२०८२ फाल्गुन २०
March 4, 2026, Wednesday

सहकारीको बचत अपचलन गर्ने र ऋण लगेर नतिर्ने दुबैलाई कारवाही हुनुपर्छ : नेफस्कून ढकाल

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालले ब्यवस्थापक र सञ्चालकले नियम विपरित काम गरेका सहकारीमा मात्रै अहिले समस्या आएको बताएका छन् । केही सहकारीहरु कोभिडको समयलाई मौकाको रुपमा लिएर प्रक्रिया पूरा नगरी ठुलो तरलतालाई झिकेर अपचलन गरेको र प्रक्रिया पूरा नगरी कर्जा प्रवाह गरेका सहकारीहरूको कारण सम्रग सहकारी अभियानमा असर गरेको बताए ।

Advertisement

हालै नेफस्कूनको अध्यक्षमा निर्वाचित भएपछि शाखा भ्रमण तथा सहकारीहरू बिचको छलफल तथा अन्तरक्रियाका लागि भ्रमणमा निस्किएका अध्यक्ष ढकालले म्याग्दीको सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा गलत नियत भएका सञ्चालक र ब्यवस्थापकको कमजोरीका कारण बचतकर्ताको बचत रकम फिर्ताको लागि समस्या भएको बताए । ‘सहकारीको ऋण लगेपछि तिर्नुपदैन भन्नेहरूलाई पनि सहकारीले नियमन गर्नुपर्छ, सरकारी संयन्त्रले असुलीका लागि सहकारीलाई सहयोग गरेको देखिदैन’ अध्यक्ष ढकालले भने । उनले बचत फिर्ता गर्ने ग्यारेन्टी संस्थाले गर्नुपर्छ र राज्यले ऋण असुली गर्नुपर्ने खालका नियमकीय पद्धतिहरु छिटोभन्दा छिटो जारी गरिदिनुपर्ने बताए ।

Advertisement

सहकारीका बचतकर्ताहरु अदालती र प्रशासनिक प्रकृयाभित्र नगइकन सहकारी संस्थाहरुले बचत फिर्ताको वातावरण बनाउन सहकारीबाट ऋण लगेर ऋण नबुझाउनेहरुलाई प्रकृयागत रुपमा दबाब दिने,दण्डित गर्ने, सरकारी सेवासुविधा रोक्का गर्ने, राज्यले ऋण अुसली न्यायधिकरण र कालो सूचीको तत्काल व्यवस्थापन गर्नुपर्ने बताए । सहकारी क्षेत्रले निजी क्षेत्रले भन्दा पनि बढी कर तिरेको र त्यसको सही मूल्याङकन राज्यले गर्नुपर्ने बताए । सदस्यको बचत फिर्ता अनिवार्य सर्त भएको र सहकारीमा सुधारको विकल्प नभएको र त्यसमा नेतृत्वले नै भूमिका खेल्नु पर्ने उनले बताए । उनले म्याग्दीमा रहेका बचत तथा ऋण सहकारीसँग क्षमता विकास तालिम सहित विभिन्न अभियानमा जोडिने प्रतिबद्धता जनाए ।

अन्तरक्रिया कार्यक्रममा सहकारी बैंक समन्वय समिति म्याग्दीका संयोजक रमेश गिरी, लोकदिप बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष प्रमिला जोशी श्रेष्ठ, बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सञ्जय श्रेष्ठ, गोर्खा भूपु सैनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खुमबहादुर बानियाँ, न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रामजीप्रसाद सुबेदी, भूपु सैनिक बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष बालकृष्ण सुबेदी, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष हरिप्रसाद पौडेल, म्याग्दी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुर्दशनकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

Related News

म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
  • २०८० फाल्गुन २०, आईतवार ०३:५७

नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...

जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
  • २०८० फाल्गुन २०, आईतवार ०३:५७

बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...

जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
  • २०८० फाल्गुन २०, आईतवार ०३:५७

नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई...

TOP