२०८३ श्रावण ८
July 24, 2026, Friday

एमाले अन्नपूर्णको अध्यक्षमा धनकुमार पुर्जा

नेकपा एमाले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा धनकुमार पुर्जा दोहोरिनु भएको छ ।

Advertisement

गाउँपालिकाको केन्द्र पोखरेबगरमा मंगलबार भएको दोस्रो अधिवेशनले दोवाका पुर्जाको अध्यक्षतामा २९ सदस्यीय कमिटि चयन गरेको हो । पुर्जा यसअघि पनि एमालेको गाउँपालिका कमिटिका अध्यक्ष हुनुहुन्थ्यो ।

कमिटिको उपाध्यक्षमा सुरेश पुर्जा पुन, सचिवमा आनन्द पुन, उपसचिवमा उज्वल बहादुर पुन र दममाया तिलिजा चयन हुनुभएको छ । अधिवेशनको उद्घाटन् गर्दै एमाले म्याग्दीका ईञ्चार्ज तथा केन्द्रिय सदस्य गोविन्द बहादुर नेपालीले देशको समस्या समाधानका लागि परिणाममुखी काम गर्न एमाले र माओवादी लगायतका दलहरुको गठबन्धन बनेको बताउनुभयो ।

एमालेको गण्डकी प्रदेशसभाको संसदीय दलका सचेतक समेत रहेका नेपालीले गण्डकीमा पनि गठबन्धनको सरकार निर्माणको लागि छलफल अघि बढेको बताउनुभयो । नेपाली काँग्रेस र माओवादीको भन्दा एमाले र माओवादीको कार्यगत एकताबाट जनता उत्साही भएको बताउनुभयो ।

उहाँले एमालेले दावी गरेको भन्दा पनि प्रधानमन्त्रीलाई आफ्नो सहजताका लागि आवश्यक मन्त्रालय राखेर बचेका मन्त्रालय मात्रै लिएको बताउनुभयो । नेकपा एमाले गण्डकी प्रदेस सदस्य हरिकृष्ण श्रेष्ठले नेकपा एमाले जिम्मेवार पार्टी भएको कारणले नै देशको संकटको समयमा नेतृत्व गर्न अग्रसर रहने बताउनु भएको थियो ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले समयले सबैकुरा यथार्थ चित्रण गर्ने भन्दै गएको निर्वाचनको परिणाम र माओवादी कांग्रेसको एक वर्षे गठबन्धनले प्रष्ट्याएको धारणा राख्नु भयो ।

कार्यक्रममा एमालेका प्रदेश सदस्य खुमबहादुर बानियाँ, जिल्ला उपाध्यक्ष प्रमोद श्रेष्ठ, उपसचिव सतप्रसाद रोका, खड्ग गिरी, मदन भण्डारी फाउण्डेसनका केन्द्रीय सचिव सन्तोष रावल, नेकपा एमाले जिल्ला निर्वाचन प्रमुख रामप्रसाद सुवेदी, जिल्ला समन्वय समितिका उपप्रुमख दिलकुमारी खत्री, मंगला गाउँपालिकाका निर्वाचित अध्यक्ष भारतकुमार पुन, नेकपा एमाले रघुगंगा गाउँपालिका अध्यक्ष झलक शर्मा, युवा संघ नेपाल जिल्ला कमिटीका उपाध्यक्ष प्रदिप तिलिजा लगायतले मन्तव्य राख्नुभएको थियो ।

नेकपा एमाले अन्नपुर्ण गाउँ कमिटीका अध्यक्ष धन पुर्जाको अध्यक्षता, उपाध्यक्ष खमबहादुर गर्बुजाको स्वागत र आनन्द पुनको सञ्चालनमा उद्घाटन सत्रको कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP