२०८२ असार २
June 16, 2025, Monday

गलेश्वरमा भक्तजनको भीड तस्विरमा हेर्नुहोस्

म्याग्दीको बेनी नगरपालिका–९,स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा भक्तजनको भीड लागेको छ । शिवरात्रीको अवसरमा शुक्रबार विहानैदेखि गलेश्वरधाममा दर्शन र पुजाआजा गर्नेको भीड लागेको हो । विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो ।

Advertisement

गलेश्वर क्षेत्र बिकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले काठमाडौं, चितवन, कास्की, पर्वत, बागलुङका साथै म्याग्दीका ग्रामिण क्षेत्रबाट भक्तजन आउने गरेको बताउनुभयो ।गलेश्वर सहित बेनी शिवालय,बाबियाचौर,अर्मनको कैलाशफाँट, दरवाङ लगायत ठाउँमा रहेको शिवालयहरुमा शिवरात्री पर्वको अवसरमा पूजाआजा गर्ने भक्तजनको भीड लागेको छ ।

Advertisement

गलेश्वरमा शिवरात्री, बालाचर्तुदशी र साउन महिनाको सोमबारका दिन विशेष मेला लाग्ने गर्छ । गलेश्वरको दर्शन र पूजाआजा गरेमा मनोकाङक्षा पुरा हुने जनविश्वास छ । मन्दिरमा प्रहरी,गलेश्वर स्थित आमा समुह विभिन्न सङ्घसंस्थाले स्वयमसेवकको भूमिका सहित मन्दिर प्रवेशमा सहज बनाउन,भक्तजनको सुरक्षा,पुजाआजालाई ब्यवस्थित बनाइएको छ ।

शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनका अनुसार,पार्किङस्थलमा ट्राफिक प्रहरी सहित स्वयमसेवक परिचालन गरिएको छ । त्यस्तै मन्दिरको प्रवेशद्धारबाट लाइनमा बसेर पुजाआजा गरेपछि फर्कने ब्यवस्था मिलाइएको छ ।भक्तजनलाई मन्दिरका महत्वपुर्ण स्थानमा जडान गरिएका सिसी क्यामेरालाई सचिवालयबाट निगरानी समेत गरिएको छ । शुक्रबार बीस हजार बढी भक्तजनले दर्शन गर्ने अनुमान गरिएको छ ।

कालीगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वर्क अलौकिक धार्मिक स्थल भन्ने गरिन्छ । हिन्दु तथा वौद्ध धर्मवालम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रुपमा परिचित गलेश्वरलाई पछिल्लो समय पश्चिमको पशुपतिनाथ समेत भन्न थालिएको छ ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८० फाल्गुन २५, शुक्रबार १०:५४

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८० फाल्गुन २५, शुक्रबार १०:५४

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०८० फाल्गुन २५, शुक्रबार १०:५४

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP