२०८३ भाद्र २
August 18, 2026, Tuesday

सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम सम्पन्न

म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी ४५ दिने आधारभूत तालिम सोमबार सम्पन्न भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजना र वडा कार्यालयको सहयोगमा आयोजित तालिममा ४६ जनाको सहभागिता रहेको थियो ।

Advertisement

तालिममा सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका अध्यक्ष समेत रहनुभएकी प्रजिया ब्युटीपार्लर टे«निङ सेन्टरका सञ्चालक गंगा कार्कीले व्यवहारिक रुपमा सोन्दर्यकला सम्वन्धी तालिम दिनुभएको थियो । तालिम समापन समारोहमा बेनी नगरपालिकाका उपमेयर ज्योती लामिछाने, नगरपालिकाका शिक्षा उपसचिब हेमचन्द्र पौडेल, वडा अध्यक्ष अर्णबहादुर खड्का, वडा सदस्य प्रेम श्रीष, वडा सचिब विनिता रेग्मी, सामुदायिक सिकाई केन्द्रका अध्यक्ष भरत प्रसाद शर्मा लगायतले सहभागीहरुलाई प्रमाणपत्र र प्रशिक्षक कार्कीलाई केन्द्रको तर्फबाट प्रसंसापत्र वितरण गर्नुभएको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर लामिछानेले सिकेको सिपलाई आयआर्जन र स्वरोजगारमा रुपान्तरण गर्न आग्रह गर्नुभयो । उहाँले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न व्यवसायिक रुपमा सौन्दर्यकला सम्वन्धी पेसामा आबद्ध हुनुपर्ने बताउँदै नगरपालिकाले महिलाहरुका लागि विभिन्न सिपमुलक र स्वरोजगारमुलक तालिम मार्फत आत्मनिर्भर बनाउने प्रयास गरेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका शिक्षा उपसचिब पौडेलले साक्षरता बढाउन स्थापना भएका सिकाई केन्द्र सिप र स्वरोजगारमुलक सिप सिकाईमा सक्रिय बन्नु रचनात्मक भएको बताउनुभयो । उहाँले सिकाई निरन्तर सञ्चालन हुने प्रकृया रहेको बताउँदै सिकाई केन्द्र मार्फत भएका आयआर्जन सुधार र जीवन्त सिकाईका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष खड्काले आधारभूत सौन्दर्यकला तालिम लिएकाहरुलाई थप क्षमता विकासको लागि वडाले पहल गर्ने प्रतिबद्धता जनाउँदै सिकेको सिपलाई खेर जान नदिन सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रशिक्षक कार्कीले तालिम आधारभूत तहको भएपनि आफुले तालिम अवधिमा सहभागीहरुलाई डिप्लोमा तहको समेत तालिम प्रदान गरेको बताउनुभयो ।

शिवालय सिकाई केन्द्रका अध्यक्ष भरत प्रसाद शर्माको अध्यक्षता, सहभागी प्रमिला शर्माको मन्तव्य र सिकाइ केन्द्रका परिचालक सिता थापा कुँबरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । वि.स. २०६९ सालमा स्थापना भएको शिवालय सिकाई केन्द्रले यस अघि व्यवसायिक तरकारी खेती सम्बन्धी तालिमका साथै कृषकहरुलाई बल विउ वितरणका साथै समुहहरु मार्फत आयआर्जन सुधारका गतिविधि सञ्चालन गर्दै आएको छ । साक्षरता अभियानका क्रममा स्थापना भएको केन्द्र अन्तरगतका ६ वटा समुहले बचत, सहुलियत ब्याजदरमा बिना धितो ऋण लगानीका साथै विभिन्न सामाजिक काम समेत गर्दै आएका छन् ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP