Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

एमाले धवलागिरि गाउँपालिकाको दोस्रो अधिवेशन, अध्यक्षमा प्रगति कार्की

नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीकोसम्पन्न दोस्रो अधिवेशनले प्रगति कार्कीको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । अधिवेशनले गाउँपालिका कमिटीको उपाध्यक्षमा सुवादेवी पूर्जा, सचिवमा कुलबहादुर घर्ती, उपसचिवमा केशव गर्बुजा र सुशील घर्ती चयन भएको एमाले म्याग्दीले जनाएको छ ।

Advertisement

‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारासहित आयोजित अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले अहिले नेकपा एमाले आन्तरिक सुदृढीकरणको अभियानमा अगाडि बढेको बताउनुभयो । उहाँले २०८४ सालमा हुने तीनै तहको निर्वाचनमा बहुमत ल्याउने गरी नेकपा एमाले मिसन ०८४ को अभियानसहित सङ्गठन विस्तार र सुदृढीकरण लागिपरेको बताउँदै नेता, कार्यकर्तालाई आउँदो निर्वाचन एमालेको पक्षमा नतिजा ल्याउने गरी खट्न निर्देशन दिनुभयो ।

Advertisement

सोही अधिवेशनलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नरदेवी पुनले नेकपा एमाले सत्तामा रहँदा देश विकासका लागि गरेका कामहरुको प्रचार गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले वर्तमान सत्ता गठबन्धनको कारणले गर्दा देश अहिले चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको बताउँदै देश विकासको प्रमुख बाधक वर्तमान सत्ता गठबन्धन रहेको आरोप लगाउनुभयो ।

अधिवेशनको उद्घाटनसत्रमा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्यद्वय हरिकृष्ण श्रेष्ठ, खरमाया बिटालु, जिल्ला कमिटी अध्यक्ष बालकृष्ण सुवेदी, उपाध्यक्ष प्रमोद श्रेष्ठ, सचिव थमसरा पुन र उपसचिव सतप्रसाद रोकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम एमाले धवलागिरि गाउँपालिका कमिटीको कार्यवाहक अध्यक्ष राजाराम सुवेदीको अध्यक्षता, मुनाका वडा कमिटी अध्यक्ष विष्णु भण्डारीको स्वागत र प्रगति कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!