रघुगंगाका प्रारम्भिक बालविकास शिक्षकहरुलाई तालिम संचालन गरिएको छ । पालिकाको वडा नं. ३ मौवाफाँटमा गाउँपालिका र लर्नको साझेदारीमा उक्त तालिम संचालन गरिएको छ । पाँच दिन सम्म जानोदय माविमा संचालन हुने तालिममा वडा नम्बर १, २ , ३ र ४ मा रहेका विद्यालयका १८ जना प्रारम्भिक बालविकास शिक्षकहरुको सहभागीता रहेको छ ।
तालिममा प्रारम्भिक बालविकासका विद्यार्थीहरुको शिक्षण सिकाईका चरणका साथै शैक्षिक सामाग्रीको निर्माण तथा प्रयोग सम्वन्धी तालिम प्रदान गरिने जनाइएको छ । तालिममा गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदी, सुजता राइ र लर्नका कार्यक्रम विशेषज्ञ खड्ग कुमार श्रेष्ठले सहजीकरण गर्नुहुने भएको छ ।
रघुगंगा गाउँपालिका र लर्नको साझेदारीमा विगत तीन बर्षदेखि रघुगंगा गाउँपालिकामा शिक्षण सिकाई प्रकृयामा शैक्षिक सामाग्रीको निर्माण र गुणस्तर सुधार का बिषयमा तालिमहरु सञ्चालन हुँदै आएको छ ।
कार्यक्रम ज्ञानोदय माविका व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीको अध्यक्षता, गाउँपालिकाका सामाजिक विकास समितिका सभापति एवम् वडा नम्बर ६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जाको प्रमुख आतित्यथा,प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, शिक्षा अधिकृत सुवेदी, लेखा अधिकृत खगराज सुवेदी, लर्नका कृष्ण तिलिजा, प्रशिक्षक सुजता राई लगायतको विशिष्ट आतित्यथामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन खड्ग कुमार श्रेष्ठले गर्नुभएको थियो ।
। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...
म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...