२०८३ श्रावण ८
July 24, 2026, Friday

रघुगंगाका प्रारम्भिक बालविकास शिक्षकहरुलाई तालिम

रघुगंगाका प्रारम्भिक बालविकास शिक्षकहरुलाई तालिम संचालन गरिएको छ । पालिकाको वडा नं. ३ मौवाफाँटमा गाउँपालिका र लर्नको साझेदारीमा उक्त तालिम संचालन गरिएको छ । पाँच दिन सम्म जानोदय माविमा संचालन हुने तालिममा वडा नम्बर १, २ , ३ र ४ मा रहेका विद्यालयका १८ जना प्रारम्भिक बालविकास शिक्षकहरुको सहभागीता रहेको छ ।
तालिममा प्रारम्भिक बालविकासका विद्यार्थीहरुको शिक्षण सिकाईका चरणका साथै शैक्षिक सामाग्रीको निर्माण तथा प्रयोग सम्वन्धी तालिम प्रदान गरिने जनाइएको छ । तालिममा गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदी, सुजता राइ र लर्नका कार्यक्रम विशेषज्ञ खड्ग कुमार श्रेष्ठले सहजीकरण गर्नुहुने भएको छ ।

रघुगंगा गाउँपालिका र लर्नको साझेदारीमा विगत तीन बर्षदेखि रघुगंगा गाउँपालिकामा शिक्षण सिकाई प्रकृयामा शैक्षिक सामाग्रीको निर्माण र गुणस्तर सुधार का बिषयमा तालिमहरु सञ्चालन हुँदै आएको छ ।

कार्यक्रम ज्ञानोदय माविका व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीको अध्यक्षता, गाउँपालिकाका सामाजिक विकास समितिका सभापति एवम् वडा नम्बर ६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जाको प्रमुख आतित्यथा,प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, शिक्षा अधिकृत सुवेदी, लेखा अधिकृत खगराज सुवेदी, लर्नका कृष्ण तिलिजा, प्रशिक्षक सुजता राई लगायतको विशिष्ट आतित्यथामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन खड्ग कुमार श्रेष्ठले गर्नुभएको थियो ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP