२०८१ फाल्गुन ५
February 17, 2025, Monday

सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम सम्पन्न

म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी ४५ दिने आधारभूत तालिम सोमबार सम्पन्न भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजना र वडा कार्यालयको सहयोगमा आयोजित तालिममा ४६ जनाको सहभागिता रहेको थियो ।

Advertisement

तालिममा सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका अध्यक्ष समेत रहनुभएकी प्रजिया ब्युटीपार्लर टे«निङ सेन्टरका सञ्चालक गंगा कार्कीले व्यवहारिक रुपमा सोन्दर्यकला सम्वन्धी तालिम दिनुभएको थियो । तालिम समापन समारोहमा बेनी नगरपालिकाका उपमेयर ज्योती लामिछाने, नगरपालिकाका शिक्षा उपसचिब हेमचन्द्र पौडेल, वडा अध्यक्ष अर्णबहादुर खड्का, वडा सदस्य प्रेम श्रीष, वडा सचिब विनिता रेग्मी, सामुदायिक सिकाई केन्द्रका अध्यक्ष भरत प्रसाद शर्मा लगायतले सहभागीहरुलाई प्रमाणपत्र र प्रशिक्षक कार्कीलाई केन्द्रको तर्फबाट प्रसंसापत्र वितरण गर्नुभएको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर लामिछानेले सिकेको सिपलाई आयआर्जन र स्वरोजगारमा रुपान्तरण गर्न आग्रह गर्नुभयो । उहाँले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न व्यवसायिक रुपमा सौन्दर्यकला सम्वन्धी पेसामा आबद्ध हुनुपर्ने बताउँदै नगरपालिकाले महिलाहरुका लागि विभिन्न सिपमुलक र स्वरोजगारमुलक तालिम मार्फत आत्मनिर्भर बनाउने प्रयास गरेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका शिक्षा उपसचिब पौडेलले साक्षरता बढाउन स्थापना भएका सिकाई केन्द्र सिप र स्वरोजगारमुलक सिप सिकाईमा सक्रिय बन्नु रचनात्मक भएको बताउनुभयो । उहाँले सिकाई निरन्तर सञ्चालन हुने प्रकृया रहेको बताउँदै सिकाई केन्द्र मार्फत भएका आयआर्जन सुधार र जीवन्त सिकाईका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष खड्काले आधारभूत सौन्दर्यकला तालिम लिएकाहरुलाई थप क्षमता विकासको लागि वडाले पहल गर्ने प्रतिबद्धता जनाउँदै सिकेको सिपलाई खेर जान नदिन सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रशिक्षक कार्कीले तालिम आधारभूत तहको भएपनि आफुले तालिम अवधिमा सहभागीहरुलाई डिप्लोमा तहको समेत तालिम प्रदान गरेको बताउनुभयो ।

शिवालय सिकाई केन्द्रका अध्यक्ष भरत प्रसाद शर्माको अध्यक्षता, सहभागी प्रमिला शर्माको मन्तव्य र सिकाइ केन्द्रका परिचालक सिता थापा कुँबरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । वि.स. २०६९ सालमा स्थापना भएको शिवालय सिकाई केन्द्रले यस अघि व्यवसायिक तरकारी खेती सम्बन्धी तालिमका साथै कृषकहरुलाई बल विउ वितरणका साथै समुहहरु मार्फत आयआर्जन सुधारका गतिविधि सञ्चालन गर्दै आएको छ । साक्षरता अभियानका क्रममा स्थापना भएको केन्द्र अन्तरगतका ६ वटा समुहले बचत, सहुलियत ब्याजदरमा बिना धितो ऋण लगानीका साथै विभिन्न सामाजिक काम समेत गर्दै आएका छन् ।

Related News

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
  • २०८० फाल्गुन १४, सोमबार १५:४१

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
  • २०८० फाल्गुन १४, सोमबार १५:४१

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...

पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
  • २०८० फाल्गुन १४, सोमबार १५:४१

बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...

TOP