२०८३ श्रावण ८
July 24, 2026, Friday

कोरला नाका व्यवसायिक रुपमा सञ्चालन हुनुपर्छ ः उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाल

सरोकारवालाहरुले मुस्ताङ स्थित कोरला नाका व्यवसायिक रुपमा नियमित सञ्चालन गर्न माग गरेका छन् ।

Advertisement

बेनीमा शनिबार म्याग्दी उद्योग वाणिज्य संघको ३० औ साधारणसभा तथा १२ अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी जनप्रतिनिधी, राजनीतिकर्मी, उद्योगी र व्यवसायीहरुले कोरला नाकाको व्यवसायिक सञ्चालनको माग गरेका हुन् ।

गत कात्तिक महिनादेखि मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाहरुका लागि चिनको सिमानामा रहेको कोरला नाकामा आवत जावतका लागि खुल्ला गरिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरला नाकाको नेपाल तर्फको भूगोलतर्फ सहज पहुुँचमार्ग, भन्सार, सुरक्षा निकायको उपस्थिति बढाएर नियमिति रुपमा ब्यवसायिक हिसाबले सञ्चालन गर्न सरकारसँग पहल गरेको बताए ।

‘बाग्लुुङको पञ्चकोटमा आजै आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग कोरला नाकाको नियमित सञ्चालन गर्नका लागि कालीगण्डकी कोरिडोर सडकको स्तरोन्नतिलाई जति सक्दो छिटो पूर्णता दिनका लागि प्रस्ताव गरेको छु,’ उनले भने ‘कोरला नाका र कालीगण्डकी कोडीडोर मुस्ताङ, म्याग्दी, गण्डकी प्रदेश मात्र नभएर देशकै ब्यापारिक, पर्यटकीय र धार्मिक हिसाबले सम्भावना र महत्वपूर्ण छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष आनन्दराम मुल्मी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ लगायतले भारत र चिन जोड्ने छोटो दुरीको कालीगण्डकी कोरिडोर सडक स्तरोन्नतिका लागि सञ्चालित योजनालाई जति सक्दो छिटो पूर्णता दिन सकेमा यसबाट चिनका वौद्धधर्मावलम्बीलाई लुम्बीनी र भारतीय हिन्दुधर्मावलम्बीलाई मानसरोबार जाने आउने मार्गका रुपमा प्रयोग गर्न सकिने बताए ।

संविधान सभा सदस्य नवराज शर्मा र गोविन्द पौडेलले म्याग्दीको जलविद्युत, पर्यटन, कृषि क्षेत्रमा निजी क्षेत्रको लगानी भित्र्याउन आग्रह गरे । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी र बिमला गौचनले म्याग्दीका विकास निर्माणका कामलाई तिब्रता दिनुका साथै निजी क्षेत्रको लगानी भित्र्याउने वातावरण बनाउने प्रतिवद्धता जनाए ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, पुर्व नगर प्रमुख हरिकुमार श्रेष्ठले म्याग्दीमा पर्यटक भित्र्याउने र भुलाउने योजना र कार्यक्रममा निजी क्षेत्रबाट सहयोगको अपेक्षा गरे ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP