२०८३ श्रावण ८
July 24, 2026, Friday

दृष्टिविहिन कलाकारलाई खाद्यान्न दिदै प्रतिष्ठान म्याग्दीले मनायो लोक दोहोरी दिवस

म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २३ औँ स्थापना दिवस तथा राष्ट्रिय लोक दोहोरी दिवस २०८० को अवसरमा दृष्टि विहिन कलाकारलाई खाद्यान्न सहयोग गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले मंगलबार जिल्लाको धवलागिरी गाउँपालिका ७ ताकम घर भई हाल पर्वत बेनीमा वस्दै आएकी दृष्टि विहिन सुस्मिता विश्वकर्माको परिवारलाई खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गर्दै लोक दोहोरी दिवस मनाएको हो ।

Advertisement

बेनी बजारका विभिन्न चोकहरुमा स्पीकरमा गीत गायर आर्थिक संकलन गरि परिवारको पालनपोषण गर्दै आएकी सुस्मिताको परिवारलाई चामल, नुन, तेल, तरकारी, फलफुल, कपी कलम लगायत गरि रु १० हजार बराबरको सामग्री हस्तान्तरण गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष धु्रव जिसीले बताउनुभयो ।

दृष्टि विहिन सुस्मिता र उहाँको छोराछोरीलाई वरिष्ठ लोक गायक खड्ग गर्वुजा, अग्रज लोक गायीका तथा प्रतिष्ठान म्याग्दीका सल्लाहकार धन कुमारी थापा, सल्लाहकार सञ्जय कुमार श्रेष्ठ लगायतले सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा गायक गर्वुजाले सुस्मिताको परिवारलाई व्यक्तिगत रुपमा रु ५ हजार सहयोग प्रदान गर्नुभएको थियो ।

वरिष्ठ लोक गायक गर्वुजाले प्रतिष्ठान म्याग्दीलाई पनि संस्थागत विकासका लागि भन्दै रु ५ हजार सहयोग प्रदान गर्नुभएको छ । कार्यक्रममा बोल्दै गायक गर्वुजाले जिल्लाको मौलिक लोक संस्कृतिको जगेर्ना गर्ने महत्वपूण जिम्मेवारी प्रतिष्ठानलाई रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका गर्वुजाले केही समय आफ्नो जीवन कहानी सुनाउदै गर्दा कार्यक्रम स्थलमा सन्नाटा समेत छाएको थियो ।

आफुले पनि सुरुवातका दिनहरुमा बेनी बजारका चोकहरुमा गीत गाउँदै हिनेको स्मरण गराउँदै गायक गर्वुजाले सुस्मितालाई कलाको माध्यमबाट आर्थिक जोहो गर्दै परिवारलाई पालनपोषण गर्ने कार्यमा थप हिम्मत जुटाउन हौसला समेत प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठान म्याग्दीका सल्लाहकार धन कुमारी थापा, प्रकाश पौडेल, सञ्जय श्रेष्ठ, प्रतिष्ठान गण्डकी प्रदेशका सदस्य तथा प्रचार विभाग प्रमुख अमित विश्वकर्माले लोक दोहोरी दिवसको शुभकामना प्रकट गर्दै प्रतिष्ठान म्याग्दीले गरेको सामाजिक कार्यको प्रशंसा समेत गर्नुभएको थियो ।

प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले कला र संस्कृतिको जगेर्नाका साथै अभावमा परेका कलाकारहरुलाई सहयोग प्रदान गर्ने कार्यमा प्रतिष्ठान अगाडी वढिरहेको बताउनुभयो । कार्यक्रम प्रतिष्ठान म्याग्दीका अध्यक्ष जिसीको अध्यक्षता, प्रथम उपाध्यक्ष एकराज चापागाईको स्वागत र सचिव विजुन केसीको संचालनमा सम्पन्न भएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP