२०८३ श्रावण ९
July 25, 2026, Saturday

विज्ञान हाजिरीजवाफ प्रतियोगितामा प्रकाश मावि प्रथम

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित प्रकाश माध्यमिक विद्यालयले आयोजना गरेको साविकको धौलागिरी अञ्चलस्तरीय विज्ञान हाजिरी जवाफ प्रतियोगितामा आयोजक प्रकाश मावि प्रथम भएको छ ।

Advertisement

म्याग्दी र पर्वत जिल्लाका १४ वटा विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा लिटिल गार्डेन बेनी र रघुगंगा माध्यमिक विद्यालय पिप्ले क्रमश द्वितीय र तृतीय हुन सफल भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश १० हजार, ट्रफी, ६ हजार, ४ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको उद्घाटन गदैं नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति अमर बानियाँले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि अतिरिक्त क्रियाकलापको समेत आवश्यकता रहेको बताए । उनले ब्यवहारिक र प्रयोकात्मक अभ्यासले विद्यार्थीले लक्ष्य प्राप्तीमा सहज हुने बताए ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दल बहादुर थापा मगर, विद्यालयका प्रअ लेखबहादुर हमालले मन्तव्य एवम् सहायक प्रअ टेकप्रसाद सुवेदीले स्वागत गरेको उक्त उद्घाटन सत्र सहायक प्रअ विनय श्रेष्ठले सञ्चालन गरेका थिए ।

प्रतियोगिताको युरेस अध्यक्ष लक्ष्मी पौडेलका अध्यक्षता गरेका थिए । बि.स २०६४ मा श्रीमद्भागवत सञ्चालन गरि विज्ञान सहितको कक्षा ११–१२ अध्यापन शुरु गरेको प्रकाश माविले विज्ञान विषय प्रचारप्रसारका लागि आयोजना गरेको प्रतियोगिताको एघारौं संस्करण हो ।

युरेस व्यवस्थापन र प्रकाश बालक्लव सहयोगी रहेको प्रतियोगितामा विज्ञान, गणित, एमसी ब्यू, ¥यापिड फायर लगायत ८ वटा राउन्ड सञ्चालन गरिएको तथा पहिलोपटक क्ष्ऋत् प्रविधि प्रयोग गरि नयाँ प्रयोग गरिएको मुल संयोजक एवम् ११–१२ तह संयोजक कविराम थापाले बताए ।

पछिल्लो समय शैक्षिक, खेलकुद र अतिरिक्त क्रियाकलापमा सफलता हासिल गरेको प्रकाश मावि कक्षा ११–१२ मा विज्ञान विषय अध्यापन हुने म्याग्दी जिल्लाको एकमात्र विद्यालय हो । प्रकाश मावि शैक्षिक सँगै खेलकुद, विभिन्न प्रतियोगितात्मक प्रतियोगितामा समेत अब्बल सावित हुदैछ । विद्यालयमा मन्टेसरी, बालविकासदेखि कक्षा १२ सम्म एघार सय पचास भन्दा बढि विद्यार्थी अध्ययनरत रहेका छन् ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP