२०८३ श्रावण ८
July 24, 2026, Friday

एमाले रघुगंगाको अध्यक्षमा झलक आचार्य

मौवाफाँट, २६ फागुन । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटिको दोस्रो अधिवेशन शनिबार मौवाफाँटमा सम्पन्न भएको छ ।

Advertisement

अधिवेशनले झलक आचार्यको अध्यक्षतामा गाउँपालिका कमिटिको नयाँ कार्यसमिति चयन गरेको छ । कमिटिको उपाध्यक्षमा यामकुमारी गर्बुजा, सचिवमा तेज शेरपुञ्जा, उपसचिवमा अमृत भण्डारी र रिम पाइजा चयन हुनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्नुहुदै नेकपा एमालेकी स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री थममायाँ थापाले जनताले नेकपा एमालेले गर्ने कामको मुल्याङ्कन गरेरै लोकप्रिय मतका आधारमा पहिलो पार्टी बनाएको बताउनुभयो ।

बामपन्थी शक्तिको धु्रबीकरणका लागि नयाँ राजनीतिक समिकरण बनेको पुर्व मन्त्री समेत रहेकी थापाको भनाई थियो । एमालेकी केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले महिलाहरु नेतृत्वमा आएको खण्डमा समग्र बिकास हुने बताउनुभयो ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले रघुगंगा गाउँपालिकामा एक स्थानीय तह एक अस्पताल निर्माणको योजना कार्यान्वयन नभएकोमा दुख प्रकट गर्नुभयो । एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले स्थानिय सरकारमा एमाले नेतृत्व हुन नसक्दा रघुगंगा गाउँपालिकामा राजनैतिक रुपमा असक्षमता भएको तर्क गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य खुमबहादुर बानियाँ, एमाले म्याग्दीका निवर्तमान अध्यक्ष देवेन्द्र बहादुर कटुवाल, नेकपा एमालेको तर्फबाट गत स्थानीय तहकी उपाध्यक्ष उम्मेदवार यामकुमारी गर्बुजा, एमाले जिल्ला कमिटी सदस्य खिमबहादु शाही, नेकपा एमालेबाट रघुगंगा गाउँपालिका–२ मा विजयी वडा अध्यक्ष अमृत भण्डारी, ७ का वडा अध्यक्ष रिम पाइजाले मन्तव्य राख्नुभएको थियो ।

नेकपा एमाले रघुगंगा गाउँकमिटीका अध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षता, निवर्तमान उपाध्यक्ष ओम पुनको स्वागत र सचिव झलक शर्माको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमालेको प्रदेश कमिटी सदस्य खरमायाँ बिटालु, जिल्ला कमिटी उपाध्यक्ष प्रमोद श्रेष्ठ, सचिव थमसरा पुन, उपसचिव सतप्रसाद रोका, सदस्यहरु बालकृष्ण खत्री, सिता गुरुङलगायतको उपस्थिति रहेको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP