२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

दृष्टिविहिन कलाकारलाई खाद्यान्न दिदै प्रतिष्ठान म्याग्दीले मनायो लोक दोहोरी दिवस

म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २३ औँ स्थापना दिवस तथा राष्ट्रिय लोक दोहोरी दिवस २०८० को अवसरमा दृष्टि विहिन कलाकारलाई खाद्यान्न सहयोग गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले मंगलबार जिल्लाको धवलागिरी गाउँपालिका ७ ताकम घर भई हाल पर्वत बेनीमा वस्दै आएकी दृष्टि विहिन सुस्मिता विश्वकर्माको परिवारलाई खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गर्दै लोक दोहोरी दिवस मनाएको हो ।

Advertisement

बेनी बजारका विभिन्न चोकहरुमा स्पीकरमा गीत गायर आर्थिक संकलन गरि परिवारको पालनपोषण गर्दै आएकी सुस्मिताको परिवारलाई चामल, नुन, तेल, तरकारी, फलफुल, कपी कलम लगायत गरि रु १० हजार बराबरको सामग्री हस्तान्तरण गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष धु्रव जिसीले बताउनुभयो ।

Advertisement

दृष्टि विहिन सुस्मिता र उहाँको छोराछोरीलाई वरिष्ठ लोक गायक खड्ग गर्वुजा, अग्रज लोक गायीका तथा प्रतिष्ठान म्याग्दीका सल्लाहकार धन कुमारी थापा, सल्लाहकार सञ्जय कुमार श्रेष्ठ लगायतले सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा गायक गर्वुजाले सुस्मिताको परिवारलाई व्यक्तिगत रुपमा रु ५ हजार सहयोग प्रदान गर्नुभएको थियो ।

वरिष्ठ लोक गायक गर्वुजाले प्रतिष्ठान म्याग्दीलाई पनि संस्थागत विकासका लागि भन्दै रु ५ हजार सहयोग प्रदान गर्नुभएको छ । कार्यक्रममा बोल्दै गायक गर्वुजाले जिल्लाको मौलिक लोक संस्कृतिको जगेर्ना गर्ने महत्वपूण जिम्मेवारी प्रतिष्ठानलाई रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका गर्वुजाले केही समय आफ्नो जीवन कहानी सुनाउदै गर्दा कार्यक्रम स्थलमा सन्नाटा समेत छाएको थियो ।

आफुले पनि सुरुवातका दिनहरुमा बेनी बजारका चोकहरुमा गीत गाउँदै हिनेको स्मरण गराउँदै गायक गर्वुजाले सुस्मितालाई कलाको माध्यमबाट आर्थिक जोहो गर्दै परिवारलाई पालनपोषण गर्ने कार्यमा थप हिम्मत जुटाउन हौसला समेत प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठान म्याग्दीका सल्लाहकार धन कुमारी थापा, प्रकाश पौडेल, सञ्जय श्रेष्ठ, प्रतिष्ठान गण्डकी प्रदेशका सदस्य तथा प्रचार विभाग प्रमुख अमित विश्वकर्माले लोक दोहोरी दिवसको शुभकामना प्रकट गर्दै प्रतिष्ठान म्याग्दीले गरेको सामाजिक कार्यको प्रशंसा समेत गर्नुभएको थियो ।

प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले कला र संस्कृतिको जगेर्नाका साथै अभावमा परेका कलाकारहरुलाई सहयोग प्रदान गर्ने कार्यमा प्रतिष्ठान अगाडी वढिरहेको बताउनुभयो । कार्यक्रम प्रतिष्ठान म्याग्दीका अध्यक्ष जिसीको अध्यक्षता, प्रथम उपाध्यक्ष एकराज चापागाईको स्वागत र सचिव विजुन केसीको संचालनमा सम्पन्न भएको थियो ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८० फाल्गुन २९, मंगलवार १५:४९

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८० फाल्गुन २९, मंगलवार १५:४९

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८० फाल्गुन २९, मंगलवार १५:४९

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP