२०८३ असार २७
July 11, 2026, Saturday

उच्च माविका उत्कृष्ट विद्यार्थीलाई सुदिप स्मृति कोषको सम्मान

सुदिप रावल स्मृति कोषको १५ औ स्मृति दिवसको अवसरमा गतबर्षको दश जोड दुईको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक प्राप्त गर्ने दुई जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ । म्याग्दी पुस्तकालय अन्तरगत सञ्चालित कोषको मगलबार आयोजित एक कार्यक्रममा जिल्ला प्रथम हुने बेनी सामुदायिक माविका हिमाल आचार्य(३.६६जिपिए),न्यु वेष्ट पोइन्ट आवासीय माविका सुदिप पराजुली(३.५४जिपिए)लाई जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले क्रमशः नगद रु. १० हजार, ५ हजार नगद तथा प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै जिसस प्रमुख थापाले माध्यामिक तहमै विद्यार्थीको भविस्य निर्धारण हुने भएकाले विद्यार्थीले शैक्षिक तथा अन्य सीपहरुमासमेत आत्मनिर्भर हुनुपर्ने बताए । सोही अवसरमा न्यु वेष्ट पोइन्ट आवासीय माविका सहायक प्रधानध्यापक कृष्ण जिसी, कोषका सचिव बिक्रम बोगटीले मन्तब्य राख्नुभएको थियो । कोषका अध्यक्ष एवम् म्याग्दी पुस्तकालयका निर्वतमान अध्यक्ष सन्तोष रावलले कोष मार्फत सामुदायिक विद्यालयका विद्यार्थी, खेलकुद गतिविधि, आर्थिक सहयोग लगाएत विभिन्न कार्यहरुमा सहयोग गरिएको जानकारी गराउनुभएको थियो ।कोषले उत्कृष्ट विद्यार्थीसँगै विद्यालयलाई समेत सम्मानपत्रले सम्मान गरेको थियो ।

सम्मान कार्यक्रममा म्याग्दी सामुदायिक माविका सहायक प्रधानध्यापक काशिराम रेग्मी, म्याग्दी पुस्तकालयका पदाधिकारी तथा सदस्य, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो । ०६५ साल फागुन १ गते बागलुङ बजारबाट मालढुंगा जाने क्रममा मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका बेनी नगरपालिका–१ रत्नेचौरका रावलको स्मृतिमा यसैबर्षदेखि पुस्तकालयमा २ लाखको अक्षय कोषको स्थापना गरिएको छ । सम्मान कार्यक्रमको अध्यक्षता म्याग्दी पुस्तकालयका अध्यक्ष अम्बिककुमार श्रेष्ठ र सञ्चालन कार्यसमिति सदस्य हरिप्रसाद पौडेलले गर्नुभएको थियो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP