Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

१५ लाख बढी सहयोग जुटाएर करिब २ किमी पदमार्ग निर्माण

म्याग्दीको रघुगंगा गाउँपालिका– २ रिसिनचौतारीका युवाहरुले श्रमदान र सहयोग जुटाएर पदमार्ग निर्माण गरेका छन् । वडा कार्यालय–भिरपाटा– चौर– रिसिनचौत्तारी हुँदै सिरूबारी आर्यघाट जार्ने पदमार्ग निर्माण अन्तरगत हाललाई बेनी जोमसोम सडक खण्ड अन्तरगत सिरुवारी आर्यघाट देखि रिसिनचौतारी सम्म पक्की पदमार्ग निर्माण गरिएको हो ।

Advertisement

सो पदमार्गको शनिबार सार्वजनिक सुनुवाई तथा सहयोगी सम्मान कार्यक्रमको आयोजना गरी आयव्यय सार्वजनिक गरिएको छ । समितिका कोषाध्यक्ष शिवध्वज कार्कीले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार कुल रु १५ लाख २७ हजार ३३३ रुपैयाँ सहयोग संकलन भएको र १४ लाख ७७ हजार ३३३ रुपैयाँ खर्च भई रु पचास हजार समितिको खातामा बचत भएको छ ।
कार्यक्रममा बौल्दै रघुगंगा गाऊँपालिका–२ का वडा अध्यक्ष अमृत भण्डारीले गाउँको विकासमा सरकारी बजेट मात्र ताकेर बस्नेहरुका लागि पदमार्ग निर्माण खटिएका युवाहरु उदाहरण बनेको बताउनुभयो ।

Advertisement

‘वडा कार्यालय समन्वय गरी सहयोग र श्रमदान मार्फत पदमार्ग निमार्ण कार्य गरेको युवाको प्रशंसा गर्नुभयो, उक्त पदमार्गलाई वडा कार्यालय संग जोड्नका लागि तथा सिरुवारीमा थप पूर्वाधार निर्माण गर्नका लागि यसै आर्थिक बर्षमा रु १० लाख बजेट व्यवस्थापन गरेको बताउनुभयो ।’

त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका पूर्व प्रमुख देबेन्द्र बहादुर केसीले समाज परिर्वतनमा युवाहरुको भूमिका महत्वपूर्ण रहने भन्दै गाउँमा हुने विकासमा यसरी हातेमालो गर्दै अग्रसर हुन आग्रह गर्नुभयो । उहाँले यस्ता कामहरु अन्य गाउँ र समुदायका लागि पनि उदाहरण हुने बताउनुभयो ।

हामीले गाउँको सबैभन्दा बढी प्रयोग हुने पदमार्ग निकै जिर्ण बनेको थियो, त्यसलाई पक्की बनाउनका लागि वडा कार्यालय संग समन्वय गरी निर्माण कार्य सुरु गरेर हाललाई सिरिनचौतारी सम्म लिएको पदमार्ग निर्माण समितिका अध्यक्ष सागर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमा कोही दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउन यस पदमार्गले सहज हुनेछ ।


‘स्वदेशमा हुनेले श्रमदान गर्नुभएको छ भने विदेशमा हुने गाउँलेले नगद सहयोग गर्नुभयो केसीले भन्नुभयो ।’ गाउँको भेलाबाट पक्की पदमार्ग निर्माण गर्नका लागि प्रत्येक घरबाट कम्तिमा पाँच दिनसम्म श्रमदान गर्नुपर्ने नियम बनाईएको थियो ।

कार्यक्रमका अबसरमा पदमार्ण निर्माण गर्नका लागि आर्थिक सहयोग गर्ने सहयोगदातालाई सम्मान र पदमार्ग निर्माण कार्यमा ४० दिन सम्म श्रमदान गर्ने व्यक्तीलाई समेत सम्मान गरिएको थियो । उक्त पदमार्ग निर्माण कार्य नमुना भएको र समयमा पार्दशी तरीकाले समयमा नै काम सम्पन्न भन्दै निर्माण समितिलाई वडा कार्यालयले दोसल्ला र सम्मान पत्रले सम्मान गरेको थियो ।

आयव्यय सार्वजनिक कार्यक्रममा स्थानीयले आफुलाई लागेका गुनासो र सुझावहरु राखेका थिए । कार्यक्रम केसीको अध्यक्षता मनबहादुर केसीको संचालन र समितिका कोषाध्यक्ष कार्कीको स्वागतमा सम्पन्न भएको कार्यक्रममा पत्रकार अमित विश्वकर्मा र राकेश शर्माले सहजिकरण गर्नुभएको थियो ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!