२०८१ फाल्गुन ३
February 15, 2025, Saturday

जनकल्याण मावि पुलाचौरमा विव्यस पुनर्गठन, विद्यार्थीलाई पोशाक वितरण

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा हिजो (शुक्रवार) विद्यालय व्यवस्थापन समिति पुनर्गठन भएको छ । विद्यालयमा सम्पन्न अभिभावकहरुको भेलाले तिलकप्रसाद श्रेष्ठको अध्यक्षतामा विद्यालयको नयाँ व्यवस्थापन समिति पुनर्गठन गरेको हो । पुनर्गठित विव्यसको सदस्यहरुमा खडगप्रसाद श्रेष्ठ, यादवप्रसाद सुवेदी (रमेश), प्रेमा विश्वकर्मा, विष्णु जिसी हमाल र शर्मिला परियार चयन हुनुभएको छ ।

Advertisement

यसैगरी अभिभावकहरुको भेलाले बलराम बानियाँको अध्यक्षतामा शिक्षक अभिभावक संघको पनि पुनर्गठन गरेको छ । संघको सदस्यहरुमा तारानाथ सुवेदी, ईन्द्रबहादुर कार्की, सरस्वती श्रेष्ठ, हिरा जिसी बानियाँ, खेमलाल विक र विजय सुवेदी रहनुभएको छ । अभिभावक भेलाको उद्घाटन गर्दै बेनी नगरपालिका–९, घतानका वडा अध्यक्ष एवं नगरकार्यपालिकाको सामाजिक विकास समिति संयोजक चक्रबहादुर केसीले विद्यालयमा शिक्षक दरबन्दीको व्यवस्था गरिने बताउनुभयो ।

उहाँले ग्रामीण भेगमा रहेका विद्यालयहरुमा पछिल्लो समय विद्यार्थी सङ्ख्या घट्दै गएको र भौतिक पूर्वाधारहरु थपिने क्रममा रहेको बताउँदै विद्यार्थी सङ्ख्या बढाउन नगरपालिकाबाट आवश्यक पहल गर्न ध्यान दिइने बताउनुभयो । बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले शैक्षिक क्षेत्रमा सरकारले ठूलो लगानी गरेको भए पनि लगानी अनुसारको प्रतिफल आउन नसकेको बताउँदै यसका लागि विद्यालयका सरोकारवाला निकाय सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विद्यालयका भूतपूर्व अध्यक्ष माधवप्रसाद रेग्मी, जनकल्याण मावि अक्षयकोषका संस्थापक अध्यक्ष रामप्रसाद सुवेदी, शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष तिलकप्रसाद श्रेष्ठ, विव्यस सदस्य श्यामप्रसाद श्रेष्ठ र अभिभावक हेमबहादुर खत्रीले मन्तव्य व्यक्त गर्नुृभएको थियो । कार्यक्रमको अवसरमा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोपाल बानियाँको पहलमा काठमाडौंको पुलतीसडक निवासी उद्धव कसजुमार्फत प्राप्त कक्षा ११ र १२ का २८ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको थियो ।

कार्यक्रमको उद्घाटनसत्रमा विद्यालयको निवर्तमान अध्यक्ष बानियाँले अध्यक्षको प्रतिवेदन र विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पौडेलले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विव्यस अध्यक्ष बानियाँको अध्यक्षता र सहायक प्रअ शिव बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा कक्षा ११÷१२ का सहसंयोजक फुलमाया श्रेष्ठले स्वागत गर्नुभएको थियो । २०१४ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा १२ सम्म अध्ययन÷अध्यापन हुँदै आएको छ । कार्यक्रममा नवआगन्तुक शिक्षकहरुलाई विद्यालयमा स्वागत गरिएको थियो भने विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Related News

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
  • २०८० फाल्गुन ५, शनिबार ०४:३६

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
  • २०८० फाल्गुन ५, शनिबार ०४:३६

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...

पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
  • २०८० फाल्गुन ५, शनिबार ०४:३६

बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...

TOP