२०८१ चैत्र ३
March 16, 2025, Sunday

सहकारीको बचत अपचलन गर्ने र ऋण लगेर नतिर्ने दुबैलाई कारवाही हुनुपर्छ : नेफस्कून ढकाल

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालले ब्यवस्थापक र सञ्चालकले नियम विपरित काम गरेका सहकारीमा मात्रै अहिले समस्या आएको बताएका छन् । केही सहकारीहरु कोभिडको समयलाई मौकाको रुपमा लिएर प्रक्रिया पूरा नगरी ठुलो तरलतालाई झिकेर अपचलन गरेको र प्रक्रिया पूरा नगरी कर्जा प्रवाह गरेका सहकारीहरूको कारण सम्रग सहकारी अभियानमा असर गरेको बताए ।

Advertisement

हालै नेफस्कूनको अध्यक्षमा निर्वाचित भएपछि शाखा भ्रमण तथा सहकारीहरू बिचको छलफल तथा अन्तरक्रियाका लागि भ्रमणमा निस्किएका अध्यक्ष ढकालले म्याग्दीको सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा गलत नियत भएका सञ्चालक र ब्यवस्थापकको कमजोरीका कारण बचतकर्ताको बचत रकम फिर्ताको लागि समस्या भएको बताए । ‘सहकारीको ऋण लगेपछि तिर्नुपदैन भन्नेहरूलाई पनि सहकारीले नियमन गर्नुपर्छ, सरकारी संयन्त्रले असुलीका लागि सहकारीलाई सहयोग गरेको देखिदैन’ अध्यक्ष ढकालले भने । उनले बचत फिर्ता गर्ने ग्यारेन्टी संस्थाले गर्नुपर्छ र राज्यले ऋण असुली गर्नुपर्ने खालका नियमकीय पद्धतिहरु छिटोभन्दा छिटो जारी गरिदिनुपर्ने बताए ।

सहकारीका बचतकर्ताहरु अदालती र प्रशासनिक प्रकृयाभित्र नगइकन सहकारी संस्थाहरुले बचत फिर्ताको वातावरण बनाउन सहकारीबाट ऋण लगेर ऋण नबुझाउनेहरुलाई प्रकृयागत रुपमा दबाब दिने,दण्डित गर्ने, सरकारी सेवासुविधा रोक्का गर्ने, राज्यले ऋण अुसली न्यायधिकरण र कालो सूचीको तत्काल व्यवस्थापन गर्नुपर्ने बताए । सहकारी क्षेत्रले निजी क्षेत्रले भन्दा पनि बढी कर तिरेको र त्यसको सही मूल्याङकन राज्यले गर्नुपर्ने बताए । सदस्यको बचत फिर्ता अनिवार्य सर्त भएको र सहकारीमा सुधारको विकल्प नभएको र त्यसमा नेतृत्वले नै भूमिका खेल्नु पर्ने उनले बताए । उनले म्याग्दीमा रहेका बचत तथा ऋण सहकारीसँग क्षमता विकास तालिम सहित विभिन्न अभियानमा जोडिने प्रतिबद्धता जनाए ।

अन्तरक्रिया कार्यक्रममा सहकारी बैंक समन्वय समिति म्याग्दीका संयोजक रमेश गिरी, लोकदिप बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष प्रमिला जोशी श्रेष्ठ, बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सञ्जय श्रेष्ठ, गोर्खा भूपु सैनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खुमबहादुर बानियाँ, न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रामजीप्रसाद सुबेदी, भूपु सैनिक बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष बालकृष्ण सुबेदी, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष हरिप्रसाद पौडेल, म्याग्दी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुर्दशनकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

Related News

बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
  • २०८० फाल्गुन २०, आईतवार ०३:५७

म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल पर्व अर्थात् यस वर्षको ९फागु पूर्णिमा० मनाउन सुरु भएको छ । थकाली...

बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
  • २०८० फाल्गुन २०, आईतवार ०३:५७

अमित विश्वकर्माम्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा...

केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
  • २०८० फाल्गुन २०, आईतवार ०३:५७

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्कमा संचालनमा रहेको केबि एकेडेमीका विद्यार्थीले विभिन्न परिकारका सहित प्रथम केबि ए फुट मेला संचालन गरेका छन्...

TOP