म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा हिजो (शुक्रवार) विद्यालय व्यवस्थापन समिति पुनर्गठन भएको छ । विद्यालयमा सम्पन्न अभिभावकहरुको भेलाले तिलकप्रसाद श्रेष्ठको अध्यक्षतामा विद्यालयको नयाँ व्यवस्थापन समिति पुनर्गठन गरेको हो । पुनर्गठित विव्यसको सदस्यहरुमा खडगप्रसाद श्रेष्ठ, यादवप्रसाद सुवेदी (रमेश), प्रेमा विश्वकर्मा, विष्णु जिसी हमाल र शर्मिला परियार चयन हुनुभएको छ ।

यसैगरी अभिभावकहरुको भेलाले बलराम बानियाँको अध्यक्षतामा शिक्षक अभिभावक संघको पनि पुनर्गठन गरेको छ । संघको सदस्यहरुमा तारानाथ सुवेदी, ईन्द्रबहादुर कार्की, सरस्वती श्रेष्ठ, हिरा जिसी बानियाँ, खेमलाल विक र विजय सुवेदी रहनुभएको छ । अभिभावक भेलाको उद्घाटन गर्दै बेनी नगरपालिका–९, घतानका वडा अध्यक्ष एवं नगरकार्यपालिकाको सामाजिक विकास समिति संयोजक चक्रबहादुर केसीले विद्यालयमा शिक्षक दरबन्दीको व्यवस्था गरिने बताउनुभयो ।
उहाँले ग्रामीण भेगमा रहेका विद्यालयहरुमा पछिल्लो समय विद्यार्थी सङ्ख्या घट्दै गएको र भौतिक पूर्वाधारहरु थपिने क्रममा रहेको बताउँदै विद्यार्थी सङ्ख्या बढाउन नगरपालिकाबाट आवश्यक पहल गर्न ध्यान दिइने बताउनुभयो । बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले शैक्षिक क्षेत्रमा सरकारले ठूलो लगानी गरेको भए पनि लगानी अनुसारको प्रतिफल आउन नसकेको बताउँदै यसका लागि विद्यालयका सरोकारवाला निकाय सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विद्यालयका भूतपूर्व अध्यक्ष माधवप्रसाद रेग्मी, जनकल्याण मावि अक्षयकोषका संस्थापक अध्यक्ष रामप्रसाद सुवेदी, शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष तिलकप्रसाद श्रेष्ठ, विव्यस सदस्य श्यामप्रसाद श्रेष्ठ र अभिभावक हेमबहादुर खत्रीले मन्तव्य व्यक्त गर्नुृभएको थियो । कार्यक्रमको अवसरमा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोपाल बानियाँको पहलमा काठमाडौंको पुलतीसडक निवासी उद्धव कसजुमार्फत प्राप्त कक्षा ११ र १२ का २८ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको थियो ।

कार्यक्रमको उद्घाटनसत्रमा विद्यालयको निवर्तमान अध्यक्ष बानियाँले अध्यक्षको प्रतिवेदन र विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पौडेलले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विव्यस अध्यक्ष बानियाँको अध्यक्षता र सहायक प्रअ शिव बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा कक्षा ११÷१२ का सहसंयोजक फुलमाया श्रेष्ठले स्वागत गर्नुभएको थियो । २०१४ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा १२ सम्म अध्ययन÷अध्यापन हुँदै आएको छ । कार्यक्रममा नवआगन्तुक शिक्षकहरुलाई विद्यालयमा स्वागत गरिएको थियो भने विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...
बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...
नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई...



