नेकपा एमाले मालिका गाउँपालिका कमिटिको अध्यक्षमा दलमान पुन चयन हुनुभएको छ । विहिबार सम्पन्न दोस्रो अधिवेशनबाट पुनको अध्यक्षतामा ३१ सदस्यीय पालिका कमिटि चयन भएको हो । कमिटिको उपाध्यक्षमा सन्तनाथ सुवेदी, सचिवमा बिनोद बुढाथोकी, उपसचिवमा छरदेवी घर्ति र थमन गौतम चयन हुनुभएको छ ।
अध्यक्ष पुनले गाउँपालिकामा पार्टीलाई थप सशक्त र बलियो बनाउने प्रतिबद्धता जनाउनुभयो । पार्टीको निति, कार्यक्रम र पार्टीले गरेका राम्रा कामको बारेमा जनतासामु पु¥याउने उहाँले बताउनुभयो ।
अधिवेशनको उद्घाटन गर्नुहुँदै नेकपा एमालेका केन्द्रिय सदस्य भुपेन्द्र थापाले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पुरा गर्नका लागि नेकपा एमाले नेतृत्वको सरकारको पालामा बिकास तथा समृद्धिको लहर आएको बताउनुभयो ।
‘केपी शर्मा ओली नेतृत्वको एमाले सरकारको समयमा भएका बिकास निर्माण धेरै थिए तर हामीले प्रचार गरेनौं । पश्चिम म्याग्दीको दरवाङ हुँदै ताकम–मुना जोड्ने सडक होस या बिम र मराङ जोड्ने लामो झोलुङ्गे पुल–हाम्रै पालामा शुरु भएको हो’, थापाले भन्नुभयो ।
प्रतिनिधिसभाका पूर्व सदस्य समेत रहनुभएका थापाले धौलागिरी लगायतका धेरै हिमाल म्याग्दीमै पर्ने तर पनि हिमाली जिल्लाको रुपमा सुचिकरण नभएको म्याग्दी जिल्लालाई एमाले नेतृत्वको सरकारकै समय र नरदेवी पुन प्रदेशमा तथा संघमा आफु रहेको समयमा सबै प्रकृया पुरा गरेर हिमाली जिल्लाको रुपमा सुचिकृत गर्न सफल भएको बताउनुभयो ।
एमाले नेतृत्वमा सामाजिक सुरक्षा भत्ता सुरु भयो र बढेर चार हजार मासिक पुग्यो, सरकारी सेवामा रहेका सबैको तलब पनि एमालेकै पालामा बढेको थियो त्यस पछि अहिले बढ्न सकेको छैन उहाँले भन्नुभयो ।
प्रत्येक वडामा स्वास्थ्यचौकी, प्रत्येक पालिकामा अस्पताल परिकल्पना गरीयो र कार्यान्वनको चरणमा पु¥याएको पनि एमाले नेतृत्वको सरकारकै पालामा भएको उहाँको भनाई थियो ।
नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले नेकपा एमालेले देशै भरमा पहिलो पटक स्थानिय तहको अधिवेशन थालेको र आउने निर्वाचनमा पनि पहिलो पार्टी हुने दावी गर्नुभयो ।
धवलागिरी गाउँपालिकाबाट थालेका पालिका अधिवेशन नेपालमै पहिलो र मालिका गाउँपालिकामा भएको अधिवेसन पनि सम्बभत देशैभरमा दोश्रो भएको बताउनुभयो । कुनै पनि स्थानमा जिम्मेवारी लिने र लिएको जिम्मेवारी पुरा नगर्ने प्रबृत्ती हट्नु पर्ने उहाँको भनाई थियो ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य तथा मालिका गाउँपालिकाकी पूर्व उपाध्यक्ष खरमायाँ बिटालुले महिला सहभागिताले देशलाइ अग्रगतिमा लाने बताउँदै महिला सहभागिता बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले समावेशी तबरले काम गर्नका लागि नेकपा एमालेबाट अरुले पनि सिक्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले म्याग्दीका उपसचिव सतप्रसाद रोका, खड्ग गिरी, जिल्ला कमिटी सदस्य बेगप्रसाद गर्बुजा, धवलागिरी गाउँपालिका कमिटीका अध्यक्ष प्रगति कार्कीले मन्तव्य राख्नु भएको थियो ।
गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र...
हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...
बेनी, : बेनीमा आइतबार सम्पन्न पहिलो ‘बि।सि।एस।एस।’ कप जिल्ला स्तरीय अन्तर विद्यालय छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधी राष्ट्रिय मावि र आयोजकले...