२०८३ भाद्र २
August 18, 2026, Tuesday

म्याग्दीकाे पूँजीगत बजेट सात महिनामा १० प्रतिशत मात्र खर्च

म्याग्दी जिल्लामा संघीय सरकारमार्फत् चालुतर्फ तीन अर्व ४९ करोड, ५५ लाख ८४ हजार तीन सय ७५ रुपियाँ बजेट रहेको छ । पूँजीगततर्फ बजेट चालुको तुलनामा कम भएपनि भने खर्च नीतिगत समस्याका कारणले गर्दा पनि खासै खर्च हुन नसकेको अवस्था देखिएको छ । 

Advertisement

कोष तथा लेखा नियन्त्रण कार्यालय म्याग्दीका निमित्त प्रमुख विनोद सुवेदीका अनुसार समग्र बजेट हेर्दा ५५ प्रतिशत खर्च भएको देखिएको भए पनि पूँजीगततर्फ भने खर्चै हुन सकेको छैन । फागुन महिनाको आधा समय सकिँदा पनि कुल १६ करोड ८४ लाख ४५ हजार आठ सय ६० रुपियाँ पूँजीगततर्फ बजेट रहेकोमा हालसम्म एक करोड ६८ लाख ८७ हजार नौ सय ११ रुपियाँ मात्रै खर्च भएको छ । यो कुल बजेटको १० प्रतिशत मात्रै बजेट हो ।

त्यस्तै चालुतर्फको तीन अर्ब ३२ करोड ७१ लाख ३८ हजार पाँच सय १५ रुपियाँको वार्षिक बजेटमध्ये ५७ दशमलब ४१ प्रतिशत बजेट खर्च भएको छ । त्यसैगरी, प्रदेश कार्यालयमार्फत् एक अर्ब ४२ करोड ९२ लाख १३ हजार दुई सय २६ रुपियाँ बजेट आएकोमा २४ करोड ७६ लााख ३७ हजार ९ सय २४ रुपियाँ खर्च भएको छ । 

समग्रमा चालु र पूँजीगततर्फ गर्दा बजेट खर्च उल्ललेख्य देखितापनि पूँजीगत खर्च भने न्यून भएको हो । चालु आर्थिक वर्ष २०८०-०८१ चालुतर्फ ४९ करोड ७० लाख ४३ हजार दुई सय २६ र पूँजीगततर्फ ९३ करोड २१ लाख ७० हजारको बजेट प्रदेश सरकारमार्फत् म्याग्दीमा परिचालन हुँदै छन् ।

प्रदेशतर्फको बजेटमा भने चालुतर्फ २५ दशमलब १३ प्रतिशत र पूँजीगततर्फ १३ दशमलब १६ प्रतिशत बजेट खर्च भएको छ । चालु आर्थिक वर्षको ८ महिनाको अवधि सकिँदा पनि बजेट खर्च हुनुपर्ने विकास निर्माणको शिर्षकका बजेटहरु खर्च हुन नसक्दा वर्षको अन्तिममै बजेट खर्चको चाप बढ्ने देखिएको सुवेदीले बताउनुभयो । gorakhapatra

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP