२०८३ श्रावण ८
July 24, 2026, Friday

एमाले धवलागिरि गाउँपालिकाको दोस्रो अधिवेशन, अध्यक्षमा प्रगति कार्की

नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीकोसम्पन्न दोस्रो अधिवेशनले प्रगति कार्कीको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । अधिवेशनले गाउँपालिका कमिटीको उपाध्यक्षमा सुवादेवी पूर्जा, सचिवमा कुलबहादुर घर्ती, उपसचिवमा केशव गर्बुजा र सुशील घर्ती चयन भएको एमाले म्याग्दीले जनाएको छ ।

Advertisement

‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारासहित आयोजित अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले अहिले नेकपा एमाले आन्तरिक सुदृढीकरणको अभियानमा अगाडि बढेको बताउनुभयो । उहाँले २०८४ सालमा हुने तीनै तहको निर्वाचनमा बहुमत ल्याउने गरी नेकपा एमाले मिसन ०८४ को अभियानसहित सङ्गठन विस्तार र सुदृढीकरण लागिपरेको बताउँदै नेता, कार्यकर्तालाई आउँदो निर्वाचन एमालेको पक्षमा नतिजा ल्याउने गरी खट्न निर्देशन दिनुभयो ।

सोही अधिवेशनलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नरदेवी पुनले नेकपा एमाले सत्तामा रहँदा देश विकासका लागि गरेका कामहरुको प्रचार गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले वर्तमान सत्ता गठबन्धनको कारणले गर्दा देश अहिले चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको बताउँदै देश विकासको प्रमुख बाधक वर्तमान सत्ता गठबन्धन रहेको आरोप लगाउनुभयो ।

अधिवेशनको उद्घाटनसत्रमा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्यद्वय हरिकृष्ण श्रेष्ठ, खरमाया बिटालु, जिल्ला कमिटी अध्यक्ष बालकृष्ण सुवेदी, उपाध्यक्ष प्रमोद श्रेष्ठ, सचिव थमसरा पुन र उपसचिव सतप्रसाद रोकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम एमाले धवलागिरि गाउँपालिका कमिटीको कार्यवाहक अध्यक्ष राजाराम सुवेदीको अध्यक्षता, मुनाका वडा कमिटी अध्यक्ष विष्णु भण्डारीको स्वागत र प्रगति कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP