२०८१ चैत्र ३
March 16, 2025, Sunday

एमाले रघुगंगाको अध्यक्षमा झलक आचार्य

मौवाफाँट, २६ फागुन । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटिको दोस्रो अधिवेशन शनिबार मौवाफाँटमा सम्पन्न भएको छ ।

Advertisement

अधिवेशनले झलक आचार्यको अध्यक्षतामा गाउँपालिका कमिटिको नयाँ कार्यसमिति चयन गरेको छ । कमिटिको उपाध्यक्षमा यामकुमारी गर्बुजा, सचिवमा तेज शेरपुञ्जा, उपसचिवमा अमृत भण्डारी र रिम पाइजा चयन हुनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्नुहुदै नेकपा एमालेकी स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री थममायाँ थापाले जनताले नेकपा एमालेले गर्ने कामको मुल्याङ्कन गरेरै लोकप्रिय मतका आधारमा पहिलो पार्टी बनाएको बताउनुभयो ।

बामपन्थी शक्तिको धु्रबीकरणका लागि नयाँ राजनीतिक समिकरण बनेको पुर्व मन्त्री समेत रहेकी थापाको भनाई थियो । एमालेकी केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले महिलाहरु नेतृत्वमा आएको खण्डमा समग्र बिकास हुने बताउनुभयो ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले रघुगंगा गाउँपालिकामा एक स्थानीय तह एक अस्पताल निर्माणको योजना कार्यान्वयन नभएकोमा दुख प्रकट गर्नुभयो । एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले स्थानिय सरकारमा एमाले नेतृत्व हुन नसक्दा रघुगंगा गाउँपालिकामा राजनैतिक रुपमा असक्षमता भएको तर्क गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य खुमबहादुर बानियाँ, एमाले म्याग्दीका निवर्तमान अध्यक्ष देवेन्द्र बहादुर कटुवाल, नेकपा एमालेको तर्फबाट गत स्थानीय तहकी उपाध्यक्ष उम्मेदवार यामकुमारी गर्बुजा, एमाले जिल्ला कमिटी सदस्य खिमबहादु शाही, नेकपा एमालेबाट रघुगंगा गाउँपालिका–२ मा विजयी वडा अध्यक्ष अमृत भण्डारी, ७ का वडा अध्यक्ष रिम पाइजाले मन्तव्य राख्नुभएको थियो ।

नेकपा एमाले रघुगंगा गाउँकमिटीका अध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षता, निवर्तमान उपाध्यक्ष ओम पुनको स्वागत र सचिव झलक शर्माको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमालेको प्रदेश कमिटी सदस्य खरमायाँ बिटालु, जिल्ला कमिटी उपाध्यक्ष प्रमोद श्रेष्ठ, सचिव थमसरा पुन, उपसचिव सतप्रसाद रोका, सदस्यहरु बालकृष्ण खत्री, सिता गुरुङलगायतको उपस्थिति रहेको थियो ।

Related News

बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
  • २०८० फाल्गुन २७, आईतवार ०३:१७

म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल पर्व अर्थात् यस वर्षको ९फागु पूर्णिमा० मनाउन सुरु भएको छ । थकाली...

बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
  • २०८० फाल्गुन २७, आईतवार ०३:१७

अमित विश्वकर्माम्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा...

केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
  • २०८० फाल्गुन २७, आईतवार ०३:१७

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्कमा संचालनमा रहेको केबि एकेडेमीका विद्यार्थीले विभिन्न परिकारका सहित प्रथम केबि ए फुट मेला संचालन गरेका छन्...

TOP