२०८३ श्रावण ७
July 23, 2026, Thursday

गाउँपालिका अध्यक्ष कपको विजेता खेलाडीलाई सम्मान

वडास्तरीय गाउँपालिका अध्यक्ष कपको उपाधि विजेता खेलाडीहरुका लागि आज (सोमबार) सम्मान कार्यक्रम सम्पन्न भएको छ । पर्वतको जलजला गाउँपालिका–४, फट्केढुङ्गा वडा कार्यालयले एक समारोहको आयोजना गरी वडाबाट प्रतिनिधित्व गर्दै विजेता बनेका खेलाडीहरुलाई सम्मान गरेको हो ।

Advertisement

जलजला गाउँपालिका–४, खोलाखेतको खेलमैदानमा सम्पन्न दोस्रो अध्यक्ष कपको उपाधि जलजला–४, फट्केढुङ्गाले जितेपछि वडाबाट खेलमा सहभागी युवा क्लबका खेलाडीहरुलाई सम्मान गरिएको वडाले जनाएको छ । ४ नम्बर वडा कार्यालय परिसरमा बाजागाजासहित र अबिर जात्रा गरेर खेलकुदअन्तर्गत पुरुष भलिबल प्रतियोगितामा सहभागी भई विजेता बनेका खेलाडीहरुको सम्मान गरिएको थियो ।

सोमबार खोलाखेतमा सम्पन्न फाइनलमा ४ नम्बर वडा फट्केढुङ्गाले ७ नम्बर वडा धाईरिङलाई पराजित गरी दोस्रो गाउँपालिका अध्यक्ष कपको उपाधि जितेको थियो । उपाधि जित्दै ४ नम्बर वडाले प्रथम पुरस्कार एकलाख एकहजार एकसय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । सम्मान कार्यक्रममा विजेता भलिबल खेलाडीहरुलाई अबिरको टिका, खादा र माला लगाएर हौसला प्रदान गरिएको थियो । विजेता खेलाडीहरुलाई ४ नम्बर वडा अध्यक्ष भरत क्षत्रीसहित जनप्रतिनिधि, आमा समूह र स्थानीयले सम्मान गरेका थिए ।

खेलाडीहरुलाई सम्मानपछि बोल्दै वडाध्यक्ष क्षत्रीले भलिबल प्रतियोगितामा वडाबाट सहभागी खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी उपाधि हात पारेकोमा धन्यवाद दिनुभयो । उहाँले वडास्तरमा खेलकुदजन्य गतिविधिहरुलाई प्राथमिकता दिइएको बताउँदै खेलाडी र खेल क्षेत्रको विकास गर्नको लागि आफूले पालिकामा पनि आवश्यक पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले पर्वत जिल्ला कमिटी सदस्य टेकबहादुर जिसी, जलजला गाउँपालिका कमिटीको कार्यवाहक अध्यक्ष बाबुराम कार्की, वडा सदस्य तेज दमाई, फट्केढुङ्गा आधारभूत विद्यालयका प्रधानाध्यापक बलराम रेग्मी र सिद्धबाबा टोल विकास संस्था थामाका अध्यक्ष निरबहादुर थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो । वडाध्यक्ष क्षत्रीको अध्यक्षता, सदस्य बेलबहादुर जिसीको स्वागत र वडा सचिव भूवनबहादुर मल्लको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP