२०८३ श्रावण ९
July 25, 2026, Saturday

रघुगंगाका महिला सहकारीहरुलाई सूचना प्रणाली सम्वन्धी तालिम

म्याग्दीको रघुगंगा गाउँपालिकामा महिला सहकारी संस्थाका प्रवन्धकहरुलाई सहकारी तथा गरिबी सम्वन्धी (सूचना प्रणाली) COPOMIS सम्वन्धी तालिम सुरु भएको छ । गाउँपालिकाभित्र रहेका महिला सहकारीका प्रवन्धक र लेखापालहरुका लागि दुई दिने तालिम सञ्चालन गरिएको हो ।

Advertisement

तालिममा गाउँपालिकाभित्र रहेका नौ वटा महिला सहकारीबाट प्रतिनिधिहरुले सहभागीता जनाएको रघुगंगा गाउँपालिका स्तरीय सहकारी संघका अध्यक्ष मुक्तिनाथ शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, महिलाहरुद्धारा सञ्चालिन सहकारीहरुको आर्थिक कारोबारलाई व्यवस्थित र प्रविधियुक्त बनाउनका लागि उक्त तालिम सञ्चालन गरिएको हाे ।
तालिममा रघुगंगा गाउँपालिकाका कार्यक्रम अधिकृत पदम भण्डारीले सहजीकरण गर्नुभएको छ ।

तालिमको उद्घाटन गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् वडा नम्बर ६का अध्यक्ष मनकुमार शेरपुञ्जाले गर्नुभएको थियो । उहाँले गाउँ गाउँमा रहेका सहकारीहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र आर्थिक कारोवारलाई प्रविधिमैत्री बनाउन तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले सहकारी संस्थाहरुमा समुदायका धेरै जनाको आर्थिक कारोबार जोडिने भएकाले सहकारीका लेखापाल, प्रवन्धक लगायतको क्षमता विकास गर्न तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP