Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

धवलागिरीको मुदीमा नै पुगेर १८ वटा योजना सम्झौता

म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामा नै पुगेर योजना सम्झौता कार्यलाई तिब्रता दिएको छ । यसैबिच पालिकाको वडा नं. ४ मुदीमा योजना सम्झौता शिविर मार्फत १८ वटा योजना सम्झौता गरिएको छ ।

Advertisement

पालिकाका कर्मचारीहरु मुदीको वडा कार्यालयमा पुगेर योजना सम्झौताका साथै उपभोक्ता समितिका पदाधीकारीहरुलाई अभिमुखीकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो । उहाँका अनुसार १८ वटा योजनाका उपभोक्ता समितिसँग सम्झौता समेत भएको छ ।

Advertisement

गाउँपालिकाले चालु आर्थिक वर्षमा सो वडामा बजेट बिनियोजन गरेका २० मध्य २ वटाको समितिसँग सम्झौता गर्न बाँकी छ । यसअघि माघ पहिलो हप्ता मराङका १९ र मल्कवाङका ११ वटा उपभोक्ता समितिसँग सम्बन्धित वडामै योजना सम्झौता गरिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदी, योजना शाखाका रमेश पौडेल, लेखा शाखाका तिलक शंकर पौडेल, पूर्वाधार शाखाका लोकेन्द्र रावल, रोमी भण्डारीको टोली घुम्ति शिबिर लिएर मुदी पुगेको हो ।

प्राबिधिक टोलीले यसअघिनै योजनाको लागत अनुमान र डिजाइन तयार पारेका थिए । सबै प्रक्रिया पुरा गरेर योजना सम्झौता गरी पायक पर्ने ठाउँको बैंकको शाखामा गएर खाता खोल्न सिफारिस गरि पेश्की उपलब्ध गराउने ब्यवस्था मिलाइएको छ ।

योजना सम्झौता गर्न आएका उपभोक्ता समितिका पदाधीकारीहरुलाई प्राबिधिक, लेखा ब्यवस्थापन र प्रशासनिक प्रक्रियाका बिषयमा परामर्श पनि दिइएको छ । आम भेला देखि योजना फरफारक गर्ने अवस्था सम्मको नमुना सहितको उपभोक्ता समिति सहयोगी पुस्तिका लागू गरेको छ ।

वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिका पदाधीकारीहरुलाई पालिकामा जाने आउने समय, झञ्जट हट्नुका साथै ब्ययभार घटेको मुदीका वडा अध्यक्ष यामबहादुर घर्तिले बताउनुभयो । वडामै योजना सम्झौता भएपछि एउटा उपभोक्ता समितिका कम्तीमा तीन जनाको पालिकामा जाने आउने समय र खर्च बचत भएको छ ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!