२०८३ श्रावण ८
July 24, 2026, Friday

गलेश्वरमा भक्तजनको भीड तस्विरमा हेर्नुहोस्

म्याग्दीको बेनी नगरपालिका–९,स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा भक्तजनको भीड लागेको छ । शिवरात्रीको अवसरमा शुक्रबार विहानैदेखि गलेश्वरधाममा दर्शन र पुजाआजा गर्नेको भीड लागेको हो । विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो ।

Advertisement

गलेश्वर क्षेत्र बिकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले काठमाडौं, चितवन, कास्की, पर्वत, बागलुङका साथै म्याग्दीका ग्रामिण क्षेत्रबाट भक्तजन आउने गरेको बताउनुभयो ।गलेश्वर सहित बेनी शिवालय,बाबियाचौर,अर्मनको कैलाशफाँट, दरवाङ लगायत ठाउँमा रहेको शिवालयहरुमा शिवरात्री पर्वको अवसरमा पूजाआजा गर्ने भक्तजनको भीड लागेको छ ।

गलेश्वरमा शिवरात्री, बालाचर्तुदशी र साउन महिनाको सोमबारका दिन विशेष मेला लाग्ने गर्छ । गलेश्वरको दर्शन र पूजाआजा गरेमा मनोकाङक्षा पुरा हुने जनविश्वास छ । मन्दिरमा प्रहरी,गलेश्वर स्थित आमा समुह विभिन्न सङ्घसंस्थाले स्वयमसेवकको भूमिका सहित मन्दिर प्रवेशमा सहज बनाउन,भक्तजनको सुरक्षा,पुजाआजालाई ब्यवस्थित बनाइएको छ ।

शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनका अनुसार,पार्किङस्थलमा ट्राफिक प्रहरी सहित स्वयमसेवक परिचालन गरिएको छ । त्यस्तै मन्दिरको प्रवेशद्धारबाट लाइनमा बसेर पुजाआजा गरेपछि फर्कने ब्यवस्था मिलाइएको छ ।भक्तजनलाई मन्दिरका महत्वपुर्ण स्थानमा जडान गरिएका सिसी क्यामेरालाई सचिवालयबाट निगरानी समेत गरिएको छ । शुक्रबार बीस हजार बढी भक्तजनले दर्शन गर्ने अनुमान गरिएको छ ।

कालीगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वर्क अलौकिक धार्मिक स्थल भन्ने गरिन्छ । हिन्दु तथा वौद्ध धर्मवालम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रुपमा परिचित गलेश्वरलाई पछिल्लो समय पश्चिमको पशुपतिनाथ समेत भन्न थालिएको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP