२०८२ बैशाख १२
April 25, 2025, Friday

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ

म्याग्दी उद्योग वाणिज्य संघमा सुविन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन् । आइतबार राती सम्पन्न संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट संघको निवर्तमान अध्यक्षमा बेलबहादुर कटुवाल, कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य,प्रथम उपाध्यक्षमा लिलाराम गौतम,द्धितियउपाध्यक्ष अमृत बानियाँ,महासचिव नारायण जिसी,कोषाध्यक्ष सुमन श्रेष्ठ,सचिब मोतिलाल पौडेल,सहसचिव टेकप्रसाद सापकोटा र सहकोषाध्यक्ष बाबुराम आचार्य चयन भएको मुख्य निर्वाचन अधिकृत यामबहादुर चोखालले बताए ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा सम्रग जिल्लाका उद्योगी, व्यापारीको हकहितमा विभिन्न रचनात्मक कार्यहरु गर्ने प्रतिबद्धता जनाएका थिए। उनले सर्वसम्मत चयन गर्न सघाउने सबैलाई धन्यवाद व्यक्त गर्दै संस्थाको नितिनियम अनुसार उद्योगी व्यवसायीको हकहित र सुरक्षासँगै संस्थाको गरिमा बढाउने गरी काम गर्ने बताए ।नवनिर्वाचित कार्यसमितिलाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रमोद श्रेष्ठ, संघका पूर्व अध्यक्ष सुर्दशनकुमार श्रेष्ठ, कुविरकुमार श्रेष्ठ, उत्तमकुमार कर्माचार्य, जीवनबहादुर विश्वकर्माले बधाई ज्ञापन गरेका थिए ।

निवर्तमान अध्यक्ष बेलबहादुर कटुवालले अध्यक्ष लगायत नयाँ कार्यसमिति सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना गरेका थिए । शनिबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका थिए ।

Advertisement

Related News

मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
  • २०८० फाल्गुन २१, सोमबार ०१:३८

‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार...

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०८० फाल्गुन २१, सोमबार ०१:३८

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०८० फाल्गुन २१, सोमबार ०१:३८

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

TOP