म्याग्दी जिल्लामा संघीय सरकारमार्फत् चालुतर्फ तीन अर्व ४९ करोड, ५५ लाख ८४ हजार तीन सय ७५ रुपियाँ बजेट रहेको छ । पूँजीगततर्फ बजेट चालुको तुलनामा कम भएपनि भने खर्च नीतिगत समस्याका कारणले गर्दा पनि खासै खर्च हुन नसकेको अवस्था देखिएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय म्याग्दीका निमित्त प्रमुख विनोद सुवेदीका अनुसार समग्र बजेट हेर्दा ५५ प्रतिशत खर्च भएको देखिएको भए पनि पूँजीगततर्फ भने खर्चै हुन सकेको छैन । फागुन महिनाको आधा समय सकिँदा पनि कुल १६ करोड ८४ लाख ४५ हजार आठ सय ६० रुपियाँ पूँजीगततर्फ बजेट रहेकोमा हालसम्म एक करोड ६८ लाख ८७ हजार नौ सय ११ रुपियाँ मात्रै खर्च भएको छ । यो कुल बजेटको १० प्रतिशत मात्रै बजेट हो ।
त्यस्तै चालुतर्फको तीन अर्ब ३२ करोड ७१ लाख ३८ हजार पाँच सय १५ रुपियाँको वार्षिक बजेटमध्ये ५७ दशमलब ४१ प्रतिशत बजेट खर्च भएको छ । त्यसैगरी, प्रदेश कार्यालयमार्फत् एक अर्ब ४२ करोड ९२ लाख १३ हजार दुई सय २६ रुपियाँ बजेट आएकोमा २४ करोड ७६ लााख ३७ हजार ९ सय २४ रुपियाँ खर्च भएको छ ।
समग्रमा चालु र पूँजीगततर्फ गर्दा बजेट खर्च उल्ललेख्य देखितापनि पूँजीगत खर्च भने न्यून भएको हो । चालु आर्थिक वर्ष २०८०-०८१ चालुतर्फ ४९ करोड ७० लाख ४३ हजार दुई सय २६ र पूँजीगततर्फ ९३ करोड २१ लाख ७० हजारको बजेट प्रदेश सरकारमार्फत् म्याग्दीमा परिचालन हुँदै छन् ।
प्रदेशतर्फको बजेटमा भने चालुतर्फ २५ दशमलब १३ प्रतिशत र पूँजीगततर्फ १३ दशमलब १६ प्रतिशत बजेट खर्च भएको छ । चालु आर्थिक वर्षको ८ महिनाको अवधि सकिँदा पनि बजेट खर्च हुनुपर्ने विकास निर्माणको शिर्षकका बजेटहरु खर्च हुन नसक्दा वर्षको अन्तिममै बजेट खर्चको चाप बढ्ने देखिएको सुवेदीले बताउनुभयो । gorakhapatra
६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...
आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...