समस्या र गुनासा सुन्न पार्टीले समुदायमा काँग्रेस अभियान सञ्चालन गरेको बताउँदै यस अभियानले जनताको समस्यालाई पहिचान गरि समाधान गर्न र काँग्रेसलाई समुदायमा स्थापित गर्न सघाउने धारणा राख्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका कार्यवहाक सभापति हरिकुमार श्रेष्ठको अध्यक्षता र सचिब भरतबहादुर रकालको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP