२०८३ श्रावण ९
July 25, 2026, Saturday

धवलागिरीको मुदीमा नै पुगेर १८ वटा योजना सम्झौता

म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामा नै पुगेर योजना सम्झौता कार्यलाई तिब्रता दिएको छ । यसैबिच पालिकाको वडा नं. ४ मुदीमा योजना सम्झौता शिविर मार्फत १८ वटा योजना सम्झौता गरिएको छ ।

Advertisement

पालिकाका कर्मचारीहरु मुदीको वडा कार्यालयमा पुगेर योजना सम्झौताका साथै उपभोक्ता समितिका पदाधीकारीहरुलाई अभिमुखीकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो । उहाँका अनुसार १८ वटा योजनाका उपभोक्ता समितिसँग सम्झौता समेत भएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा सो वडामा बजेट बिनियोजन गरेका २० मध्य २ वटाको समितिसँग सम्झौता गर्न बाँकी छ । यसअघि माघ पहिलो हप्ता मराङका १९ र मल्कवाङका ११ वटा उपभोक्ता समितिसँग सम्बन्धित वडामै योजना सम्झौता गरिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदी, योजना शाखाका रमेश पौडेल, लेखा शाखाका तिलक शंकर पौडेल, पूर्वाधार शाखाका लोकेन्द्र रावल, रोमी भण्डारीको टोली घुम्ति शिबिर लिएर मुदी पुगेको हो ।

प्राबिधिक टोलीले यसअघिनै योजनाको लागत अनुमान र डिजाइन तयार पारेका थिए । सबै प्रक्रिया पुरा गरेर योजना सम्झौता गरी पायक पर्ने ठाउँको बैंकको शाखामा गएर खाता खोल्न सिफारिस गरि पेश्की उपलब्ध गराउने ब्यवस्था मिलाइएको छ ।

योजना सम्झौता गर्न आएका उपभोक्ता समितिका पदाधीकारीहरुलाई प्राबिधिक, लेखा ब्यवस्थापन र प्रशासनिक प्रक्रियाका बिषयमा परामर्श पनि दिइएको छ । आम भेला देखि योजना फरफारक गर्ने अवस्था सम्मको नमुना सहितको उपभोक्ता समिति सहयोगी पुस्तिका लागू गरेको छ ।

वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिका पदाधीकारीहरुलाई पालिकामा जाने आउने समय, झञ्जट हट्नुका साथै ब्ययभार घटेको मुदीका वडा अध्यक्ष यामबहादुर घर्तिले बताउनुभयो । वडामै योजना सम्झौता भएपछि एउटा उपभोक्ता समितिका कम्तीमा तीन जनाको पालिकामा जाने आउने समय र खर्च बचत भएको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP